क्वारेन्टाइनबाट घर गएपछि काेराेना, जाेखिममा सुदूर


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


सुदूरपश्चिम प्रदेशमा क्वारेन्टाइनबाट घर गएपछि कोरोना पुष्टि हुने क्रम बढेको छ।

स्वाब संकलनपछि नतिजा आउन ढिलाई हुँदा सुदूरपश्चिममा क्वारेन्टाइनबाट घर गएपछि मात्रै कोरोना संक्रमण पुष्टि हुनथालेको स्थानीय तहको गुनासो छ।

हालसम्म सुदूरपश्चिमका विभिन्न स्थानीय तहबाट क्वारेन्टाइनमै बसेर घएगएका १ सय ३५ जनामा कोरोना संक्रमण्म पुष्टि भएको छ। डडेलधुराको गन्यापधुराका ५८, डोटीको शिखर नगरपालिका १४, बैतडीको शिवनाथ गाउँपालिकाका १७, कञ्चनपुरको लालझाडी गाउँपालिकाका १४ र कैलालीको घोडाघोडी नगरपालिकाका ३१ जनामा द्धर गएपछि कोरोना पुष्टि भएको हो।

कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीले क्वारेन्टाइनमा बसेका नागरिकको स्वाब संकलनपछि नतिजा आउन ढिलाई हुँदा यस्तो समस्या भएको बताए।

‘क्वारेन्टाइनमा बसेको ७ दिनपछि नागरिकको स्वाब परिक्षण गरिँदै आएको छ,’ मेयर चौधरीले भने, ‘रिपोट आउन १०/१२ दिन लागने गरेको छ, हामीले १४ दिन क्वारेण्टाइनमा बसेकालाई घरपठाउने गरेका छौं।’ क्वारेण्टाइनमा बस्ने नागरिकलाई १४ दिनपछि लक्ष्यण नभेटिए घर पठाउनु भन्ने स्वास्थय निर्देशनालयको निर्देशन अनुसार आफुहरूले काम गर्दै आएको उनले बताए।

‘७ दिन पछि लगिएको स्वाबको रिपोर्ट आउन १०/१२ दिन लाग्ने गरेको छ,’ उनले भने, ‘१४ दिनमा हामीले नागरिकलाई घर पठाउँछौं, त्यसपछि रिपोर्ट आउँछ र कोरोना पोजेटिभ देखाउँछ।’ मेयर चौधरीले भने,‘निर्देशन अनुसार हामीले शारीरिक रुपमा कुनै लक्षण नभेटिएका ७१ नागरिकलाई घर पठाएका थियौं, स्वाबको रिपोर्टमा ३१ जनामा पोजेटिभ नतिजा आएपछि फेरी क्वारेन्टाइनमा ल्याएका छौं।’

कञ्चनपुरको लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसिंह बडायकले पनि स्वास्थ्य निर्देशनालयको निर्देशनका आधारमा आफुहरूले नागरिकलाई १४ दिनमा घर पठाउने गरेको भएपनि स्वाबको रिपोर्ट ढिलो गरी आउँदा समस्या भएको बताए। स्वाब परिक्षणको रिपोर्ट पर्खेर बसौ भने कहिले आउँछ भन्ने पत्तो हुँदैन,’ उनले भने, ‘अनिश्चित समयसम्म नागरिकलाई क्वारेन्टाइनमा राख्दा व्यवस्थापन गर्न कठिनाई हुन्छ।’

सुदूरपशिचम प्रदेश स्वास्थ्य निर्देशनालयले जेठ २९ गते क्वारेन्टाइनमा बसेका नागरिकलाई १४ दिन पुगे पछि अनिवार्य घर पठाउन निर्देशन दिएको थियो। त्यस यता सुदूरपश्चिमका विभिन्न क्वारेन्टाइनमा रहेका २२ हजार नागरिकलाई घर पठाइएको छ।

सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले भने संघिय परिपत्र अनुसार १४ दिन क्वारेन्टाइनमा बसेका लाई घर पठाउन निर्देशन गरिएको बताए। ‘१४ दिन क्वारेन्टाइनमा बसेर फर्केपछि ७ दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्न हामीले नागरिकलाई आग्रह गर्दै आएका छौं,’ निर्देशक अवस्थीले भने, ‘कसैमा कोरोना पोजेटिभ भएर पनि लक्षण नदेखिएमा उनिहरूलाई समेत घरमै सुरक्षित बस्ने व्यवस्था गनुपर्ने हुन्छ।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानन्यायाधीश-न्यायाधीश विवाद : सर्वोच्चमा आज पनि बस्न सकेन इजलास

काठमाडौं – प्रधानन्यायाधीश र न्यायाधीशहरुबीचको विवादका कारण मंगलबार पनि सर्वोच्च अदालतमा इजलास बस्न सकेन। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार ७ वटा

१५ न्यायाधीशको अडान- प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म सुनुवाइ गरिँदैन

काठमाडौं – सर्वोच्च अदालतका १५ न्यायाधीशहरुको छलफल सकिएको छ। उनीहरुले सर्वोच्च अदालत परिसरमा मंगलबार दिउँसो भएको छलफलमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले

चीनमा फेरि लकडाउन, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आदेश

एजेन्सी – कोरोना संक्रमण फैलिएपछि चीनको गान्सु प्रान्तमा लकडाउन घोषणा गरिएको छ । ४० लाख मानिसहरुको बसोबास रहेको लान्जहोउ सहरमा

पहिलो त्रैमासिकमा १९ बैंकको निक्षेप बढ्दा ८ बैंकको भने घट्यो

काठमाडाैं – चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १९ वाणिज्य बैंकको निक्षेप बढेको छ। नेपाल बैंकर्स संघका अनुसार तरलता अभावका बाबजुद