‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


काठमाडौं–दाङ प्रहरीले ‘हनिट्रयाप’ मार्फत पुरुषहरूसँग ५० लाख माग्ने तीन महिलालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरुलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान खोज्दा हातपात गरेको भन्दै उनीहरुले जबर्जस्ती करणीको मुद्दा हाल्छु भनेर धम्काएका थिए। त्यसपछि पैसा दिएपछि मात्रै मिल्ने भन्दै पुरुषलाई हनिट्रयाप पार्न खोजेको प्रहरीले जनाएको छ।

५० लाख रुपैयाँ नदिए जबर्जस्ती करणीको मुद्दा हाल्ने धम्की महिलाहरुले दिने गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एवं एसपी सुरेन्द्रप्रसाद काफ्लेले बताए।

उनका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ की ३२ वर्षीया सीतादेवी थापा, सोही ठाउँकी ३५ वर्षीया खुमा वली र ३२ वर्षीया सुष्मा परियार छन्।

पक्राउ परेकामध्ये थापा र वलीले पुरुषलाई फोन गरी मेरो घरायसी विषयको मुद्दा छ, तपाई कानुन जानेको मान्छे भनि घोराही–१५ मा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएका थिए। ‘रेष्टुरेन्टमा आएपछि बियर, मासु खाएछन्। ती पुरुषलाई तथानाम गाली–गलाेज गर्दै महिलाको इज्जतमाथि हात हाल्ने भन्दै जबर्जस्ती करणीको मुद्दा हाल्ने धम्की दिएर निस्किए।

त्यसपछि फोन गरी घोराहीमा रहेको सागर एण्ड सुनिल रेष्टुरेण्ट तथा लजमा बोलाई छिटो कुरा मिलाउनु पर्‍यो नत्र प्रहरीमा उजुरी हाल्छौ भनी डर त्रास देखाएको अनुसन्धानबाट खुलेको छ। काफ्लेले भने, ’५० लाख रुपैयाँ मागेका थिए, अन्त्यमा एक लाख रुपैयाँ नगद र १७ लाख रुपैयाँको सिभिल बैंकको चेकमा जबर्जस्ती दस्तखत गराएर लिएका थिए।’

पक्राउ परेका महिलाहरूमाथि थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कर्णालीका तीन मन्त्रीले राजीनामा दिँदै, मुख्यमन्त्रीमा कांग्रेस र माओवादीको दाबी

गैरसांसद रहेका उनीहरू ६ महिनामात्र मन्त्री हुन पाउने संवैधानिक व्यवस्था भएका कारण पदमुक्त हुन लागेका हुन्। कानुनी व्यवस्थाअनुसार आफूहरू १३

चीनबाट आइपुग्यो १० लाख २० हजार डोज भेरोसेल खोप

चीनबाट थप १० लाख २० हजार डोज कोभिड-१९ विरुद्धको भेरोसेल खोप नेपाल आइपुगेको छ। सरकारले कोभ्याक्ससँगको 'कस्ट सेयरिङ' योजना अन्तर्गत

प्रधानन्यायाधीश जबराले तोके इजलास

राजीनामा दिन माग भइरहेका बेला प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले बुधबार पेसी तोकेका छन्। राणाले संवैधानिक इजलाससहित ११ वटा इजलास तोकेका हुन्।

ताप्लेजुङ कोरोनामुक्त

ताप्लेजुङमा कोरोना भाइरस संक्रमणमुक्त भएको छ। पछिल्लो पटक संक्रमित भइ होमआइसोलेसनमा बसेका पाथिभरा याङ्कवरक गाउँपालिकाका पाँचजनाको एन्टिजेन रिपोर्ट सोमबार नेगेटिभ