अयोध्याका सन्तको धर्मादेश: ओली सरकार महिनामै ढालिदिन्छाैं


Dhairyakant Dutta
हेर्नुछ अब राणा साहेबको हविगत!

सर्वोच्च अदालतमा विश्वनाथ उपाध्याय देखि हाल बहालवाल बाहेक २१ जना

Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको


प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याको विषयमा दिएको अभिव्यक्तिको भारतमा चर्काे आलोचना भइरहेको छ।

प्रम ओलीले भानुजयन्तीको अवसरमा सोमबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा भनेका थिए, ‘अयोध्या भनेको नेपालको वीरगन्जदेखि अलिकति पश्चिममा पर्छ। सीता भारतका राजकुमारलाई दिएको भन्ने हामीलाई लागेको होला तर, त्यो ठाउँ पनि भारतको होइन, व्यक्त्ति पनि भारतका होइनन्।’ 

अयोध्याका सन्त रहेका राम दल ट्रस्टका अध्यक्ष रामदास महाराजले प्रधानमन्त्री ओलीविरुद्ध सडकमा उत्रिने चेतावनी दिएका छन्। वेद र पुराणमा हवला दिँदै उनले नेपालमा सरयू नदी नै नरहेको बताएका छन्।

आजतकमा उल्लेखित समाचार अनुसार रामदासले नेपालमा आफ्ना लाखौं शिष्य रहेको र उनीहरु ओलीविरुद्ध सडकमा उत्रिने बताएका हुन्।

रामदासले ‘नेपालका प्रम ओलीले एक महिनाभित्र कुर्सी छाड्नुपर्ने’ बताउँदै आफू धर्मादेशमा जारी गर्ने बताएका छन्। ‘मेरा शिष्य सडकमा उत्रिउन र ओलीलाई सत्ता बाहिर गरुन,’ उनले भनेका छन्।

विश्वको सांस्कृति राजधानी अयोध्या रहेको उनले बताएका छन्। वेद, रामायण वा पुराणमा हेर्न उल्लेख गर्दे रामदासले ‘जहाँ सरयू छ, त्यहाँ अयोध्या रहेको र नेपालमा सरयू नरहेको बताएका छन्।’

त्यतिबेला पूरे भूमण्डलमा राजा हुने गरेको र सबैका चक्रवर्ती राजा भारतको उत्तर प्रदेशको अयोध्याका महाराज हुने गरेको समेत उनले उल्लेख गरेका छन्।  
 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
विराटनगरमा ट्रकले कारलाई ठक्कर दिँदा एकको मृत्यु, ४ घाइते

विराटनगर – विराटनगरको कञ्चनवारीमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। दुर्घटनामा थप चारजना घाइते भएका छन्। विराटनगरबाट इटहरीतर्फ गइरहेको

प्रधानमन्त्री देउवा शुक्रबार बेलायत जाँदै, यस्ताे छ भ्रमण तालिका

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बेलायत जाने भएका छन्। कात्तिक १५ र १६ मा ग्लास्गोमा हुने जलवायु परिर्वतनसम्बन्धी सम्मेलन

अस्पतालमा बढ्दै मौसमी फ्लूका बिरामीकाे चाप

काठमाडाैं – वर्षायाम सकिएर हिउँदयाम सुरु हुन लागेसँगै मौसमी फ्लूका बिरामी बढ्दै गएका छन्। चिकित्सकका अनुसार पछिल्ला दिनमा उपचारका लागि

राष्ट्रिय महिला क्रिकेट खेलाडी छनोट

काठमाडौं – रुबिना क्षेत्रीको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ। क्यानले बुधबार मुख्य