लकडाउनमै जनश्रमदान : भक्तपुरे सम्पदा पुनर्निर्माण धमाधम


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


लकडाउनको ७५औं दिन दिउँसो ३ बजे भक्तपुर मुख्य बजारको बाटो सबै सुनसान थिए। तर, विश्वप्रसिद्ध न्यातपोल मन्दिर (पाँचतल्ले) मन्दिरको दृश्य भने बेग्लै थियो।

त्यहाँ महिला दिदीबहिनीको एउटा समूह गीत गाउँदै काम गर्न व्यस्त थियो। नजिकै गएर हेर्दा उनीहरू गीत सँगसँगै झिङ्गटी इँटा पनि माझिरहेका थिए। कोही इँटा माझ्दै, कोही पानी हाल्दै, कोही धोइसकेका इँटा चाङ मिलाएर राख्दै थिए। त्यहाँको वातावरण एकदम रमणीय थियो। लाग्थ्यो त्यहाँ ठूलै मेला लागिरहेछ।

ती सबै महिला न्यातपोल मन्दिरको छाना छाउन चाहिले पुरानो झिङ्गटी इँटा धुन (सफा गर्न) सहयोगका लागि जनश्रमदान गर्न आएका रहेछन्। जनश्रमदानमा आएकी ब्यासीकी सूर्यमाया लाखेले भनिन्, ‘अहिले लकडाउनका बेला यत्तिकै घर बस्नुको सट्टा यहाँ काम भइरहेछ भन्ने खबर पाएर हामी पनि सकेको सहयोग गर्न आएका हौं।’


उनले आफूहरूले आर्थिक सहयोग नसके पनि सकेको श्रमदान गरौं भनेर आएकाे सुनाइन्। ‘घर बस्दाबस्दा दिक्क लाग्यो, यहाँ मन्दिरको काम भइराखेको छ भन्ने थाहा भएर हामी मच्छेनारायण भजन मण्डल र ब्यासी टोलका दिदीबहिनी श्रमदान गर्न आएका हौं,’ उनले सुनाइन्।

भक्तपुरमा पहिला घर बनाउँदा छाना लगाउने बेला सहयोग गर्नुपर्छ भन्ने मान्यता थियो। त्यसैलाई अनुसरण गरेको कान्छी बासुकलाले सुनाइन्। उनी भन्छिन्- ‘घर बनाउँदा त सहयोग गर्नुपर्छ भन्ने छ। यो त झनै विश्वप्रसिद्ध न्यातपोल मन्दिर जीर्णाेद्धारको काम भएको छ। त्यसकारण आफूहरूले त्यहाँ सहयोग गर्न पाउँदा एकदम खुसी र गर्व महसुस भएको छ।’

विश्वप्रसिद्ध न्यातपोल मन्दिरको पुनर्निर्माण २०७६ मंसिर ६ देखि सुरु भएको हो। त्यसपछि कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण लकडाउन भएकाले चैत ११ देखि काम बन्द थियो।

श्रमदानका लागि ३५ जना आएको उनले बताइन्। दैनिक फरक-फरक टोलबाट महिला जनश्रमदानमा आउने गरेका रहेछन्। उनीहरूले खाजा पनि आफैंले व्यवस्था गरेर ल्याएका थिए।

विश्वप्रसिद्ध न्यातपोल मन्दिरको पुनर्निर्माण २०७६ मंसिर ६ देखि सुरु भएको हो। त्यसपछि कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण लकडाउन भएकाले चैत ११ देखि काम बन्द थियो। तर, पछिल्लोपटक फेरि लकडाउनबीच नै मन्दिर पुनर्निर्माणको काम सुरु भएको छ। 
न्यातपोल मन्दिर संरक्षण कार्य उपभोक्ता समितिका वडासदस्य पूर्णगोपाल राजचलले लकडाउनको समयको सदुपयोग गरी मन्दिर पुनर्निर्माण सुरु गरिएको बताए।

उनका अनुसार लकडाउन भए पनि स्थानीयको जनश्रमदानको सहयोगमा काम सुरु गरिएको हो। काम सुरु गरेदेखि अहिलेसम्म करिब ५ सयजना जतिले श्रमदान गर्न आइसकेको उनले बताए। उनले दिनको १५ देखि ७० जनासम्म पनि श्रमदान गर्न आउने गरेको बताए।

वडाध्यक्ष राजचलले सबै सहयोगी हात व्यक्तिगत नभई कुनै संस्था, समितिबाट समन्वय गरी समूह–समूहमा आउने गरेको जनाए।
श्रमदानको सिलसिला न्यातपोल मन्दिर पूर्णनभएसम्म निरन्तर हुने न्यातपोल मन्दिर संरक्षण कार्य उपभोक्ता समितिका अध्यक्ष केशव तमखुले बताए।

अहिले पनि श्रमदान गर्न २४ समूहले नाम दिइसकेको तमखुले सुनाए। उनका अनुसार न्यातपोल मन्दिर जिर्णाेद्धार गर्न ६५ लाख रुपैयाँ खर्च लाग्ने छ। उनले भने- ‘बजेट ६५ लाख भए पनि श्रमदान, आर्थिक सहयोग र झिङ्गटी इँटाको सहयोग आएको छ। त्यसैले स्थानीयको सहयोगका कारण लागतभन्दा कम बजेटमा नै काम सकिने विश्वास छ।’

भक्तपुर नगरपालिकाअन्तर्गत परेका अधिकांश सम्पदाको पुनर्निर्माण कार्य लकडाउनबीच पनि  राेकिएको छैन।

वर्षायाममा झन् धेरै क्षति हुन्छ भनेर लकडाउनमै भए पनि अहिले स्थानीयको सहयोगमा काम सुरु गरेको उनले बताए।

भक्तपुर नगरपालिकाअन्तर्गत परेका अधिकांश सम्पदाको पुनर्निर्माण कार्य लकडाउनबीच पनि रोकिएको छैन। नगरपालिका शिक्षा–संस्कृति समितिका सदस्य तथा भक्तपुर नगरपालिका-९ का अध्यक्ष रवीन्द्र ज्याख्वले लकडाउनबीच पनि दर्जनौं सम्पदा बनिरहेको जानकारी गराए।

‘अब वर्षामासमा क्षति हुन सक्ने भएकाले लकडाउनमा पनि स्थानीयको सहयोगमा सम्पदा पुनर्निर्माणको काम भइरहेको छ,’ उनले भने।

लकडाउनको समयमा आफ्नो वडामा मात्रै दुईवटा सम्पदाको काम सम्पन्न भइसकेको उनले सुनाए। च्याम्हासिंह गेट र सूर्यमढीको नास द्योः सम्पन्न भएको छ। आफ्नो वडाबाहेक भक्तपुर नगरपालिका क्षेत्रकf १० वटै वडामा यसरी नै सम्पदाको पुनर्निर्माण कार्य नरोकी धमाधम भइरहेको उनले बताए।

सम्पदाबाहेकको विकास निर्माणका काम पनि भइरहेको उनले सुनाए। ‘सम्पदाबाहेक ख्वप अस्पताल, छिपा ता (पुल) र बाटोमा ढुंगा ओछ्याउने काम पनि भइरहेको छ,’ उनले भने।

च्याम्हासिंहमा भक्तपुर अस्पतालको ठूलो भवन बनाउने काम, भक्तपुर नगरपालिका-७ हनुमानघाटस्थित पुल र मुख्यबजारको रूपमा रहेको च्याम्हासिंहदेखि भार्वाचोसम्म इँटाको सट्टा ढुंगा छाप्ने काम धमाधम भइरहेको छ।

भक्तपुरको नास द्योः (मन्दिर) जिर्णोद्धार उपभोक्ता समितिका अध्यक्ष जितबहादुर खयरगोलीले नगरपालिकाको लागत इस्टिमेट ६ लाख ६१ हजार ९ सय ४५ रुपैयाँ रहे पनि उत्साहजनक जनश्रमदानसाथ कूल ३ लाख ५० हजार रुपैयाँमा कम समयमै पुनर्निर्माण कार्य सम्पन्न भएको बताए।

भक्तपुर नगरपालिकाअन्तर्गत सम्पदा पुनर्निर्माणमा न्यातपोल  मन्दिर, च्याम्हासिंह गेट, भैरव राख्ने मन्दिर, सूर्यमढी नास द्योः (मन्दिर), लोकेश्वर पाटी, लसकर द्योः (मन्दिर), तीलमाधव नारायण मन्दिर, गोमारी पाटी, वाचुटो पाटी, पूर्वेश्वर महादेव मन्दिर, डुमला पाटी, बत्सलादेवी मन्दिर, कुमारी पाटी, मंगलतीर्थ पञ्चमुखेश्वर, चपाल भैल द्योछें (देउताको घर), बेताल घरको काम भइरहेको नगरपालिकाले जनाएको छ। 


यीबाहेक पुरातत्व विभागअन्तर्गत स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरले पनि दरबार स्क्वायरका लामोपाटीलगायतका सम्पदाको पुनर्निर्माण कार्य भइरहेका छन्।   


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाललाई हराउँदै भारत बन्यो आठौं पटक च्याम्पियन

माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिप भारतले जितेको छ। मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनल खेलमा नेपाललाई ३–० गोल

एक मिनेटको अन्तरमा भारतले लियो २ गोलको अग्रता

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेलमा भारतले दुई गोल गरेको छ। माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको

साफ च्याम्पियनसिप : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेल यतिबेला जारी छ । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको पहिलो

आमरण अनसनरत रुबी खान अस्पताल भर्ना

काठमाडाैं – आमरण अनसनरत अधिकारमर्मी रुबी खान बिरामी परेकी छन्। नौ दिनदेखि आमरण अनसनमा बसेकी उनलाई शनिबार अपरान्ह त्रिवि शिक्षण