नेपालले रेल किनेको कि भारतले ‘उपहार’ दिएको?


आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि

Amrit Dahal
अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन

हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको


नेपाली झन्डाको रंग पोतिएका दुई रेल शुक्रबार जनकपुर आइपुगेका छन्। करिब एक अर्ब रुपैयाँमा नेपालले यो रेल खरिद गरेको भनेर सार्वजनिक गरेको छ। 

तर भारतका रेलवे, वाणिज्य तथा उद्योगमन्त्री पियुस गोयलको एउटा ट्वीटले अहिले रेलको खरिदमा विवाद उत्पन्न गरिदिएको छ। शुक्रबार नेपालमा रेल आइपुगेपछि गोयलले ट्वीटरमा लेखेका छन् ‘नेपालसँग हाम्रो प्राचीन सांस्कृतिक तथा सौहार्दपूर्ण सम्बन्ध रहेको छ। हाम्रो यही सम्बन्धलाई नयाँ आयाम दिँदै रेलवेद्वारा नेपाललाई २डिईएमयु ट्रेन सेट दिइएको छ।’

उनको यो ट्वीटको अर्थ लाग्छ ‘भारतले नेपाललाई रेल उपहार दिएको हो’ उनको यो ट्वीटमा अहिले थुप्रै नेपाली र भारतीयहरुले विभिन्न प्रतिक्रिया जनाइरहेका छन्। 

ट्वीटरमा उनले भनेका छन् ‘यसको उपयोग जयनगर, बिहारदेखि कुर्था नेपालसम्मको रेलयात्राका हुनेछ। जसबाट दुई देशका नागरिकलाई लाभ हुनेछ।’

तर नेपालको रेल विभागले भने यो रेल भ्याट तथा भन्सार सुल्कबाहेक ८३ करोड ९३ लाख ६० हजारमा २ थान रेल किनेको जनाएको छ। अर्थात भारतीय ५२ करोड ४६ लाख रुपैयाँ। 

एउटा प्रेस नोट जारी गर्दै रेल विभागले २०१९को मई महिनामा ‘जी टु जी’(सरकार र सरकार) प्रक्रियाबाट १६०० एचपी डिईएमयु रेल सेट खरीद सम्झौता भएको जनाएको छ। 

यो रेल कोन्का रेलवेज कर्पोरेशन लिमिटेडबाट खरीद गरिएको हो। 

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा निर्माण कम्पनीले नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईलाई हस्तान्तरण गरेको हो।

कोन्कन रेल्वे कर्पोरेशन लिमिटेडका मेकानिकल चिफ दीपक त्रिपाठीले नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईलाई रेल शुक्रबार हस्तान्तरण  गरेका हुन्। 

नेपाललाई रेल बेच्ने भारतीय कम्पनी कोनकन रेलवे कर्पाेरेशनले पनि नेपाललाई ५२ करोड ४६ लाख भारतीय रुपैयाँमा दुई सेट रेल दिएको स्पष्ट पारेको छ। 

‘कोनकन रेलवेले नेपालको रेल विभागको अर्डरअनुसार सफलतापूर्वक दुई सेट डिइएमयु रेल पुर्‌याइदिएको छ। त्यसको मूल्य ५२.२६ करोड भारतीय रुपैयाँ पर्न गएको छ’ कम्पनीले ट्वीट गर्दै भनेको छ ‘यो अवसरका लागि कोनकन रेलवे नेपाल सरकारप्रति कृतज्ञता ज्ञापन गर्दछ।’
 

 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
फाइल तस्बिर।
महाधिवेशनपछि देउवा निवर्तमान सभापति : मीनेन्द्र रिजाल

नेपाली कांग्रेसका नेता एवं रक्षामन्त्री मीनेन्द्र रिजालले १४ औं महाधिवेशनपछि शेरबहादुर देउवा निवर्तमान सभापति बन्ने बताएका छन्। वर्तमान कार्यसमितिको अन्तिम

मीन विश्वकर्माद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले आसन्न महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर सहमहामन्त्री

कांग्रेसका ब्यानरले ढपक्कै ढाक्यो भृकुटीमण्डप (तस्बिरसहित)

नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबार उद्घाटन हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजे महाधिवेशन उद्घाटन हुन लागेको हो। उद्घाटनका लागि

कांग्रेस महाधिवेशन : शेखरले मागे पौडेलको साथ

नेपाली कांग्रेसको संस्थापइतरबाट सभापतिका आकांक्षी शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सहयोग मागेका छन्। बिहीबार पौडेल निवास पुगेर कोइरालाले उनीसँग