सेयर बजारमा तीव्र उतारचढाव, झिनो अंकले बढेर २७ सयमाथि उक्लियो नेप्से


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


काठमाडौं । साताको तेस्रो दिन अर्थात मंगलबार सेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से सूचक सामान्य अंकले बढेर २७ सय बिन्दुमाथि उक्लिएको छ ।

मंगलबार १३.८३ अंकले बजार बढेसँगै नेप्से सूचक पुनः २७ बिन्दुबाट माथि उक्लिएको हो । नेप्से सूचक बढेसंगै यसदिन सेन्सेटिभ इन्डेक्स पनि २.३६ अंकले बढेको छ ।

बजार खुल्ने वित्तिकै उच्च अंकको गिरावट देखिएपनि अन्तिम समयमा भने बजार सम्हालिन खोजेको देखिन्छ ।

मंगलबार सामान्य अंकले बढेर बजारमा १५१ अंकको उतारचढाव देखिएको छ । सुरुवाती आधा घण्टामा ८३ अंकले घटेर २६१५ बिन्दुसम्म झरेको बजार त्यसपछि २५ मिनेटमा १५१ अंकको सुधार भएपछि २७६६ बिन्दुसम्म पुगेको थियो ।

यद्यपी उक्त वृद्धि ५ मिनेट पनि टिक्न सकेन । त्यसपछिको अर्को १५ मिनेट भित्रै बजार २६६९ बिन्दुमा झरिसकेको थियो । सुरुवाती समयमा तीव्र उतारचढाव आएको बजार १ बजेपछि भने केही स्थिर हुँदै अन्तिममा १३ अंकले बढेर बन्द भएको छ ।

७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६५१ रुपैयाँ बराबरको १ करोड ५३ लाख ६ हजार ६१ कित्ता सेयर कारोबार भएको मंगलबारको बजारमा २२३ कम्पनीको सेयर खरिद बिक्रि भएका छन् ।

म्युचल फण्डसहित २२३ कम्पनीको सेयर कारोबार हुँदा १२२ कम्पनीको सेयर मूल्य बढेको छ । ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ भने बाँकी कम्पनीको सेयर मूल्य भने घटेको छ ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये ९ उपसमूहको सूचक सकारात्मक देखिएका छन् भने ४ उपसमूहको सूचक नकारात्मक देखिएका छन् । जसमा लगानी उपसमूह र जीवन बीमा उपसमूहको सूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ ।

मंगलबार मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ भने रु रु जलविद्युतको ५.७८ प्रतिशत, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ४.६६ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेशनको ४.२८ प्रतिशत, महुली सामुदायीक लघुवित्तको ३.९९ प्रतिशत र सोल्टी होटलको ३.७३ प्रतिशतले मूल्य बढेको छ ।

यस्तै यसदिन एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्य सबैभन्दा धेरै ३.४२ प्रतिशतले घटेको छ भने जानकी फाइनान्सको ३.२६ प्रतिशत, माउन्टेन इनर्जी २.९४ प्रतिशत र सपोर्ट माइक्रोफाइनान्सको २.९१ प्रतिशतले घटेको छ ।

मंगलबार अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा धेरै २५ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै नविल बैंककको २० करोड ५६ लाख, इन्फ्रास्ट्रक्चर बैंकको २० करोड ४६ लाख, हिमालयन डिस्टिलरीको २० करोड १९ लाख र अपि पावरको १८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
फोक्सुण्डो ताल घुम्न जाने क्रममा खोलामा खसेर युवती बेपत्ता

हिमाली जिल्ला डोल्पामा पर्ने फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता भएकी छन्।

प्रधानन्यायाधीश प्रकरणमा सरकार र कांग्रेस केही बोल्दैन : प्रधानमन्त्री देउवा

'यो अदालतभित्रको कुरा हो, उसैले यसको समाधान निकाल्न सक्छ।', देउवाले भने। उनले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीबाट भर्खरै राजीनामा दिएका गजेन्द्र

नेपालमा सेवा विस्तार गर्ने उद्देश्यले सोनीलिभ र टेलिनेटबीच साझेदारी

सोनी पिक्चर्स नेटवर्क्स इण्डियाको ओटिटी प्लेटफर्म, सोनीलिभले टेलिनेट प्रालिसँग मिलेर आफ्नो सेवा नेपालमा विस्तार गरेको छ। यो ओटिटी प्लेटफर्म आइओएस,

प्रधानन्यायाधीशको जबराको इजलासमा मुद्दाको सुनुवाइ सुरू

प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराको इजलासमा मुद्दाको सुनुवाइ सुरू भएको छ। अन्य न्यायाधीशहरूले इजलास ‘बहिष्कार’ गरिरहेका बेला प्रधानन्यायाधीश जबराले आफ्नो बेन्चमा मुद्दाको