नेपालमा अन्तर्राष्ट्रियस्तरको आइभिएफ सेवा दिँदै वात्सल्य


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


काठमाडौं-

सन्तान प्राप्तिका लागि अनेकौं प्रयास गर्दा पनि सफल नभएका दम्पतीले वात्सल्यमा आएर सन्तान प्राप्त गर्न पाउँदा आफ्नो जीवनमा चमत्कार भएको महसुस गर्छन् र प्रायः दम्पतीहरू ‘डाक्टर साब, तपाईं त हाम्रा लागि भगवानकै रूप हुनुहुन्छ’ भन्छन्।

यस्तो असाधारण अनुभवका पछाडि वात्सल्यमा पाइने अन्तर्राष्ट्रियस्तरको सेवाको मुख्य भूमिका रहेको वात्सल्यका कार्यकारी निर्देशक प्रशान्त सुवेदी बताउँछन्।

‘निसन्तान हुनु एकदमै असहज अवस्था हो। यसमा उपचारका साथै भावनात्मक सहयोगको पनि उत्तिकै भूमिका रहन्छ। दम्पतीमा भएको निराशालाई सकारात्मक सोचमा रूपान्तरण गर्नुपर्ने हुन्छ। त्यसैले वात्सल्यमा सुरुवातदेखि नै हामीले अन्तर्राष्ट्रियस्तरको प्रविधि, उच्चस्तरीय ल्याब, अन्तर्राष्ट्रिय अनुभव भएका प्रजनन विशेषज्ञ, मिजासिलो व्यवहार भएका अन्य जनशक्ति र क्लिनिकभित्रकै सुविधाले पनि सहज अनुभव गराउन उचित वातावरण निर्माणमा विशेष जोड दिएको छ,’ सुवेदी भन्छन्।

वात्सल्यमा आइभिएफ उपचार गराएर सफलता प्राप्त गरेकी पुनम थापाले पनि आफू पहिलोपटक वात्सल्य आउँदा ‘नेपालमा पनि यस्तो ठाउँ छ र? मलाई त विदेशमै आएको जस्तो अनुभव भयो,’ भन्ने प्रतिक्रिया दिइन्।

वात्सल्यमा निसन्तानसम्बन्धी सम्पूर्ण उपचार (निसन्तान हुनुका कारण पहिचान र जाँच, निसन्तान उपचार जस्तै आइयुआई, आइभिएफ, आइसिएसई, प्रसुतीपूर्वका सम्पूर्ण जाँच, फर्टिलिटी फ्रिजिङ, बालरोग उपचार) प्राप्त गर्न सकिन्छ। हालसम्म वात्सल्यबाट आइभिएफमार्फत १ हजार ५ सयभन्दा बढी, आइयुआईमार्फत ३ सयभन्दा बढी र प्राकृतिकरूपमा ४ सय ५० भन्दा बढी दम्पतीले सफलता प्राप्त गरिसकेका छन्।

हालसम्म वात्सल्यबाट आइभिएफमार्फत १ हजार ५ सयभन्दा बढी, आइयुआईमार्फत ३ सयभन्दा बढी र प्राकृतिकरूपमा ४ सय ५० भन्दा बढी दम्पतीले सफलता प्राप्त गरिसकेका छन्।

एउटा आइभिएफ चक्र सफलतापूर्वक पूरा हुन सुरुमा गरिने जाँच (अल्ट्रासाउन्ड, टिभिएस, हर्मोनल जाँच आदि) राम्ररी गरिनुपर्छ उचित निदानपछि डिम्ब विकासको प्रक्रिया सुरु गरिन्छ। डिम्ब विकासको ट्र्याक राम्ररी राख्नुपर्छ र उचित समयमा, उपयुक्त प्रविधि प्रयोग गरेर डिम्ब संकलन गरिन्छ र ल्याबमा कल्चर गरिन्छ। यहाँ डिम्बको गुणस्तर निर्धारण, संरक्षण, निषेचन र भ्रुण निर्माण तथा विकास गरिन्छ। यसमा इम्ब्रोयोलोजिस्ट र ल्याबको क्षमताले ठूलो भूमिका खेल्छ। वात्सल्यमा भएको राम्रो व्यवस्थापन, प्रजनन विज्ञको समूह, उच्चस्तरीय ल्याब तथा सरसाधनका कारण नै उच्च सफलता दर हासिल हुन सम्भव भएको हो।

चिकित्सा क्षेत्रले धेरै विकास गरिसकेको छ। हिजो असम्भव ठानिएका कुरा आज सम्भव भइरहेका छन्। त्यसैले आइभिएफसम्बन्धी सामाजिक भ्रममा अल्झिनुभन्दा चिकित्सकको सल्लाह लिनुपर्छ। आधुनिक चिकित्सा प्रणालीद्वारा सन्तान प्राप्ति अब नेपालमै सम्भव छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिंहदरबारकाे संसद सचिवालयमा गोली चल्याे

काठमाडौं – देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र गोली चलेको छ। काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालका

मुख्यमन्त्रीमा पाण्डेको दाबी पेश, भोलि सपथग्रहण

पाण्डेले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसहितका सांसदहरूको समर्थनमा दाबी पेश गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।प्रदेश

एकीकृत समाजवादीका ३३५ नेताले पाए जिम्मेवारी [सूचीसहित]

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीका विभिन्न विभाग र किमिटीहरुमा जिम्मेवारी तोकेको छ। ३३५ नेतालाई भूगोल र विभागको

बन्दीप्रत्यक्षीकरणको मुद्दा ‘बंक’ गर्ने न्यायाधीशविरुद्ध रिट

काठमाडौं – बन्दीप्रत्यक्षीकरणको मुद्दासमेत सुनुवाइ नगरेको भन्दै स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले १८ जना न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने