बस्तीबीच जनावर हिँड्ने बाटो : याे कस्ताे खेलाँची?


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


मानव बस्ती भएका ठाउँमा सायदै जंगली जनावर आउँदैनन्। आइहाले पनि खुला रूपमा हिँड्ने अवस्था हुन्न। किनकि, खुला रूपमा हिँड्ने जनावरबाट मानव शिकार हुन सक्छन्। 

तर, कैलालीमा मानव बस्ती भएकै स्थानमा जंगली जनावरका लागि वैकल्पिक मार्ग निर्माण गर्ने सरकारी योजना अन्तिम चरणमा पुगेको छ। कैलाली धनगढी, भजनी हुलाकी सडक खण्डअन्तर्गत बसन्ता जैविक करिडोर क्षेत्रमा जंगली जनावर ओहोरदोहोर गर्न बनाइने पुल मानव बस्ती नजिकै निर्माण हुने भएका छन्। पर्याप्त वन क्षेत्र हुँदाहुँदै हुलाकी सडक कार्यालयले मानव बस्ती भएकै स्थानमा जंगली जनावरका लागि आकासे पुल र भूमिगत मार्ग निर्माण गर्ने गरी ठेक्का गर्ने तयारी गरेको छ। 

२०७३ जेठमा कैलालीको धनगढीदेखि भजनीसम्म हुलाकी सडकको ठेक्का सम्झौता भएको थियो। कूल ६२ किलोमिटर हुलाकी राजमार्गमध्ये नाै किलोमिटर सडक बसन्ता जैविकमार्ग क्षेत्रमा पर्दछ। त्यसमध्ये सात किलोमिटर सडकमा ट्र्याक निर्माण भइसकेको छ। दुई किलोमिटर सडक भने विवादका कारण हालसम्म ट्र्याक खोल्न बाँकी छ। उक्त दुई किलोमिटर सडकमा बसन्ता जैविकमार्ग पर्ने भए पनि एकातर्फ भने घनाबस्ती छ। तर, बाँकी सात किलोमिटर सडक क्षेत्र पूरै वनले घेरिएको छ। 

हुलाकी सडक डिभिजन कार्यालयले सात किलोमिटर जंगलमा सामान्य सडक बनाउँदा बस्तीसँगै रहेको दुई किलोमिटर क्षेत्रमा भने जंगली जनावरका लागि ओहोरदोहोर गर्ने वैकल्पिक मार्ग निर्माण गर्ने गरी डिपिआर तयार पारेर ठेक्का दिने तयारी गरेको छ। 

कैलारी गाउँपालिका-५ पवेरासँगै जोडिएको बसन्ता प्रवेशद्वारमै जंगली जनावरका लागि आकासे तथा भूमिगत मार्ग निर्माण गर्ने गरी हुलाकी सडकको डिपिआर तयार पारिएको हो। हुलाकी सडक कार्यालयले सडकको डिजाइनपछि मात्रै सो क्षेत्रमा बस्ती सरेको जनाइरहँदा सो क्षेत्रका स्थानीयले सडकको डिपिआर हुनुअगावै बसन्ता प्रवेशस्थलमा बस्ती रहेको बताएका छन्। 

कैलारी गाउँपालिका-५ का स्थानीय लाजुराम थारुले हुलाकी सडकको डिपिआर निर्माण गर्नुअघि नै हाल जनावरका लागि पुल बनाइने भनिएको स्थानमा बस्ती रहेको बताए। उनले बस्ती भएको क्षेत्रमा जंगली जनावरका लागि मार्ग बनाउँदा मानव र जनावरबीच द्वन्द्व बढ्ने बताए।

‘हामीलाई यस क्षेत्रमा जनावर हिँड्ने मार्ग निर्माण हुँदैछ भन्ने बारेमा बल्ल जानकारी हुँदैछ,’ उनले भने, ‘मानव बस्ती भएको स्थानमा जनावर आउँदैनन्, जंगल भएको क्षेत्रमा पुल निर्माण हुनुपर्छ।’ 

डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले बस्ती भएको क्षेत्रमा निर्माण गर्ने भनिएको पुलको औचित्य नभएको बताए। पवेराको केही पर घनाजंगल छ,’ डिभिजन प्रमुख कँडेलले भने, ‘पुल निर्माण सो क्षेत्रमा आवश्यक देखिन्छ, बस्तीमा जनावर आउने कुरै हुँदैन।’ उनले बस्ती भएको क्षेत्रमा जनावरका लागि आकासे तथा भूमिगत पुल निर्माण गर्दा जनावर र मानवबीच द्वन्द्व बढ्ने बताए। 

हुलाकी सडक कार्यालय धनगढीका इन्जिनियर पदमबहादुर मडैले सडकको डिपिआर फाइनल भएपछि मात्रै सो क्षेत्रमा मानव बस्ती स्थापित भएको बताए। तर, पुलको डिपिआर भने परिवर्तन नहुने उनले जनाए।

‘पवेराको बसन्तासँगै जोडिएको स्थानमा जंगली जनावरका लागि पुलको डिपिआर तयार पर्दा बस्ती थिएन,’ उनले भने, ‘अहिले घर निर्माण भएका छन्, अब डिपिआर परिवर्तन हुँदैन।’ 

पवेरामा सडकसँगै जोडिएर गएको वन क्षेत्र थोरै छ। तर, बस्ती बढ्ने क्रम तीव्र भइरहेको छ। हाल पुल बन्ने भनिएको स्थानमा यसअघि वनले सडक निर्माण गर्ने अनुमति दिएको थिएन। बसन्ता जैविकमार्गमा पर्ने रुखको विवरण संकलन गर्न फागुन दोस्रोे साता संघीय वन मन्त्रालयले डिभिजन वन कार्यालय धनगढीलाई अनुमति पत्र पठाएको थियो। 

डिभिजन वन कार्यालय प्रमुख कँडेलले सडक निर्माणका लागि हुलाकी सडकलाई यसअघि नै भोगाधिकार भने प्राप्त भइसकेको बताए। रुख कटानीका लागि पुस ११ मा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले वन मन्त्रालयलाई फाइल हस्तान्तरण गरेको थियो। उक्त फाइल मन्त्रिपरिषदबाट माघ अन्तिम साता स्वीकृत भए पनि डिभिजन वन कार्यालय धनगढीलाई फागुन ११ मा मात्रै पुगेको हो। 

हुलाकी सडक डिभिजन कार्यालय धनगढीका अनुसार अवरुद्ध बसन्ता जैविकमार्गमा १ सय २१ रुख कटान गर्नुपर्ने छ। उक्त क्षेत्रमा वन्यजन्तु ओहोरदोहोर गर्न आकासे पुल तथा भूमिगत मार्ग निर्माण गरिनुपर्ने भएकाले छुट्टै ठेक्का आह्वान गरिने हुलाकी सडक कार्यालयका इन्जिनियर पदमबहादुर मडैले बताए।

१८ किलोमिटर लामो उक्त सडक निर्माणका लागि टुडिपुडा-चन्द्रा-बसन्ता जेभीले ३१ करोड ५७ लाख रुपैयाँमा ठेक्का पाएको छ। दुई किलोमिटर अवरुद्ध बसन्ता करिडोरबाहेक सडक क्षेत्रको प्रगति हालसम्म ५५ प्रतिशत पूरा भइसकेको इन्जिनियर मडैले बताए।
 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
परमादेश जारी गर्ने सर्वोच्चको फैसला दुषित थियो : केपी ओली

अदालतलाई तमासाको थलो नबनाएर जनताको विश्वासको थलो बनाउनुपर्नेमा उनले जोड दिए। परमादेश जारी गर्ने सर्वोच्चको फैसला दुषित रहेको अहिले प्रमाणित

ओलीको प्रश्न : परमादेश त पाँचैजनाले गर्नुभएको थियो, किन एकजनाको…

‘परमादेश त पाँचै न्यायाधीशले जारी गर्नुभएको हो नि’, ओलीले भने, ‘तर, एकजनाको मात्रै किन राजीनामा माग्नुहुन्छ श्रीमान्?’ अदालतलाई मर्यादित, निर्विवाद,

प्रधानन्यायाधीश जबराले न्यायाधीशहरुलाई भने : सडकबाट कसैले राजीनामा माग्दैमा दिन्नँ

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिने प्रष्ट पारेका छन्। १५ जना न्यायाधीशसँगको छलफलमा उनले सडकबाट कसैले राजीनामा माग्दैमा आफूले राजीनामा

धामी बनेर श्रीमती र छोरीको हत्या

इलाममा एक पुरुषले श्रीमती र छोरीको हत्या गरेका छन्। देउमाई नगरपालिका-५ का कमल भनिने ३४ वर्षीय पूर्णचन्द्र तामाङले ३५ वर्षीया