‘वेपत्ता भएका संक्रमित’ले भक्त्तपुरमा संक्रमण फैलाए


आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि

Amrit Dahal
अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन

हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको


भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २ का सदस्य सुवास कार्कीले सामाजिक सञ्जाल फेसबुकमा सूर्यबिनायक नगरपालिका वड़ा नम्बर २ बालकोटमा कोरोना संक्रमण तीब्र गतिमा फैलिरहेको बताए।

कोरोना संक्रमित व्यक्तिहरूको नाम र नम्बर जनस्वास्थ्य कार्यालयबाट नगरपालिकालाई प्राप्त भए बमोजिम सम्पर्क गर्दा संक्रमित व्यक्तिहरूले फोन नउठाउने, मोबाइल स्वीच अफ गर्ने र कोरोनाको कुरा गर्ने बित्तिकै फोन काटने गरेको उनले फेसबुकमा दुखेसो पोखेका छन्।

दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्नुको कारण अहिलेसम्म होम आइसोलेसन व्यवस्थित तरिकाले नबस्नु, विश्व स्वास्थ्य संगठनको मापदण्ड पालना नगर्नु (मास्क, स्यानिटाइजर प्रयोग नगर्नु, भौतिक दुरी कायम नगर्नु), मापदण्डहरूलाई हेरचेक्राई र पालना नगर्नुलगायत रहेको उनले जनाएका छन्।

संक्रमितको वेवास्ताले दिनानुदिन अवस्था झन भयावह बनिरहेको उनको आरोप छ। कोरोना पोजेटिभ भएता पनि बाहिर स्वास्थ्य संस्था वा सम्बन्धित नगरपालिका वा वडाको सम्पर्कमा नआउनु अहिले नयाँ चुनौतीको रुपमा देखिएको त्यससँग सम्वन्धित सरोकारावालाहरू बताउँछन्।

भक्तपुर जिल्लामा पनि अहिले संक्रमित संख्या बढ्दो अवस्थामा रहेको सूर्यविनायक नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बसन्त चापागाई बताउँछन्। 

'पहिला दिनमा ६–७ जना, २०–२५ जनामा कोरोना पुष्टि हुन्थ्यो। फोन गरेर कोरोना संक्रमितहरूलाई भेटाउन गरेका थियौं। अहिले दिनकै ५०–६० जना संक्रमित भएका छन्, फोन गर्न नस्कने अवस्था भइसकेको छ, कतिलाई फोन गर्ने?', उनले भने।

अहिले त कोरोना पोजिटिभ आएका व्यक्तिहरू हामी पोजेटिभ छौं भनेर पनि सम्पर्कमा नआउने गरेको उनको गुनासो छ। सर्वसाधारणले आफूले बुझेर कदम चाल्नुपर्ने अवस्था भए पनि सर्वसाधारणले लापरबाही गरिरहेको उनले बताए। 

पहिले नगरपालिकाले मात्रै व्यवस्थापन गर्न सक्ने अवस्था भए पनि अहिले सर्वसाधारण र स्थानीय सरकार मिलेर यसको व्यवस्थापन गर्नुपर्ने उनले बताए। 

'म मात्रै होइन मेरो कारणले मेरो परिवार र पुरै टोल नै संक्रमित हुन सक्छ भनेर संक्रमित व्यक्ति आफै जिम्मेवार भन्नुपर्यो। लापरबाहीले कसैलाई फाइँदा पुगाउँदैन। झन जोखिम बढ्छ', उनले भने।

च्याम्हासिंह भक्तपुर जनस्वास्थ्य सेवा केन्द्रका इन्चार्ज रत्नसुन्दर लासिवा भक्तपुर नगरपालिकामा पनि सुरुमा सम्पर्कमा आएका र पछि फोन गर्दा सम्पर्कबिहीन हुनेको संख्या बढ्दो रहेको बताउँछन्।  यसरी सम्पर्कबिहिन हुनेहरु अधिकांश डेरामा बस्ने व्यक्तिहरू भएको उनले बताए।

यसले गर्दा संक्रमणको जोखिम बढ्ने उनको भनाइ छ। सम्पर्कबिहिन हुनुको कारण समाजबाट हेर्न दृष्टिकोण, घर वा टोल सिल गर्ने डर, अस्पताल पुर्याउछ भन्ने डर रहेको बुझिएको उनले बताए।

मध्यपुर थिमी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भगीरत अधिकारीले सरकारले कुरा गरेको र प्रभावकारी काम नगरेकाले संक्रमितले संक्रमण लुकाउने गरेको बताए। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
फाइल तस्बिर।
महाधिवेशनपछि देउवा निवर्तमान सभापति : मीनेन्द्र रिजाल

नेपाली कांग्रेसका नेता एवं रक्षामन्त्री मीनेन्द्र रिजालले १४ औं महाधिवेशनपछि शेरबहादुर देउवा निवर्तमान सभापति बन्ने बताएका छन्। वर्तमान कार्यसमितिको अन्तिम

मीन विश्वकर्माद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले आसन्न महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर सहमहामन्त्री

कांग्रेसका ब्यानरले ढपक्कै ढाक्यो भृकुटीमण्डप (तस्बिरसहित)

नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबार उद्घाटन हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजे महाधिवेशन उद्घाटन हुन लागेको हो। उद्घाटनका लागि

कांग्रेस महाधिवेशन : शेखरले मागे पौडेलको साथ

नेपाली कांग्रेसको संस्थापइतरबाट सभापतिका आकांक्षी शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सहयोग मागेका छन्। बिहीबार पौडेल निवास पुगेर कोइरालाले उनीसँग