संकटमा डुडुवा गाउँपालिकाकाे गौशाला : दान, दक्षिणा र भेटीकै भर


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


स्थानीय तहकोे उदासीनताले डुडुवा गाउँपालिकास्थित कम्दी, पदमपुरको शिवगायत्री विद्या विस्तार गुरुकूल आश्रम गौशाला सञ्चालनमा समस्या परेको छ।

जैविक खेतीका लागि प्रांगारिक मल उत्पादन, स्थानीय जातका गाई संरक्षण, गौमूत्रबाट औषधी बनाउने उद्देश्यले सञ्चालनमा ल्याइएको गौशालामा ५५ गाई र बाच्छाबाच्छी छन्।

तर, गौशाला व्यवस्थापन र स्तरोन्नतिका लागि सरकारले बेवास्ता गर्दा संकटमा पर्दै गएको गौशालाका प्रमुख व्यवस्थापक शेरबहादुर ऐरीले बताए। उनले दान, दक्षिणा, भेटी र स्थानीयको सहयोगले गौशाला सञ्चालन भइरहेको जानकारी गराए।

गौशाला र गुरुकूलको आफ्नो जमिन छैन। जमिनको व्यवस्था हुन नसकेकै कारण  पशुपति सामुदायिक वनको जमिनमा राखिएको उनले बताए। २०६५ सालमा यज्ञशालाको नामबाट स्थापित गौशाला र गुरुकुललाई आफ्नो जमिन नहुँदा गाईपालन र गुरुकूल सञ्चालनमा समस्या आउने गरेको छ।

सामुदायिक वनले गुरुकूल सञ्चालन गर्न नदिएपछि सामुदायिक भवनमा कक्षा चलाइरहेको गुरुकूलका स्वयंसेवक ओमकार स्वदेशीले बताए। ‘गुरुकूलका लागि भवन बनाएर पठनपाठन गर्ने क्रममा सामुदायिक वनले सञ्चालन गर्न दिएन,’ उनले भने।

गायत्री परिवारका राष्ट्रिय संयोजक रमेशचन्द्र पौडेलका अनुसार गाईलाई सामुदायिक वनमा चराउन छोड्दा वनका पदाधिकारीले विरोध गर्ने गर्छन्। ‘वनमा चर्न जान नदिउँ भने घाँस छैन, घाँस रोपौं भने जमिन छैन,’ उनले गुनासो गरे, ‘घाँस रोप्ने जमिन नहुँदा गाईलाई बिहान ७ बजे नै जंगलतिर छाडिने गरिएको छ।’

तीन कक्षासम्म सञ्चालनमा रहेको गुरुकूलमा ६२ जना अध्ययनरत छन्। भवन र शिक्षक अभावका कारण थप कक्षा चलाउन नसकिएको उनले बताए।

सामुदायिक वनले उपभोगका लागि मौखिक रूपमा जमिन उपलब्ध गराएकाले कहिले हटाउने हो ठेगान नभएको गुरुकूल आश्रम गौशालाकी लक्ष्मीकुमारी वाग्लेले बताइन्। सामुदायिक वनले उपभोग गर्न दिए पनि पटक-पटक दुःख दिने उनको गुनासो छ। ‘अर्काले दयाले दिएको जमिन हो, दया रहँदासम्म बस्न देलान्, त्यसपछि के हुन्छ थाहा छैन,’ वाग्लेले भनिन्।

उनले सामुदायिक वनले जमिन नछुट्ट्याइदिँदा गाईका लागि घाँस, फलफूल, जडीबुटी, रुखबिरुवा रोप्नसमेत नपाएको बताइन्। जडीबुटी, फलफूल र रुखबिरुवा लगाउन मन लागे पनि आफ्नो जमिन नहुँदा समस्या भएको उनको भनाइ छ। 

‘वनले कहाँसम्मको जमिन दिन्छ भन्ने कुनै निश्चित नहुँदा चाहँदाचाहँदै पनि रुखबिरुवा रोप्न सकेका छैनौं,’ उनले भनिन्। जमिन नभएकै कारण गाईका लागि घाँस रोप्न नसकेको र घाँस नभएकै कारण गाईलाई जंगलमा छोड्नुपरेको गायत्री परिवारका राष्ट्रिय संयोजक रमेशचन्द्र पौडेलले बताए। उनले राम्रोसँग घाँस खुवाउन नपाउँदा गाईहरू राम्रोसँग फस्टाउन नपाएको बताए। 

उनका अनुसार गाईलाई सामुदायिक वनमा चराउन छोड्दा वनका पदाधिकारीले विरोध गर्ने गर्छन्। ‘वनमा चर्न जान नदिउँ भने घाँस छैन, घाँस रोपौं भने जमिन छैन,’ उनले गुनासो गरे, ‘घाँस रोप्ने जमिन नहुँदा गाईलाई बिहान ७ बजे नै जंगलतिर छाडिने गरिएको छ।’

गौशालाले गाईको पिसाबबाट औषधी र गोबरबाट प्रांगारिक मल बनाउने गरेको छ। प्रांगारिक मल स्थानीयले लैजाने गरेका छन्। गौमूत्रबाट बनाएका गौजला औषधीबाट मासिक ७ देखि १० हजार रुपैयाँ आम्दानी हुने गरेको मुख्य व्यवस्थापक ऐरीले बताए। गौजला बिक्री नै गौशाला र गुरुकूलको मुख्य आयस्रोत हो।

गौशालाले उत्पादन गरेको गौजला औषधी प्रतिलिटर ३ सयमा बिक्री हुँदै आएको छ। उक्त औषधी लिन नेपालगन्ज, कोहलपुर, भारतको रुपैडिहा, बर्दियाको गुलरियासम्मका सर्वसाधारण आउने गरेको व्यवस्थापक ऐरी बताउँछन्।

उनले गौजलाबाट १ सय ८ थरी रोग निको हुने समेत दाबी गरे। गौमूत्र संकलनका लागि साधन र प्रशोधनका लागि उपकरण नभएका कारण सोचेजस्तो आम्दानी गर्न नसकेको उनले बताए।

गौमूत्र प्रशोधनका लागि गौशालासँग पुरानो पद्धतिको उपकरणबाहेक केही छैन। ‘आधुनिक उपकरण भएको भए झनै राम्रो हुन्थ्यो,’ उनले भने।

गौमूत्र प्रशोधनका लागि गौशालासँग पुरानो पद्धतिको उपकरणबाहेक केही छैन। ‘आधुनिक उपकरण भएको भए झनै राम्रो हुन्थ्यो,’ उनले भने।

दाउराको आगो बालेर गौमूत्रको बाफबाट गौजला औषधी बनाइन्छ। उनले राम्रो उपकरणको व्यवस्था भए धेरै औषधी उत्पादन गर्न सकिने बताए। ‘स्थापनाकालमा खरिद गरेको पुरानो पद्धति र सानो भाँडा भएकाले मागअनुसार औषधी उत्पादन गर्न सकिएको छैन,’ व्यवस्थापक ऐरीले भने।

उनले नयाँ उपकरण खरिदका लागि ८५ हजार रुपैयाँ लाग्ने बताए। त्यो खरिद गर्न दाता खोजी गरिए पनि अझैसम्म फेला नपरेको बताए। ‘गौशालासँग रकम छैन, दाता भेटिएका छैनन्,’ उनले भने।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
धामी बनेर श्रीमती र छोरीको हत्या

इलाममा एक पुरुषले श्रीमती र छोरीको हत्या गरेका छन्। देउमाई नगरपालिका-५ का कमल भनिने ३४ वर्षीय पूर्णचन्द्र तामाङले ३५ वर्षीया

६ महिनापछि खुल्यो नयाँ लाइसेन्सको अनलाइन आवेदन

यातायात व्यवस्था विभागले आजबाट ६ महिनादेखि रोकिएको नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्स) का लागि अनलाइन आवेदन खुला गरेको छ। विभागले

बढ्यो सुनको मूल्य, चाँदी स्थिर

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले उकालो लागेको छ। स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु

आजको मौसम : बदली र वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको