१२ वर्षदेखि अतिक्रमित जग्गा खाली गराएर वृक्षारोपण


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


दाङमा डिभिजन वन कार्यालयले १२ वर्षदेखि अतिक्रमित जग्गा खाली गराएर वृक्षरोपण गरेको छ। वन अतिक्रमण गरी पक्की घर बनाएको क्षेत्रलाई खाली गराएर वृक्षरोपण गरिएको हो।

तुलसीपुर उपमहानगरपालिका- १३ स्थित जनकल्याण सामुदायिक वनको अतिक्रमित करिब २ हेक्टर क्षेत्रमा वृक्षारोपण गरिएको डिभिजन वन कार्यालय दाङ प्रमुख दीपक ज्ञवालीले जानकारी दिए। उक्त क्षेत्रमा १२ वर्षदेखि अतिक्रमण गरी पक्की घर बनाइएका छन्।

अतिक्रमित जमिनलाई खाली गराई तारवार गरेर वृक्षारोपण गरिएको छ। अतिक्रमित क्षेत्र खाली गरेपछि जनकल्याण सामुदायिक वनका पदाधिकारी, उपभोक्ता, विजौरी सव डिभिजन वन कार्यालयका कर्मचारीले सयुक्त रूपमा वृक्षारोपण गरेका हुन्।

टिमुर पकेट क्षेत्रमा बिरुवा वितरण

दाङको दुर्गम क्षेत्रको रुपमा रहेको वंगलाचुली गाउँपालिकामा डिभिजन वन कार्यालय दाङले टिमुरको बिरुवा वितरण गरेको छ।

टिमुर रोपण अभियान अन्तर्गत जिल्लामा एक लाख टिमुर रोप्ने लक्ष्य लिएको वन कार्यालयले बंगलाचुली गाउँपालिका- ४ स्थित जुम्लेपानी सामुदायिक वन उपभोक्तामार्फत उत्पादन गरेको १२ हजार विरुवाको वितरण गरिएको कमिरेचौर सव डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत संयोग बस्नेतले जानकारी दिएका छन्।

गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले टिमुर रोपेर अभियानको सुरु गरेका थिए। दाङको पहाडी क्षेत्रमा टिमुर खेतीको सम्भावना रहेकाले कोरोनाले निम्त्याएको बेरोजगारीको अवस्थामा गाँउगाँउमा भित्रिएका युवाहरुलाई टिमुर खेतीमार्फत आर्थिक समृद्धि गर्न सकिने भएकाले टिमुर रोप्न लगाइएको बंगलाचुली गाँउपालिका अध्यक्ष वलीले बताएका छन्।

प्रदेश सरकार अन्तर्गत डिभिजन वन कार्यालय दाङले यसवर्ष बंगलाचुलीलगायत घोराहीको सैघा, तुलसीपुरको छिल्लीकोट, प्रतापकोट लगायतको उत्तरी महाभारत क्षेत्रका किसानहरूलाई निशुल्क रुपमा टिमुरको बिरुवा उत्पादन गरेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अब एमालेलाई लोकतान्त्रिक पार्टी बनाउनुपर्छ : ओली

काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले अब एमालेलाई पूर्ण लोकतान्त्रिक पार्टी बनाउनुपर्नेमा जोड दिएका छन्। मंगलबार एकैपटक ७५३ वटै स्थानीय

केरुङमा सामान रोकेर सरकारलाई ‘तर्साउन खोज्दै’ चीन

हिमालयपार व्यापार वाणिज्य संघका अध्यक्ष श्रेष्ठका अनुसार चीन केरुङभन्दा तातोपानी नाकामा सकारात्मक छ। तातोपानीबाट दसैंअघि दैनिक १० गाडी पठाइएकोमा त्यसलाई

परमादेश जारी गर्ने सर्वोच्चको फैसला दुषित थियो : केपी ओली

अदालतलाई तमासाको थलो नबनाएर जनताको विश्वासको थलो बनाउनुपर्नेमा उनले जोड दिए। परमादेश जारी गर्ने सर्वोच्चको फैसला दुषित रहेको अहिले प्रमाणित

ओलीको प्रश्न : परमादेश त पाँचैजनाले गर्नुभएको थियो, किन एकजनाको…

‘परमादेश त पाँचै न्यायाधीशले जारी गर्नुभएको हो नि’, ओलीले भने, ‘तर, एकजनाको मात्रै किन राजीनामा माग्नुहुन्छ श्रीमान्?’ अदालतलाई मर्यादित, निर्विवाद,