दृष्टिविहीनलाई शैक्षिक सामग्री 


आयाेमेल संवाददाता
कांग्रेस यात्राका ‘एक्ला नायक’ रामचन्द्र पौडेल

'म त्यो मान्छे हो, जसले अनेक आँधीहुरी र बतास आउँदा

आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि


दाङकाे तुलसीपुर उपमहानगरपालिकाले यस क्षेत्रका दृष्टिविहीन विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।  

गुरुजजुर मावि रक्षाचौरमा अध्ययनरत विद्यार्थीलाई पढाइमा सहज होस् भन्नका लागि विभिन्न शैक्षिक सामग्री वितरण गरिएको हो।

महिला तथा बालबालिका शाखाको समन्वयमा भएको कार्यक्रममा व्रेलकपी, स्लेट र स्टाइलस वितरण गरिएको शाखा प्रमुख विष्णु आचार्यले जानकारी दिइन्। 

कार्यक्रममा सामग्री वितरण गर्दै उपप्रमुख माया शर्माले अपांगता भएका व्यक्तिको पठनपाठनमा समस्या नहोस् भन्न स्थानीय सरकार प्रतिवद्ध रहेको बताइन्।

‘हरेक व्यक्तिको पढ्न पाउने अधिकारको रक्षा गर्नु हामी सबैको दायित्व हो,’ उपप्रमुख शर्माले भनिन्। उनले अपांगताले क्षमता रोक्न नसक्ने बताउँदै मनोबल उच्च बनाउन विद्यार्थीलाई आग्रह गरिन्। 

विद्यालयकी प्रधानाध्यापक विष्णु केसीले विद्यार्थीलाई सामग्री हस्तान्तरण गरेकोमा धन्यवाद दिइन्। कानुन अधिकृत आँचल बगाले, विद्यालयका सहप्रधानाध्यापक प्रमोद न्यौपानेले मन्तव्य व्यक्त गरे। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
फाइल तस्बिर।
सभापतिको उम्मेदवारीबाट पछाडि हट्दिनँ : विमलेन्द्र निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापतिको उम्मेदवारीबाट पछि नहट्ने बताएका छन्। आसन्न महाधिवेशनमा आफू निर्विकल्प सभापतिको उम्मेदवार रहेको बताउँदै उनले

कांग्रेस यात्राका ‘एक्ला नायक’ रामचन्द्र पौडेल

'म त्यो मान्छे हो, जसले अनेक आँधीहुरी र बतास आउँदा पनि लोकतन्त्रको दीयो निभ्न दिएको छैन। कांग्रेस संकटमा पर्दा मेरो

फाइल तस्बिर।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : वरिष्ठ नेता पौडेलद्वारा बहिष्कार

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको अन्तिम बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल अनुपस्थित भएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको अन्तिम

लमजुङमा विद्यार्थी बोकेको जिप दुर्घटना, तीनजनाको मृत्यु

गणेश माध्यमिक विद्यालय सिमपानीका शिक्षक र विद्यार्थी बोकेर गएको जिप सडकबाट डेढ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय लमजुङले