हस्तकलाको आवरणमा चरेस तस्करी, दिल्लीदेखि हङकङसम्मको कनेक्सन


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


काठमाडौं–लागूऔषध नियन्त्रण ब्यूरोले हस्तकलाको सामानभित्र चरेस राखेर ओसारपसार गर्ने ९ जनालाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण व्यूरोले मंगलबार पत्रकार सम्मेलन गरी कपनस्थित हस्तकलाका सामान उद्योगबाट ७ किलो ६२४ ग्राम चरेसहित पक्राउ परेकालाई सार्वजनिक गरेको हो।

कसरी पक्राउ परे?
ब्यूरोले गत भदौ २१ गते कतार एयरवेजबाट दोहा जानका लागेका म्याग्दी मंगला गाउँपालिकाका श्यामप्रसाद रोका र सोही ठाउँका वीरबहादुर रोकाको साथबाट ४ किलो ३५ ग्राम अवैध चरेस बरामद गर्‍यो। त्यसपछि यसमा गिरोह संलग्न रहेको तथ्य खोतल्न थालिए।

सोही दिन ब्यूरोले सो कारोबारमा संलग्न म्याग्दी मंगला गाउँपालिका ३ का दिलबहादुर रोका, धादिङ गंगाजमुना गाउँपालिकाका अनिलबहादुर घले, सोही ठाउँका सुनबहादुर गुरुङ, धादिङ खनियाबासका २८ वर्षीय यांकी भनिने जीतबहादुर तामाङ र सोहीगाउँका कृष्णबहादुरसमेत पक्राउ परे। यी सबै यस कारोबारमा भरिया वा सहायकमात्रै रहेको अनुसन्धान टोलीको निष्कर्ष थियो।

त्यसपछि ब्यूरोले चरेस तस्करीका मुख्य योजनाकारका बारेमा खोजतलास अघि बढायो। अनुसन्धानका क्रममा ब्यूरो टोलीले कतार पठाउन भनी चरेस दिने व्यक्ति पहिचान गरे। ब्यूरोको अनुसन्धान टोली प्राप्त सूचनाका आधारमा मुख्य नाइकेको खोजी गर्दै काठमाडौंको सामाखुसी पुग्यो। सूचना सही रहेको यकिनपश्चात टोलीले मुख्य नाइके नुवाकोट विदुर–१३ का सेसे भनिने उर्पा तामाङको सामाखुसीस्थित डेरामा खानतलासी गर्‍यो। जहाँ विभिन्न हस्तकलाका सामानमा ३ किलो ५७९ ग्राम चरेश र त्यसको पाना बनाउन प्रयोग गरिने औजार र कार्टुनसमेत बरामद गरियो।

त्यहाँबाट अनुसन्धान टोलीले मुख्य नाइकेसहति उक्त कारोबारमा संलग्न नुवाकोट बिदुर–९ का वीरबहादुर तामाङलाई भदौ ३० गते पक्राउ गर्‍यो। ब्यूरोका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले भारतीय नागरिकसमेतको संलग्नतामा उर्पा र वीरवहादुरले भारत हुँदै हङकङ, थाइल्यान्ड, टर्कीलगायतका देशमा चरेश निकासी गर्दै आएको अनुसन्धानमा खुलेको बताए।

सेसे नामबाट चर्चित रहेका उर्पा २०५४ सालमा लागुऔषध हेरोइनसहित पक्राउ परी १९ वर्ष जेल सजाय भुक्तान गरी २०७३ सालमा रिहा भएका थिए। जेलबाट छुटेपछि उनी पुनः पुरानो संयन्त्रको प्रयोग गरी लागुऔषध कारोबारमा नै संलग्न रहेको पाइएको हो।

उनले विदेश जाने व्यक्तिहरुका लागि विभिन्न तालिमसम्बन्धी नक्कली प्रमाणपत्रहरु बनाई बिक्रीसमेत गर्ने गरेको पाइएको अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेकाहरुविरुद्ध लागुऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरी म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
चीनबाट आइपुग्यो १० लाख २० हजार डोज भेरोसेल खोप

चीनबाट थप १० लाख २० हजार डोज कोभिड-१९ विरुद्धको भेरोसेल खोप नेपाल आइपुगेको छ। सरकारले कोभ्याक्ससँगको 'कस्ट सेयरिङ' योजना अन्तर्गत

प्रधानन्यायाधीश जबराले तोके इजलास

राजीनामा दिन माग भइरहेका बेला प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले बुधबार पेसी तोकेका छन्। राणाले संवैधानिक इजलाससहित ११ वटा इजलास तोकेका हुन्।

ताप्लेजुङ कोरोनामुक्त

ताप्लेजुङमा कोरोना भाइरस संक्रमणमुक्त भएको छ। पछिल्लो पटक संक्रमित भइ होमआइसोलेसनमा बसेका पाथिभरा याङ्कवरक गाउँपालिकाका पाँचजनाको एन्टिजेन रिपोर्ट सोमबार नेगेटिभ

सरकारले राजदूत फिर्ता बाेलायाे तर नियुक्तिमा अलमल

सरकारले फिर्ता बोलाउने निर्णय गरेको पनि एक महिना बितिसकेको छ। तर पनि नियुक्ति गरेको छैन। सोमबारमात्र सरकारका प्रवक्ता एवं सञ्चार