अमेरिकाबाट फर्केका छोरा आमा लिन वृद्धाश्रम पुगेपछि‌… 


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


घोराही बजार नजिकै सेवार खोला किनारमा रहेको वृद्धाश्रममा त्यो दिन अलि अर्कै रौनक थियो। 

वृद्धवृद्धाहरू हातमा फूल-अबिर लिएर उभिएका थिए। कुर्सीमा बसिरहेकी वृृद्धा माता जैसी मुस्कुराइरहेकी थिइन्। अरूले उनलाई फूल-अबिर लगाइदिइरहेका थिए। 

चार वर्षदेखि वृद्धाश्रममा बस्दै आएकी माता घर फर्किएकी सुरसारमा छिन्। 

अमेरिकाबाट घर फर्किएका छोरा वृद्धाश्रममा रहेकी आमालाई लिन आएपछि २०७२ सालदेखि घोराही उपमहानगरपालिका-१६ तेरौटेस्थित वृद्धाश्रममा बस्दै आएकी माता बिहीबार छोरा गंगासँगै घर फर्किएकी हुन्।

बाजुरा जगतनाथ गाउँपालिका-१ डिमरगाउँ निवासी माता २०७२ असोज २७ देखि वृद्धाश्रम बस्न थालेकी थिइन्। 

‘घरमा नमिल्ने र म अमेरिका जाने भएपछि आमा वृद्धाश्रम आउनुभएको थियो,’ छोरो गंगा जैसीले भने, ‘म टाढा भए पनि आमासँग फोनमा कुरा भइरहन्थ्यो, अब म नेपाल बस्ने गरी फर्किएपछि आमा लिन आएको हुँ।’ 

अमेरिकाबाट गत चैत ११ मा फर्किए पनि लकडाउनका कारण आमालाई लैजान ढिलाइ भएको गंगाले बताए।

उनका अनुसार आफूलगायत परिवार काठमाडौं बस्ने र टाढा जान गाडी नचल्दा समस्या भएको हाे।

‘स्थायी घर बाजुरा भए पनि अहिले काठमाडौं बस्ने गरेको छु, लकडाउनका कारण काठमाडौं जानआउन समस्या हुँदा आमालाई भेट्न समेत पाएको थिइनँ,’ गंगाले भने, ‘दुई दिन पहिले आश्रममै आएर आमालाई भेटेको थिएँ, आज सबै प्रक्रिया पूरा गरेर आमालाई लैजान लागेको छु।’ 

चार वर्षदेखि टाढा भएका छोरा आफूलाई लिन आश्रम आएपछि आमा पनि खुसी भइन्। 

आश्रमबाट बिदाइ भएर जान थालेकी माताले जीवनको अन्तिम क्षणसम्म  छोरा र नातिसँग बस्ने इच्छा पूरा भएको बताएकी थिइन्। 

‘आश्रममा बस्दा छोरा र नातिको धेरै सम्झना आउँथ्याे, आज छोरा आउँदा खुसी भएको छु, अब छिट्टै नातिसँग भेट हुनेछ,’ उनले भनिन्।

आमालाई लिन छोरा आएपछि आश्रमले चार वर्षदेखि  बस्दै आएकी मातालाई छोराको जिम्मा लगाएको थियो। 

ज्येष्ठ नागरिक सरोकार केन्द्र दाङका अध्यक्ष भूपाल गिरीले माता र छोरालाई अबिर-टीकासँगै दोसल्ला ओढाएर आश्रमबाट बिदाइ गरेका थिए। त्यस अवसरमा आश्रममा बस्दै आएका अन्य वृद्धवृद्धाले समेत उनलाई अबिर-टीका लगाएर बिदाइ गरेका थिए। 

‘चार वर्षदेखि माताजी आश्रममा बस्दै आउनुभएको थियो,’ अध्यक्ष गिरीले भने, ‘अहिले छोरा आएर आमालाई लिन चाहेपछि हामीले उहाँकाे जिम्मा लगाएका हाैं।’ 

आमालाई छोराको जिम्मा लगाउन पाउँदा निकै खुसी लागेको उनले बताए। 

‘धेरैले आमाबुबालाई आश्रममा लिएर छाड्ने तर पछि सम्पर्क नगर्ने गर्नुभएको छ,’ अध्यक्ष गिरीले भने, ‘तर, उहाँले आमालाई सम्झिएर आउनुभयो, यो अत्यन्त राम्रो कुरा हो।’ 

२०६२ सालमा स्थापना भएको तेरौटेस्थित ज्येष्ठ नागरिक सरोकार केन्द्रद्वारा सञ्चालित वृद्धाश्रमले २०६४ देखि वृद्धवृद्धा राख्दै आएको छ। अहिले आश्रममा १३ वृद्धवद्धा बस्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
ओलीको प्रश्न : परमादेश त पाँचैजनाले गर्नुभएको थियो, किन एकजनाको…

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरूको भूमिकाबारे अहिले बाहिर आउन थालेको विषयमा टिप्पणी गरेका छन्।

प्रधानन्यायाधीश जबराले न्यायाधीशहरुलाई भने : सडकबाट कसैले राजीनामा माग्दैमा दिन्नँ

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिने प्रष्ट पारेका छन्। १५ जना न्यायाधीशसँगको छलफलमा उनले सडकबाट कसैले राजीनामा माग्दैमा आफूले राजीनामा

धामी बनेर श्रीमती र छोरीको हत्या

इलाममा एक पुरुषले श्रीमती र छोरीको हत्या गरेका छन्। देउमाई नगरपालिका-५ का कमल भनिने ३४ वर्षीय पूर्णचन्द्र तामाङले ३५ वर्षीया

६ महिनापछि खुल्यो नयाँ लाइसेन्सको अनलाइन आवेदन

यातायात व्यवस्था विभागले आजबाट ६ महिनादेखि रोकिएको नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्स) का लागि अनलाइन आवेदन खुला गरेको छ। विभागले