संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


काठमाडौं
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता शरतसिंह भण्डारीले संविधान संशोधन नहुँदासम्म आफूहरूको आन्दोलन जारी रहने बताएका छन्।

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि असोज ३ लाई कालो दिनकै रूपमा मनाउने बताएका हुन्।

संविधान जारी हुँदा मधेशमा आन्दोलनरत युवाहरूमाथि गोली चलाइएको दिन बिर्सन नसकिने उनको भनाइ थियो।

‘बन्दुकको नालमा राखेर जबर्जस्ती संविधान जारी गरियो। आन्दोलनकारीमाथि गोली बर्साएर रगत बगाइएको दिनलाई कसरी बिर्सने,’ भण्डारीले भने,‘संविधानले पूर्णता पाए पनि असोज ३ लाई हामी कालो दिनकै रूपमा मनाउने छौं।’

पहिलो संविधानसभाबाट मधेशी, आदिवासीलगायतका सीमान्तकृत समुदायको पक्षमा संविधान बन्ने भएपछि ठूला दलहरूले षडयन्त्र गरेर संविधानसभा विघटन गराएको उनको आरोप थियो।

संविधानमा रहेका राम्रा कुरालाई स्वीकार गर्दै अपुरा विषयलाई संबोधन गर्न आफूहरूले भनिरहेको भण्डारीले बताए। लोसपा नेता अनिलकुमार झाले संविधानका असन्तुष्टि सम्बोधन नभएसम्म लडाईं जारी रहने उल्लेख गरे।

पूर्वराजदूत विजयकान्त कर्णले एमाले अध्यक्ष केपी शर्मा ओलीले देशको राजनीतिलाई तहसनहस पारेको आरोप लगाए। सत्ताको राजनीतिका कारण संविधान संशोधन हुन नसकेको उनको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कैलाली प्रहरी हत्या घटना : नौजनालाई जन्मकैदको फैसला, गुप्तालाई सफाइ

धनगढी उपमहानगरपालिकाको दक्षिणी सीमा क्षेत्रको जुगेडा गाउँमा रहेको प्रहरी पोष्टका दुई प्रहरीको हत्या घटनामा संलग्न हुने नौजनालाई जन्मकैदको फैसला सुनाइएको

फोक्सुण्डो ताल घुम्न जाने क्रममा खोलामा खसेर युवती बेपत्ता

हिमाली जिल्ला डोल्पामा पर्ने फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता भएकी छन्।

प्रधानन्यायाधीश प्रकरणमा सरकार र कांग्रेस केही बोल्दैन : प्रधानमन्त्री देउवा

'यो अदालतभित्रको कुरा हो, उसैले यसको समाधान निकाल्न सक्छ।', देउवाले भने। उनले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीबाट भर्खरै राजीनामा दिएका गजेन्द्र

नेपालमा सेवा विस्तार गर्ने उद्देश्यले सोनीलिभ र टेलिनेटबीच साझेदारी

सोनी पिक्चर्स नेटवर्क्स इण्डियाको ओटिटी प्लेटफर्म, सोनीलिभले टेलिनेट प्रालिसँग मिलेर आफ्नो सेवा नेपालमा विस्तार गरेको छ। यो ओटिटी प्लेटफर्म आइओएस,