शिवराज नगरपालिकाका स्कुलहरूमा पढाइ सुरु


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


कपिलवस्तुको शिवराज नगरपालिकाले विद्यालय तहका बालबालिकालाई वैकल्पिक सिकाइ सहजीकरण सुरु गरेको छ। विद्यालयमा पालैपालो बालबालिकालाई उपस्थित गराएर सहजीकरण सुरु गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकामा जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापकको उपस्थितिमा भएको बैठकपछि  लकडाउन आचारसंहिता पालना गर्ने गरी पठनपाठनमा सहजीकरण थालिएको हो।

नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख लोकराज पन्थीले एकदिन एउटा कक्षाका बालबालिकालाई विद्यालयमा बोलाएर स-सानो समूहमा विभाजन गरी सहजीकरण सुरु गरिएको बताए।

असार १६ गते समन्वयात्मक बैठक बसेर सहजीकरण गर्ने निर्णय भएअनुसार विद्यालयले पठनपाठनको काम सुरु गरेको उनले बताए। उनका अनुसार प्राथमिक तहमा हप्ता दिनमा र माध्यमिक तहमा १० दिनमा एकदिन बालबालिकाको विद्यालय आउने पालो पर्दछ। 

विद्यालयले दिनमा करिब तीन घण्टा पठनपाठनका लागि सहजीकरण गर्ने र गृहकार्य चेकजाँच गर्ने गरेका छन्। मुख्यगरी नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयमा सहजीकरण गर्ने गरिएको छ।

बालबालिकाहरू विद्यालयको हातामा प्रवेश गरेपछि साबुनपानीले हात धुने गरेका छन् भने घर जाने बेलामा केही समयको फरक गरेर उनीहरूलाई पठाउने गरिएको छ। 

यसरी विद्यालयमै बालबालिकालाई बोलाएर सहजीकरण गर्दा समुदायमा पुगेर गर्ने क्रियाकलापभन्दा सुरक्षित र प्रभावकारी देखिएको शिक्षा प्रमुख पन्थीले बताए। भौतिक दूरी कायम गर्न, सहजीकरण गर्न र सहजीकरण के कति प्रभावकारी भयो भनेर हेर्नका लागि यो विधि फलदायी देखिएको उनको भनाइ छ।

शिवराज नगरपालिकाले स्थानीय रेडियोबाट समेत पठनपाठनका लागि सहजीकरण गर्ने गरेको छ। विद्यार्थी विद्यालयमा बोलाउँदा रेडियो, टेलिभिजनको समय तालिका बताइदिने र त्यसअनुसार सहभागी भए नभएको सोध्ने र बुझ्ने काम गरिएको पन्थीले बताए।

प्रकाश मावि, सुन्दरीडाँडाका प्रधानाध्यापक माधव केसीले सहजीकरणबाट बालबालिकाको सिकाइका लागि सहयोग पुगेको बताए। 

‘घरमा त्यत्तिकै बसेका बालबालिकाले पठनपाठन गर्ने अवसर पाएका छन्,’ केसीले भने, ‘लामो समयसम्म रोकिएको पठनपाठनमा शिक्षक साथीहरूले सहजीकरण गरिरहनुभएको छ।’ 

सहजीकरण व्यवस्थापन गर्दा बालबालिकाको हप्तामा एक दिन र शिक्षकको हप्तामा तीन दिन विद्यालयमा आउने पालो पर्ने पर्छ। उनका अनुसार प्रकाशन माविमा ८ सय ५० बालबालिका छन्।

शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले सबै विद्यालयका प्रधानाध्यापकलाई सिकाइका लागि नगरपालिकाबाट सहजीकरण गरेपछि मात्रै पठनपाठनको काम सुरु भएको बताए। 

विद्यालयमा एक दिनमा एउटा कक्षा र ती विद्यार्थीलाई सहजीकरण गर्न आवश्यक शिक्षक मात्रै उपस्थित हुनेगरी सहजीकरण व्यवस्था गर्दा लकडाउनको आचारसंहिता पालना भएको र सिकाइमा पनि सहयोग पुगेको अधिकारीको भनाइ छ। 

यसरी सिकाइका लागि सहजीकरण सुरु गरेपछि सबैबाट सकारात्मक प्रतिक्रिया आएको उनले बताए।
शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरेले लकडाउनपछि शिवराज नगरपालिकाले वैकल्पिक सिकाइ सहजीकरणको कक्षा अनुगमन गरेको बताए। 

उनले अनुगमनमा आलोपालो कक्षा र भौतिक दूरी कायम गरी कक्षा सञ्चालन भएको बताए।  वैकल्पिक शिक्षणको यो तरिका उत्तम नमूना भएको उनको दाबी छ।

शिवराज नगरपालिकामा मदरसासहित ६४ सामुदायिक र २४ संस्थागत विद्यालयमा बालविकास केन्द्रदेखि कक्षा १२ सम्म २६ हजार बालबालिका छन्।

सरकारले जेठ १८ गते वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरी असार १ गतेदेखि बालबालिकाको शिक्षाका लागि सहजीकरण गर्न भनिसकेको छ। 

उक्त निर्देशिकामा स्थानीय तह र विद्यालयको पहलमा बढीमा ८ देखि १० जनासम्मको समूह रहने गरी स्थानीय रूपमा सिकाइ केन्द्र वा विद्यालयमा एकापसमा भौतिक दूरी कायम हुनेगरी सिक्ने सिकाउने व्यवस्था गर्ने उल्लेख छ। 

निर्देशिकामा त्यस्ता सिकाइ केन्द्रहरू समुदाय र विद्यालयमा सञ्चालन गर्न सकिने र त्यसको व्यवस्थापन विद्यालय र स्थानीय तहले गर्ने भनेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाललाई हराउँदै भारत बन्यो आठौं पटक च्याम्पियन

माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिप भारतले जितेको छ। मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनल खेलमा नेपाललाई ३–० गोल

एक मिनेटको अन्तरमा भारतले लियो २ गोलको अग्रता

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेलमा भारतले दुई गोल गरेको छ। माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको

साफ च्याम्पियनसिप : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेल यतिबेला जारी छ । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको पहिलो

आमरण अनसनरत रुबी खान अस्पताल भर्ना

काठमाडाैं – आमरण अनसनरत अधिकारमर्मी रुबी खान बिरामी परेकी छन्। नौ दिनदेखि आमरण अनसनमा बसेकी उनलाई शनिबार अपरान्ह त्रिवि शिक्षण