झलनाथकै पालामा एमसिसीका लागि निवेदन हालिएको हो : कांग्रेस प्रवक्त्ता 


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विशुद्ध र बिनासर्त  आर्थिक सहयोग जोसुकैसँग पनि लिन सकिने र लिइने बताएका छन्।  

लकडाउनकैबीच गृहजिल्ला झापा आएका शर्माले एमसीसीका बारेमा बोल्दै सैन्य सहयोग र हस्तक्षेप भने देशका लागि अस्वीकार्य  हुने स्पष्ट पारे। 

'एमसीसी जस्तो राष्ट्रघाती सम्झौता कांग्रेसले गर्‍यो र त्यसलाई भित्र्याउन लागिपरेको भनेर बदनाम गर्न खोजिँदै छ' झापा क्षेत्र नम्बर ५ मा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उनले भने,'एमसीसी निवेदन हालेर मागेको सहयोग हो, कसैले कुनै स्वार्थका लागि दिएको होइन।'

एमसीसीको प्रक्रिया झलनाथ खनालकै पालामा सुरु भएको भन्दै उनले, यसमा कांग्रेसलाई दोष लगाउनु बेकार भएको बताए। 

'राष्ट्रघाती छ भने सहयोग नलिए भैगयो नि किन कांग्रेसलाई दोषारोपण गर्नु?' उनले भने, 'एमसीसीका बारेमा बुँदा बुँदा अध्ययन गरेर प्रतिक्रिया दिनु उत्तम हुन्छ, अध्ययन नगरी दोष लगाउनु कसैको बदनाम गर्नु मात्रै हो।'

शर्माले एमसीसी परियोजना सम्झौतामा  कहीँ पनि अमेरिकी सेना नेपाल आउने भनेर कतै नलेखिएको दाबी गरे। 

उनले एमसीसी परियोजना सम्झौताको  राम्ररी अध्ययन गर्न, अनि धारणा बनाउन र प्रतिक्रिया दिन कार्यकर्तालाई अनुरोध गरे। 
 आफूले परियोजना सम्झौताको धारा र दफादफाको अध्ययन गरेको दाबी गर्दै उनले त्यहाँ उल्लेख भएको बौद्धिक  सम्पत्तिको विषयलाई धेरैले भ्रम छर्ने गरेको बताए। 

'चीन र भारतले दिएको सहयोग लिन हुने तर अमेरिकाले दिएको सहयोग लिन किन नहुने?' उनले भने। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
न्यायालय विवादबारे पूर्वन्यायाधीश भन्छन्- दलहरुले राज्य सञ्चालनमा सुशासन कायम नगर्दाकाे…

काठमाडौं – सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीले अहिले न्यायालयमा देखिएको समस्याको समाधान आपसी समझदारीमा हल गरिनुपर्ने बताएका छन्। आफूले तत्काल

प्रतिनिधिसभाको बैठक भोलि, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – प्रतिनिधिसभाको बैठक भोलि बिहीबार बस्दै छ। संघीय संसद सचिवालयका अनुसार बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ। सचिवालयका

सिंहदरबारकाे संसद सचिवालयमा गोली चल्याे

काठमाडौं – देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र गोली चलेको छ। काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालका

मुख्यमन्त्रीमा पाण्डेको दाबी पेश, भोलि सपथग्रहण

पाण्डेले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसहितका सांसदहरूको समर्थनमा दाबी पेश गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।प्रदेश