राहतमा कुहिएको चामल


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


दैलेखमा राहत वितरण गर्दा कुहिएको चामल भेटिएपछि स्थानीयहरू आन्दोलित बनेका छन्। कोरोना भाइरस महामारीको प्रभावका समयमा नागरिकलाई राहतका लागि जिल्लाको नारायण नगरपालिका-४ मा कुहिएको चामल वितरण गर्न खोज्दा स्थानीयहरू आन्दोलित बनेका हुन्।

‘वडावासीलाई राहत लिन बोलाइयो। तर, चामलको बोरा खोलेपछि भने चामल खान योग्य थिएन। राहतको नाममा हामीलाई कुहिएको चामल दिन खोजियो’, स्थानीय राकेश कठायतले भने।

कोरोना महामारी न्युनिकरण तथा रोकथामका लागि गत जेठ महिनामै दैलेखमा नेपालगञ्जबाट चामल पुगेको थियो। नारायण नगरपालिकाले चामल/दाल खरिदका लागि टेण्डर आह्वान गरेको थियो। दैलेखको शान्ती स्टोर्सले राहतको टेण्डर पाएपछि नेपालगञ्जबाट राहत दैलेख पुग्यो।

अर्का स्थानीय युवा हस्त बहादुर खड्काले भने, ‘जेठमै आएको चामललाई असारको अन्तिम सातामा बाढिएको हो। एकातिर ढिला बाढिएको छ अर्कातिर चामल कुहिएको। कुहिएको चामल बाढ्न खोज्दा हामीले चामल वडा कार्यालय परिसरमै फ्याकेर फर्किएका छौ।’

कुल पाँच सय ५५ घरधुरी भएको वडामा दुई सय १३ प्याक चामल ल्याइएको थियो। सो चामलबाट सोमबार ८४ प्याक चामल वितरण भइसकेको छ। तर, मंगलबार भने वितरणको समयमा चामल कुहिएको भेटिएको हो।

राहतका लागि ल्याइएको चामलमा अनियमितता भएको स्थानीयको आरोप छ। ‘मिलेमतोमा कुहिएको चामललाई पनि मिलाएर ल्याइएको हो। पहिले वितरण भएको चामल राम्रो छ। तर, आधी मात्र वितरण भइनसक्दा कुहिएका चामलहरू भेटिनुले राहतमा अनियमितता भएको स्पष्ट पार्दछ’, स्थानीयवासी खड्काले बताए।

यता नगरपालिकाको ४ नम्बर वडा कार्यालयका वडा सचिव चक्र कटुवालले भने चामलको अवस्था वारे पहिले आफूलाई जानकारी नभएको बताए। उनले भने, ‘नगरपालिकाले सबै वडामा राहतका लागि चामल, दाललगायत खाद्य सामाग्री पठाएको थियो। हाम्रो वडामा पनि आयो। अहिले बोरा खोलेर हेर्दा कुहिएको चामल भेटिएको छ।’

मंगलबार वितरण भएको चामल कुहिएको भेटिएपछि स्थानीयवासले केही समय वडा कार्यालयमा नारा–जुलुस गरेका थिए।

वीरेन्द्रनगरमा पनि म्याद नाघेको चामल

गत चैत्रमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १० मा खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट ल्याएर वितरण गरेको चालम म्याद सकिएको (खान अयोग्य) भन्दै स्थानीयले फिर्ता गरेका थिए। वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० मनकामना मनिकापुर टोलका स्थानीयले उक्त चामल फिर्ता गरेका हुन्।

‘चामल म्याद गुज्रिएको थियो,’ स्थानीय सहवीर पुनले भने, ‘खाँदा पनि गन्हाउने थियो।’ 

म्याद सकिएका चामल भन्दै विरोध भएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी सुर्खेतले साटिदिएको स्थानीय वीरबहादुर बुढाले बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतको केरलामा बाढी, ६ जनाको मृत्यु

एजेन्सी – भारतको केरलामा वर्षासँगै आएको बाढीले जनजीवन प्रभावित भएको छ। बाढीले बगाउँदा अहिलेसम्म ६ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले

बागमती तथा प्रदेश १ र २ मा मध्यम वर्षा, सुदूरपश्चिममा…

काठमाडाैं – काठमाडाैं उपत्यकासहित बागमती प्रदेश र प्रदेश १ र २ मा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आइतबार बिहानदेखि

रुसमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्मकै उच्च

एजेन्सी – रुसमा कोरोना भाइरस संक्रमण र त्यसबाट हुने मृत्युदर उच्च बन्दै गएको छ। त्यहाँ एकै दिन एक हजारभन्दा बढीले

नेपाललाई हराउँदै भारत बन्यो आठौं पटक च्याम्पियन

माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिप भारतले जितेको छ। मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनल खेलमा नेपाललाई ३–० गोल