लिट्मस केबलको ‘ब्रान्ड एम्बेसडर’ मा नायक हमाल दम्पती


आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि

Amrit Dahal
अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन

हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको

Gajendra Bohara
सर्वोच्चलाई स्यानिटाइज गरौं

लिखित कानूनले तत्काल अथ्र्याउन नसकेका र न्यायालय स्वयम् परिवन्दमा परेका


काठमाडौं-

लिट्मस केबल ब्रान्डबाट विभिन्न किसिमका तार र केबल उत्पादन गर्दै आएको लुम्बिनी विद्युत उद्योग प्रालिले आफ्ना उत्पादन प्रवर्द्धन र विस्तार गर्न चलचित्र नायक राजेश हमाल र उनकी श्रीमती मधु हमाल भट्टराईलाई ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गरेको छ।

कम्पनीका अनुसार हमाल दम्पतीलाई आगामी दुई वर्षका लागि ब्रान्ड एम्बेसडर नियुक्त गरिएको हो। यस नियुक्तसँगै कम्पनीले प्रवर्द्धन गर्ने विभिन्न समारोह, विज्ञापन, समाजिक उत्तरदायित्वका कार्यक्रममा हमाल दम्पतीको उपस्थिति हुनेछ।

सन् १९७७ मा स्थापित लुम्बिनी विद्युत उद्योग नेपालको पहिलो ‘एलुमिनियम कन्डक्टर स्टिल रिइन्फोस्र्ड’ (एसिएसआर) कन्डक्टर निर्माण कम्पनी हो। कम्पनीले हालै नयाँ संरचना विकास गरी विभिन्न उत्पादन बिक्री गर्दै आइरहेको छ। चार दशकदेखि विभिन्न प्रकारका तार र केबल उत्पादन गर्दै आएको कम्पनीले हालै जर्मन प्रविधियुक्त नयाँ एड्भान्स मेसिनबाट उत्पादन गर्दै आएको छ।

‘कम्पनीले निरन्तर गुणस्तरीय उत्पादनमा केन्दित भई गुणस्तरमा पहिलो रहनका लागि जर्मन प्रविधियुक्त मेसिन प्रयोग गर्दै आइरहेको छ,’ कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक रोहित गुप्ताले भने, ‘नेपालको सबैभन्दा ठूलो केबल निर्माता कम्पनी बन्न सफल भएकोमा गौरवान्वित छौं।’

ब्रान्ड एम्बेसडर नियुक्त नायक हमालले गुणस्तरमा सम्झौता नगर्ने तथा बजारमा विश्वास जित्न सफल कम्पनी भएकाले लुम्बिनी विद्युत उद्योगसँग जोडिँदा खुसी लागेको बताए।

‘ब्रान्ड एम्बेसडरमा नियुक्त हुनु अगाडि हामीले कम्पनीका विभिन्न उत्पादन युनिटहरू अबलोकन एवं जानकारी लियौं। वास्तवमै यस्तो एड्भान्स जर्मन प्रविधि प्रयोग गरी यति ठूलो क्षेत्रफलमा विद्युत केबल उत्पादन गर्ने सम्भवतः यो नै पहिलो नेपाली कम्पनी हो भनेर हामी विश्वस्त भयौं,’ हमालले भने।

लुम्बिनी विद्युत उद्योग नेपालका ठूला निजी औद्योगिक एवं व्यापारिक समूहमध्ये एक रमेश कर्पको भगिनी संस्था हो। कम्पनी बुटवल औद्योगिक क्षेत्रमा छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोरोना पुष्टि भएपछि भीम आचार्यलाई होटलबाट अस्पताल लगियो

एमालेको १० औं महाधिवेशनमा सहभागी भएका आचार्यलाई कोरोना संक्रम पुष्टि भएपछि अस्पताल भर्ना गरिएको हो।

ओलीलाई नभेटी रावल पुगे बन्दसत्रस्थल

चितवन – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई नभेटी उपाध्यक्ष भीम रावल बन्दसत्रस्थल पुगेका छन्। एमालेको नयाँ नेतृत्व र केन्द्रीय

सुन कछुवासहित ४ जना पक्राउ

काठमाडाैं – काठमाडौ‌बाट सुन कछुवासहित चारजना पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका–१३ सोल्टी दोबाटोबाट १ थान पहेंलो सुन कछुवा र नगद

माओवादी पालिका अधिवेशन : खोटाङका १० वटै स्थानीय तहमा सर्वसम्मत…

काठमाडाैं – नेकपा (माओवादी केन्द्र) खोटाङले दशै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ। दुई नगरपालिका र आठ गाउँपालिका रहेको