संविधान दिवस

देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी खुसी हुन्छन्?


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


दुई वटा संविधानसभापछि ६ वर्षअघि मुलुकले मुलक कानुनका रुपमा नयाँ संविधान पायो। त्यो दिन सम्झँदा निश्चय नै आफूलाई सौभाग्यशाली ठान्छु। त्यो कर्तव्य पूरा गरेर रिटायर भएको थिएँ।

२०१७ सालको घटनापछि नै हामी प्रत्यक्ष रुपमा लोकतन्त्रवादी भइसकेका थियौं। अहिले क्यामराले खिचेर भोलि झलक देखाएजस्तै २००७ सालको क्रान्तिका बारेमा सुनेको थिएँ। जनकपुरमा गोली चल्यो भनियो। स्टेशनमा भैँसी गोठालालाई गोली लाग्यो भनेर सुनेँ। २००७ सालदेखि २०१५ सालमा साढे १५ वर्षको भइसकेको थिएँ। चुनावमा आफैं झण्डा लिएर दौडेको थिएँ।

२०१७ सालको घटनामा साढे १७ वर्षको भइसकेको थिएँ। आठ कक्षामा पढ्थेँ। मेरो शिक्षा ढिला गरेर सुरू भएको थियो। १७ सालदेखि ३६ सालको जनमतसंग्रह, ४६ सालको परिवर्तन र ६२/६३ को परिवर्तन। त्यो बीचका घटनाहरू। सारा कुराहरू स्मरण गर्दा राष्ट्रले कति भोग्यो। नेपाली जनताले कति भोगे। लोकतन्त्रको लडाइँमा कति सहिद भए। कतिले आफ्नो ज्यान गुमाए। धनसम्पत्ति राज्यले खोस्यो।

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको थिएँ। आज दुई वटा संविधानसभाबाट, त्यसमा पनि आफैं सक्रिय भएर समन्वय गर्दै संविधान जारी भयो। जनताको नासो जनताको हातमा दिने सौभाग्य पाएँ मैले। त्यो पल भावुकतावश आँखाबाट आँशु झर्‍यो।

लोकतन्त्रको उच्चतम अभ्यासबाट संविधान आएको थियो। तर मलाई पनि केही असन्तुष्टि थियो। सन्तुष्ट त कहिल्यै हुँदैन मानिस। योभन्दा धेरै उम्दा संविधान आओस् भन्ने मेरो चाहना थियो। संविधानका प्रत्येक धारा पास गर्ने कुरा थियो। नियमावलीहरूलाई ‘सर्ट’ गर्ने जुन भूकम्प र अरू कारणले चाँडै घोषणा गर्नुपर्छ भनिएको थियो, त्यसमा अलि मेरो चित्त बुझेको थिएन। संविधानसभाको प्रक्रिया पूरा गरेरै संविधान ल्याउनुपर्छ मेरो भनाइ थियो। यो लोकतन्त्रमा सबैभन्दा सर्वोत्तम विधि मानिन्छ।

जनताबाट समावेशी, समानुपातिक ६०१ जनाको जम्बो सभा थियोे। त्यो सभाबाट यस्तो संविधान आओस्, जसलाई लिएर युगौंसम्म राष्ट्र अगाडि बढोस् भन्ने मेरो चाहना थियो। यता असन्तुष्टि हुँदाहुँदै फेरि मधेशमा गोली चलिरहेको थियो। यो सारा कुरा स्मरण भइरहेको थियो। यो समस्या पनि समाधान गरेर लगियो भने राष्ट्र सफल हुन्छ भन्ने मेरो चाहना थियो। देशमा सबैको ‘ओनरसिप’ हुन्छ। सम्पूर्ण देशमा दीपावली मनाइन्छ। यी सारा कुराको स्मरण भइरहेको थियो।

जनताका प्रतिनिधिले संविधानसभाबाट संविधान बनाइरहेका छन्, त्यो संविधान देशले पाइरहेको छ जनताको हातमा दिने कर्तव्य पूरा गरिरहेको छु आज। र, अब त्यहाँबाट विदा हुन्छु भन्ने कुरा स्मरण भइरहेको थियो।

असन्तुष्टि के थियो भने मधेशमा गोली चलिरहेको थियो। तिनीहरूलाई पनि समेटेर लगेको भए राष्ट्र पनि सफल हुन्थ्यो, त्योसँगै म पनि सफल हुन्थेँ। यो सारा कुरा सम्झेर लोकतन्त्रको मन्दिरबाट जनताको प्रसाद दिइरहेको थिएँ। त्यसले गर्दा पनि म अलि भावुक भएँ। र, त्यो संविधानलाई ढोगेँ।

संसारमा जहाँ हेर्नुहुन्छ, तुरून्तै सबै कुरा पाइँदैन। तर, जनताले के पाइरहेका छन्, के पाइरहेका छैनन्, त्यो हेर्नु जरूरी हुन्छ। जनता त सर्वोपरी हुन्छन्। जनताको स्वतन्त्रता, जिउधन, सम्पत्ति, लोकतान्त्रिक अधिकार, यसैका लागि त लडाइँ भएको हो नि।

सबैले भन्छन् सात वर्ष। म भन्छु ९० वर्ष। २००७ सालभन्दा दुई दशक अघिदेखि नेपाली जनताले आफ्नो अधिकारको लडाइँ सुरू गरेका थिए। गंगालाल, धर्मभक्त, दशरथ चन्द, शुक्रराज शास्त्रीहरू फाँसीमा चढे। त्यसबेला बिपी कोइरालाहरूले भारतमा राणा शासनविरुद्ध आन्दोलन आह्वान गरे। कसरी पार्टीहरूको फर्मेशन भयो, कसरी बिस्तारै लोकतन्त्रको लडाइँ अगाडि बढ्यो। यो दिनमा सम्झँदा त यी सारा कुराहरू दिमागमा आउँछ।

जनताले सबै कुरा अभ्यासबाट पाउँछन्। संविधानमा उल्लेख भएका विषयमा कानुन बनाइन्छ। जस्तो तीन वटा निकायको चुनाव भयो। संघीय सदनले कानुन बनाउने, प्रदेशले कानुन बनाउने तथा समन्वय गर्ने अनि स्थानीय निकायले जति अधिकार पाएका छन्, त्यसको प्रयोग गर्ने। यो संविधानलाई अभ्यास गर्दै गयौं भने निश्चय पनि एक दिन समय आउला, जुन दिन हामी पूरा फल पाउँछौं। तर, अहिले त्यस्तो छैन।

गणतन्त्र, लोकतन्त्र, समावेशीता, समानुपातिक, धर्मनिरपेक्षता र संघीयतासहितको संविधान हामीले ल्याएका छौं। यो संविधान सभ्य समाज निर्माण गर्नका लागि हो। संसारको इतिहास हेर्दा तीन–चार सय वर्षको लोकतन्त्रको अभ्यास भइरहेको छ। बेलायतलाई जननी भनिन्छ।
यतिखेर म सम्झिरहेको छु, भारत स्वतन्त्र भएको थियो। त्यसको २० वर्षपछि नै म भारतमा गएँ पढ्नका लागि। त्यहाँ पनि लथालिङ थियो।

भारतमा पनि विकृति छैन भन्ने छैन। तर, उसले एउटा ट्र्याक समाइसकेको छ। १९७५ को संकटकालका २१ महिनाबाहेक त्यहाँ लोकतन्त्रको गाडी अगाडि बढिरहेको छ। र, आज विश्वको छैटौं अर्थतन्त्र भइसकेको छ। अधिकारकोबारे अहिले पनि त्यहाँ धेरै लडाइँ भइरहेको छ। लोकतन्त्रको यो लडाइँ निरन्तर रहन्छ। यसमा छटपटाउनु भएन। तर, ट्र्याकमा छ कि छैन, त्यो महत्वपूर्ण कुरा हो।

अमेरिकाको डेमोक्रेसी हेर्नुस् २४० वर्ष भइसक्यो त्यो संविधान आएको। तर, त्यहाँ एक राष्ट्रपति आए डोनाल्ड ट्रम्प, जसले चुनाव नै स्वीकार गरेनन्। तर, त्यहाँको लोकतन्त्रको जग यस्तो मजबुत छ जसले गर्दा त्यहाँको अदालत र निर्वाचन आयोग सबै राज्यहरूमा उनीहरू स्वतन्त्र छन्। निर्वाचन आयोग त्यहाँको अदालत, उपराष्ट्रपति, हाउस र इलेक्टेड कलेजलाई चेयर गर्ने उपराष्ट्रपति सबैले आफ्नो दायित्व निर्वाह नगरिदिएको भए आज त्यहाँ के हुन्थ्यो? त्यो चार वर्षको पिरियडमा डोनाल्ड ट्रम्पले अदालतमा २ सय २५ जना स्टेटका न्यायाधीश नियुक्त गरेका थिए। उनकै कलमबाट ९ वटा न्यायाधीश सुप्रिम कोर्टबाट नियुक्त भएका थिए। तर, सबैले आफ्नो दायित्व निर्वाह गरे र लोकतन्त्रलाई बचाए।

त्यहाँको संविधानमा लगभग ३० पटक संशोधन भइसकेको छ। भारतको संविधानले ७६ वर्षको अवधि पूरा गरिसकेको छ। १२५/१२६ पटक संशोधन भएको छ। त्यहाँको अदालत मजबुत छ। अदालतप्रति आस्था छ जनताको। लोकतन्त्र संविधानमार्फत् गइरहेको छ।

जनताले के पाए, पाएनन्, त्यो भन्न खोजिरहेको छु म। संविधान र लोकतन्त्र रहे जनताले भोलि पाउने छन्। एक दिनमा पाउँदैनन्, समय लाग्छ। यसको लगातार अभ्यास हुनुपर्‍यो नि। तर अहिले संविधानमाथि नै संकट आइपरेको छ। अहिले अलि टरेको छ। अहिले डेढ वर्षदेखि हामीले के भोग्यौं? यता महामारी छ, उता संविधानमाथि संकट छ। हामी जहिल्यै पनि भन्छौं लोकतन्त्रका तीन वटा खम्बा हुन्छ–विधायिका, कार्यपालिका र न्यायपालिका। सर्वोपरी नेपाली जनता हुन्। राज्यका अरू मेकानिज्महरू छन्। अरू निकायहरू छन्। संविधानअनुसार चल्छन् सबै निकाय।
तर, यीमध्ये दुई वटा संस्था मिलेर तेस्रो संस्थालाई वध गर्ने गरी दुई–दुई चोटि आक्रमण भयो। यो सही हो कि होइन?

विद्वानहरूले लेख्छन्, म पढिरहन्छु। कहीँ नभएको जात्रा कुनचाहिँ गाउँमा भनिन्छ नि, किन भन्ने गाउँको नाउँ? दुई–दुई वटा संविधानसभाबाट आएको लोकतान्त्रिक संविधान एक दिनको उपलब्धि होइन। सात–आठ दशकको उपलब्धि होे। निरन्तर बलिदानको उपज हो यो। त्यत्रो बलिदानको उपलब्धिमाथि बलात् आक्रमण गर्ने? त्यो पनि कार्यकारीबाट। हाउसको लिडर हुन्छ प्रधानमन्त्री। देशको लिडर हुन्छ। संविधान कसरी मजबुत हुन्छ, जति पनि संवैधानिक निकायहरू छन्, सेना, पुलिस, ब्युरोक्रेसी सारा कसरी आफ्नो सिस्टमअनुसार चलोस् भनेर उसको त्यो कर्तव्य हुन्छ। त्यो कर्तव्य निर्वाह नगरेर संविधानमा नदिइएको अधिकार प्रयोग गरेर दुई–दुई चोटि बलात् आक्रमण गर्छ। राष्ट्रपतिले त्यसमा साथ दिन्छन्, केही नबुझेर। यति त सोध्नुपर्ने थियो नि–तपाईंले किन यसलाई भंग गरिरहनुभएको छ? तपाईं आफ्नो पार्टीको बेथितिले संस्थालाई किन भंग गरिरहनुभएको छ? संविधानअनुसार त भएन भनेर एकचोटी सोध्नु त पर्ने थियो। हातैहात सही गर्नुहुन्छ।

अर्कोचोटि, फैसलाको पूर्णपाठ पनि आएको छैन। अदालतको फैसला जनताले हेर्न पनि पाएका छैनन्। तर बीचमा फेरि भंग हुन्छ। राष्ट्रपतिले एकचोटि सोध्नुहुन्न। एउटा प्रधानमन्त्री छँदैछ, विश्वासको मत पनि लिएको छैन। राजीनामा गर्नुभएको छैन। फेरि भन्नु हुन्छ अर्को प्रधानमन्त्री बनाउन। यति त सोधिदिनुपर्ने थियो नि राष्ट्रपतिले। त्यो पनि सोध्नु भएन।

अदालतले सारा व्याख्या गरेको छ। म सबै पढिरहन्छु। ‘सेपेरेनसन अफ पावर’ अनुसार यो तीन वटा संस्थामध्ये न्यायपालिकाले धर्मनिर्वाह गर्‍यो। सम्माननीय सर्वोच्च अदालतलाई हामीले धन्यवाद दिनुपर्छ। अदालतले संविधानअनुसार पाएको अधिकारको कर्तव्य पालना गर्‍यो। जो प्राइमनिस्टरले गरेनन्। राष्ट्राध्यक्ष त गार्ड हुन्छ नि। संविधानमा लेखेको छ उहाँ संरक्षक हुनुहुन्छ। दुई वटा संस्था मिलेर तेस्रो संस्थालाई बध गर्ने? हत्या गर्ने?

यदि अदालतले आफ्नो धर्म र कर्म निर्वाह नगरेको भए आज डिरेल हुन्थ्यो। अहिले हेर्नुस् अध्यादेशबाट बजेट ल्याइयो। संसद अधिवेशन बोलाइने ६ महिनाको पिरियडमा नभइ नहुने अवस्था आइदिँदामात्रै अध्यादेश ल्याउने परिकल्पना संविधानले गरेको छ। लोकतन्त्रमा अध्यादेशको अभ्यास हुँदैन। पटक–पटक अध्यादेश ल्याउँदा डेमोक्रेसी सकिन्छ। बुझ्नुस् संविधानलाई नष्ट गर्छ।

२०१७ सालको नेपाल अब रहेन्। अहिलेको नेपाली सारा संसारमा छरिइसकेका छन्। २००७ , २०४६ सालको आन्दोलन देशमा भयो २०६२÷६३ को आन्दोलन न्युयोर्क, टोकियो, दिल्लीमा भयो। म नै दिल्ली भागेर गएको थिएँ १० हजारको सभा जनतरमन्तरमा गरेँ। म एक्लै थिइनँ। अरू साथीहरू पनि हुनुहुन्थ्यो। मुम्बइ, कोलकाता, पुना, बंगलोर, पटना, लखनऊ सारा ठाउँमा आन्दोलन भयो। वाचडग हो नेपाली जनता।

संविधानमाथि जहाँ आक्रमण हुन्छ, डेढ वर्षदेखि त यही नाटक हेर्‍यौं। अब १५ महिना अरू कति नाटक हेर्नुछ। अहिले नौटंकी हेरिरहेका छौं सदनमा। जननी मानिने बेलायतको हाउसमा कहिल्यै यस्तो हेर्नुभएको छ? मैले देखेको छैन। अमेरिकामा डोनाल्ड ट्रम्पको बेला हाउसमाथि नै आक्रमणभयो।

यो संविधानलाई अभ्यास गर्दै बहुतै बुद्धिमतापूर्ण यही पार्टीहरूलाई भनौं। कांग्रेस, एमाले, माओवादीलगायतका पार्टीहरू नै अगुवा थिए। संविधान दिवसको दिनमा याद गर्नुपर्छ। कमसेकम सात र एक पार्टी मिलेर नै परिवर्तन भयो। सबैको योगदान छ यसमा। लोकतन्त्रको सबैभन्दा अगुवा पार्टी नेपाली कांग्रेसलगायतका पार्टी, नेपाली जनताको आर्शिवादले जुन हामीले संविधान ल्यायौं, यो ‘हार्ड अर्न’ हो। परिश्रमले कमाएको उपज हो, नेपाली जनताको। त्यसलाई लागू गर्नु पर्‍यो नि। मैले भने नि हाउसमा जुन नौटंकी भइरहेको छ त्यसकारण प्रतिस्थापन विधेयक पनि पास भइरहेको छैन।

एक सप्ताहदेखि मल्लयुद्ध देख्यौं, त्यहाँ यो कुस्ती खेल्ने ठाउँ होइन नि। लोकतन्त्रको जुन मन्दिर छ त्यहाँ कसरी समन्वय गर्ने, कसरी सौहाद्रता कायम गर्ने, अनुशासनमा जे पनि भन्न पाइन्छ। कानुन लाग्दैन। अदालतले पनि हेर्दैन। त्यहाँ गैरसंसदीय आवाज आएको छ भने अर्को सांसदले भन्छ यो गैरसंसदीय हो यसरी बोल्न पाइँदैन। हाउसको चेयरबाट रूलिङ आउँछ यसलाई हटाइदिनुस्, यसलाई राख्नुस्। बोल्नलाई त्यहाँ फ्रिडम छ। तर, कुस्ती खेल्न त फ्रिडम छैन नि। यो सब हेर्दा आजको दिनमा हेर्दा घोच्छ, हृदय रून्छ। संविधान आउँदा नेपाली जनताले उल्लास मनाए। लामो संघर्ष गरेर संविधान आयो।

अहिलेको नेतृत्वहरूको हेर्नुस् स्किल। लोकतन्त्रको अभ्यास त्यो मन्दिरमामात्रै हुने होइन नि। वडाबाट अभ्यास हुने हो। आज के स्थिति छ पार्टीहरूको? धेरै अगाडि त म जान्न। तर, कोही सचिवालय खडा गर्छ सात जनाको, त्यहीँबाट शासन चल्छ। सब पार्टी मिल्छन्, जे भन्छन् त्यही हुन्छ। तर, पोलिटिकल पार्टीहरूको आफ्नो सिस्टम छ लोकतन्त्रको। विधिबाट जबसम्म आउँदैन, महासमितिले एउटा पास गर्छ, केन्द्रीय समितिले त्यसलाई काट्छ। हाउसले बनाएको कानुन मन्त्रिमण्डलले काट्न सक्छ? कहाँ इन्डिकेट गरिरहेको छु बुझिरहनुभएको छ नि?
कांग्रेसको महासमितिबाट के भनेका थिए सभापतिहरूले? पार्टीको सभापति र वरिष्ठ नेताले हात उठाएर के स्वीकार गर्नुभएको थियो? तर सेन्ट्रल कमिटीले त्यसलाई अस्वीकार गरिदियो। यो विधि हो र? कांग्रेसको विधानमा एउटा कुरा छ। विधानअनुसार नै भएको छ भने कांग्रेस क्रियाशील सदस्यतामा किन रडाको मच्चिइरहेको छ? पदाधिकारी र पूर्वपदाधिकारी बसेर फरमान जारी गरिरहेका छन्। यो कुराहरू भइरहँदा लोकतन्त्र कसरी मजबुत हुन्छ? पोलिटकल पार्टीको सिस्टमबाट लोकतन्त्र मजबुत हुनुपर्‍यो।

लेफ्ट र र्‍याडिकल पार्टीहरूलाई लोकतन्त्र बुझ्नै समय लाग्छ। जिन्दगीभर लागेर हामी बल्ल बुझ्दैछौं लोकतन्त्रका सारा कुराहरू। एक दिनमा बुझिँदैन।

देशको अवस्था हेरेर म आफैं खुसी छैन। जनता कसरी खुसी हुन्छन्। जनताले भ्याक्सिन पाइरहेका छैनन्, तपाई भन्नुहुन्छ भोट हाल्। अर्थतन्त्र चौपट छ। ५० औं लाख मान्छे विदेशमा छन्। कोभिडको बेला गरिबलाई च्यारिटेबल संस्थाहरूले रोडमा खाना खुवाइरहेका छन्। यस्तो अवस्थामा राज्यले केही गर्न सकिरहेको छैन। त्यस्तो अवस्थामा मन दुख्छ नि। एकातिर खुसी अर्कोतिर दुःख छ। खुसी यस अर्थमा कि संविधान ट्र्याकमा गइरहेको छ। सुधार हुँदै जान्छ।

जिन्दगीभर लोकतन्त्रका लागि लागेको मानिसले नै प्रतिगमनलाई साथ दिइरहेका छन्। उहाँहरु मैले सम्मान गर्ने नेता हुनुहुन्छ। हो कि होइन यो? किन नाम लिने? प्रतिगमनको साथी बनिरहनुभएको छ। किन यस्तो भइरहेको छ? यो आश्चर्यको कुरा होइन?

यस्तो कुराहरू हेर्दा लाग्छ कि कति विचलन भइरहेको छ। देशको सार्वभौमसत्ता, अखण्डता र सार्वभौमिकतालाई अक्षुण राख्दै यही पोलिटकल पार्टीहरूले नै लोकतन्त्रलाई संस्थागत गर्दै अगाडि लग्ने हो। यसै संस्थामा लाग्ने कार्यकर्ताहरू भोलि नेता बन्छन्, देश चलाउँछन्।

दुई वटा विशाल देशको बीचमा छौं। सन्तुलन कसरी कायम गर्ने? सौहाद्र्रता कसरी कायम गर्ने? आफ्नो बुद्धिमतापूर्ण कूटनीतिले कसरी सार्वभौमिकता बचाएर बाहिरको दुनियाँसँग सहयोग लिएर अगाडि बढ्ने।

बिपीले भन्नुभएको थियो राष्ट्र नै रहँदैन भने लोकतन्त्रको रूख कहाँ रोप्ने? त्यो रूख नढलोस् भनेर हामी सबै नेपालीले कामना गरौं।
(एक सरकारी सञ्चारमाध्यममा गरेको कुराकानीबाट सभार)


प्रतिक्रिया दिनुहोस्
थप समाचार
फेरि सर्‍यो कांग्रेस महाधिवेशन, कात्तिक २७ देखि तल्लो तहका अधिवेशन

परिवर्तित कार्यतालिकाअनुसार अब केन्द्रीय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म हुने भएको छ। यसअघि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले मंसिर ९

अबदेखि चिकित्सकको लाइसेन्स परीक्षामा सीप परीक्षण हुने, यस्तो छ कार्यविधि

काठमाडाैं – नेपाल मेडिकल काउन्सिलले चिकित्सक लाइसेन्स परीक्षामा अबदेखि लिखित परीक्षापछि प्रयोगात्मक (सीप परीक्षण) परीक्षा समेत लिने भएको छ। काउन्सिलले

न्यायालय विवादबारे पूर्वन्यायाधीश भन्छन्- दलहरुले राज्य सञ्चालनमा सुशासन कायम नगर्दाकाे…

काठमाडौं – सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीले अहिले न्यायालयमा देखिएको समस्याको समाधान आपसी समझदारीमा हल गरिनुपर्ने बताएका छन्। आफूले तत्काल

प्रतिनिधिसभाको बैठक भोलि, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – प्रतिनिधिसभाको बैठक भोलि बिहीबार बस्दै छ। संघीय संसद सचिवालयका अनुसार बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ। सचिवालयका