नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक पोखरेलले दिए राजीनामा


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


काठमाडौं-

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले पदबाट राजीनमा दिएका छन्। पोखरेलले मंगलबार साँझ प्राधिकरण सञ्चालक समिति सचिवालयमा राजीनमा दर्ता गराएका हुन्।

पोखरेलले राजीनामाको बोधार्थ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई दिएका छन्। उनले मुख्य सचिव शंकरदाश वैरागी र पर्यटन सचिव यादव कोइरालालाई जानकारी गराएर राजीनामा दर्ता गराएका हुन्। शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएयता पर्यटन मन्त्री नभएका कारण पर्यटन मन्त्रालयको जिम्मेवारी पनि देउवाकै भाग छ। पर्यटन मन्त्री प्राधिकरण सञ्चालक समिति अध्यक्ष हुने प्रावधान छ।

नागरिक उड्डयन क्षेत्रको सुरक्षा तथा सम्वर्द्धनका लागि पोखरेलले नियामक र सञ्चालक छुट्टयाउनुपर्ने विषयमा लामो समयदेखि माथिल्लो निकायलाई घच्घचाउँदै आएका थिए। महानिर्देशक नियुक्त भएदेखि नै पोखरेलले तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराई र सचिव केदारबहादुर अधिकारीलाई यसमा सहमत गराएका थिए।

त्यसपछि प्राधिकरणलाई नियामक र सञ्चालक गरी दुई निकायमा विभाजन गर्नुपर्ने विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको थियो। त्यहाँबाट प्रतिनिधिसभा पुगेको उक्त विधेयक अहिले विचाराधीन छ।

प्रतिनिधिसभामा उक्त विधेयक पुगेपछि प्राधिकरणका कर्मचारीले हालै दुई सातासम्म महानिर्देशक पोखरेलको कार्यकक्षमा तालाबन्दी गरेका थिए। तर, पोखरेलले कर्मचारीलाई सहमत गराएर नियमित काम सुचारु गराएका थिए।

अन्योलबीच राजीनामा

२०७६ असार १२ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार पोखरेललाई चार वर्षका लागि प्राधिकरणको महानिर्देशक नियुक्त गरिएको थियो।

तर, नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारीहरूको सेवाका सर्त र सुविधासम्बन्धी नियमावली २०५६ मा बाह्रौं तह भन्नाले उपमहानिर्देशक, महाप्रबन्धक र प्रतिष्ठान प्रमुख हुने उल्लेख छ। बाह्रौं तहको पदमा ६ वर्ष सेवा गरिसकेका प्राधिकरणका कर्मचारीलाई प्राधिकरणको सेवाबाट अवकास दिइने उल्लेख छ। तर, महानिर्देशक बाह्रौं तहको भन्ने नियमावलीमा उल्लेख छैन।

यही प्रावधानबारे स्पष्ट पार्न प्राधिकरणले पर्यटन मन्त्रालयलाई लेखी पठाए पनि राजनीतिक उतारचढावका कारण हालसम्म कुनै निर्णय गरेको छैन। यही अन्योलबीच महानिर्देशक पोखरेलले पदबाट राजीनामा दिएको प्राधिकरण स्रोतले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
फेरि सर्‍यो कांग्रेस महाधिवेशन, कात्तिक २७ देखि तल्लो तहका अधिवेशन

परिवर्तित कार्यतालिकाअनुसार अब केन्द्रीय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म हुने भएको छ। यसअघि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले मंसिर ९

अबदेखि चिकित्सकको लाइसेन्स परीक्षामा सीप परीक्षण हुने, यस्तो छ कार्यविधि

काठमाडाैं – नेपाल मेडिकल काउन्सिलले चिकित्सक लाइसेन्स परीक्षामा अबदेखि लिखित परीक्षापछि प्रयोगात्मक (सीप परीक्षण) परीक्षा समेत लिने भएको छ। काउन्सिलले

न्यायालय विवादबारे पूर्वन्यायाधीश भन्छन्- दलहरुले राज्य सञ्चालनमा सुशासन कायम नगर्दाकाे…

काठमाडौं – सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीले अहिले न्यायालयमा देखिएको समस्याको समाधान आपसी समझदारीमा हल गरिनुपर्ने बताएका छन्। आफूले तत्काल

प्रतिनिधिसभाको बैठक भोलि, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – प्रतिनिधिसभाको बैठक भोलि बिहीबार बस्दै छ। संघीय संसद सचिवालयका अनुसार बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ। सचिवालयका