पञ्चको हातमा ‘बलात्कार’ कानुन


आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि

Amrit Dahal
अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन

हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको


गएको साता बलात्कार घटना मिलाउन ‘पञ्चायत’ बसेका आठ पञ्चलाई सिरहाको विष्णुपुरबाट प्रहरीले पक्राउ गर्‍यो। विष्णुपुर–१ मा स्थानीय २० वर्षीय मुकेशकुमार सिंहले गाउँकै १६ वर्षीया किशोरीलाई बलात्कार गरेका थिए।

घटनालाई पञ्चहरूले पञ्चायत गरेर गाउँमै मिलाइदिएका थिए। प्रहरीमा दर्ता हुनुपर्ने घटना गाउँमै मिलाइएको खबर थाहा पाएपछि प्रहरी टोली त्यहाँ पुग्यो। र, बलात्कार गरेको आरोप लगेका मुकेशसहित आठै पञ्चलाई नियन्त्रणमा लियो। घटना मिलाउन लेखिएको ५ लाखको तमसुकसमेत प्रहरीले बरामद गर्‍यो।

धनुषाको धनुषाधाम नगरपालिकामा केही दिनअघि एक किशोरी सामूहिक बलात्कारका शिकार भइन्। आठजनाको समूहले ती किशोरीलाई सामूहिक बलात्कार गरे। घटनामा संलग्न दुईलाई प्रहरीले पक्राउ गरेको छ भने अन्य फरार छन्। 

फरार अभियुक्तमध्ये एकका बाबुले पीडित परिवारलाई घटना मिलाउन १२ लाखको प्रलोभन दिइरहँदा प्रहरीले पक्राउ गर्‍यो। बलात्कारमा संलग्न छोरा श्यामसुन्दर यादवलाई बचाउन पीडित परिवारलाई १२ लाख रुपैयाँको प्रलोभन दिइरहँदा प्रहरीले सत्यनारायण यादवलाई पक्राउ गर्‍यो।

त्यसअघि बलात्कार घटना गाउँमै मिलाइएपछि सप्तरीको डाक्नेश्वरीकी एक किशोरीले आत्महत्या गरिन्। गाउँका अगुवाहरुले पीडित परिवारलाई २५ हजार रुपैयाँ दिएर घटना मिलाउन लगाएका थिए। पीडितलाई त्रास देखाएर घटना मिलाउन खोज्ने जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डललाई प्रहरीले पक्राउ गर्‍यो।

बलात्कार घटना मिलाउन पञ्चायत बसेका वा पीडितलाई डर त्रास देखाउने मानिस पक्राउ परेको प्रदेश २ को सम्भवतः यो पहिलो घटना हो। 

बलात्कारजस्ता जघन्य अपराधका घटना मिलाउनेमा जनप्रतिनिधि र गाउँसमाजका ठूलाबडाहरूको संलग्नता देखिन्छ। 

समाजमा बदनामी हुने डरले अधिकांश घटना गाउँमै मिलाएर सल्टाइन्छ भने केही घटनामात्र प्रहरीसमक्ष पुग्ने गरेका छन्। तर, घटना मिलाउने कार्यमा संलग्नलाई पनि पक्राउ गरेर कारबाही गर्न थालेपछि यसमा कमी आउने प्रहरीले विश्वास लिएको छ।

प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले बलात्कार घटना गाउँघरमै मिलाउनेलाई मतियारका रूपमा कारबाहीको दायरामा ल्याइएका यी घटना प्रदेश २ मा पहिलो रहेको बताउँछन्। बलात्कार घटना मिलाउने पञ्चहरू कारबाहीको दायरामा आएपछि आगामी दिनमा यस्ता क्रियाकलापमा कमी आउने उनको विश्वास छ।

‘यसअघि पञ्चहरू कारबाहीको दायरामा परेका थिएनन्, तर अहिले प्रहरीले त्यस्ता व्यक्तिलाई मतियारका रूपमा कारबाही सुरु गरेको छ,’ डिआइजी सिंहले आयोमेलसँग भने, ‘घटना मिलाउनेलाई बलात्कारमा संलग्नले पाउने सजायभन्दा आधा सजाय हुने प्रावधान छ। उनीहरू पनि कारबाहीको दायरामा आउन थालेपछि पीडितले न्याय पाउन समस्या हुँदैन।’

बलात्कार घटनाका अधिकांश पीडित गरिब तथा विपन्न हुने भएकाले ठूलाबडा कहलाउने गाउँघरका मानिसले दबाब र त्रास देखाएर आपसमै मिलाउने काम हुने गरेको उनले बताए।

‘पीडितहरू पनि सोझै प्रहरीमा नआएर तिनीहरू नजिक पुग्ने परिपाटी देखिन्छ, प्रहरीलाई जानकारी गराइदिने हो भने आफूलाई पञ्च कहलाउनेहरूको केही काम हुँदैन र यस्ता घटनामा पनि कमी आउँछ,’ सिंहले भने, ‘शून्य सहनशीलताका नीतिका साथ काम गरिरहेका छौं। अपराधी जोसुकै भए पनि अब उम्किन पाउँदैन।’

प्रहरीको तथ्यांक हेर्ने हो भने प्रदेश २ मा पछिल्लो तीन वर्षमा ८ सय २७ बलात्कारका घटना दर्ता भएका छन्। आर्थिक वर्ष २०७४–७५ मा १ सय ७०, २०७५–७६ मा २ सय ९६, २०७६–७७ मा २ सय ८५ र चालू आर्थिक वर्ष अहिलेसम्म ७६ मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।

प्रदेश सरकार भन्छ अधिकार पाएनौं

बलात्कार घटनाका दोषीलाई मृत्युदण्डको सजाय दिन माग उठ्न थालेको छ। केही दिनअघि जनकपुरमा युवाहरूले बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने माग राख्दै जिल्ला प्रहरी कार्यालय अगाडि नै प्रदर्शन गरे। बलात्कारीका लागि अहिले तोकिएको सजाय पर्याप्त नरहेको भन्दै जनकपुरमा मात्र होइन उनीहरूलाई मृत्युदण्डको सजाय दिन देशभर माग भइरहेको छ।

अपराधिक घटना रोक्न र नियन्त्रण गर्न प्रदेश सरकारको भूमिका शून्य प्रायः रहेको आरोप लाग्न थालेको छ। ठुल्ठूला भाषण गरिरहे पनि अपराध नियन्त्रणतर्फ प्रदेश सरकारले उल्लेखनीय कुनै काम गर्न नसकेको तरुण दल धनुषाका उपसभापति राकेशविक्रम साह बताउँछन्।

‘मिलोमतोमा बलात्कारका घटना ढाकछोप गर्नु र दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रदेश सरकारले भूमिका नखेलेपछि यस्ता घटनाहरु बढ्ने गरेको हो,’ उनले भने।

तर, प्रदेश सरकार भने प्रहरी अझै मातहतमा आउन नसक्दा अपेक्षाअनुसार शान्ति सुरक्षा कायम गर्न सफलता प्राप्त हुन नसकेको बताउँदै आइरहेको छ। 

संघीयताको मर्मअनुसार प्रदेशको बाँडफाँट भए पनि प्रदेश सरकारले अधिकार नपाउँदा अपराधीलाई कडा सजाय गर्न नसकिएको मुख्यमन्त्री लालबाबु राउत बताउँछन्। बलात्कार घटनाका दोषीले पर्याप्त सजाय नपाएको भन्दै उनले अहिले मृत्युदण्ड दिन उठिरहेको मागप्रति समर्थन जनाएका छन्।

केही दिन थुनामा बसेर बाहिर आउने भएपछि उनीहरूमा डरत्रास हराउँदै गएको राउतलाई लागेको छ। संविधान संशोधन गरेर भए पनि बलात्कार घटनाका दोषीलाई मृत्युदण्ड दिइनुपर्ने उनको भनाइ छ।

पूर्वन्यायाधीश भन्छन्– मृत्युदण्ड समाधान होइन

बलात्कारीलाई मृत्युदण्डको सजाय दिन माग उठिहरहेका बेला सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालले यस मागप्रति विमति राखेका छन्। मृत्युदण्ड दिनु भनेको अपराधीलाई उन्मुक्ति दिनुसरह हुने उनको भनाइ छ ।

‘अपराधीलाई आफूले गल्ती गरेको सजायको माध्यमबाट महसुस हुनुपर्दछ,’ लालले आयोमेलसँग भने, ‘तर, सोझै मृत्युदण्ड दिइए उसले अपराध गरेको बोध गर्ने मौका नै पाउँदैन्। अपराध गरेको बोध गराउन पनि मृत्युदण्ड दिइनु हुन्नँ भन्ने मलाई लागेको छ।’ 

‘मानव जीवन ईश्वरले दिएको हो, त्यसैले उसको जीवन अन्त्य गर्ने अधिकार अरू कसलाई हुँदैन,’ उनले भने, ‘बलात्कार घटनाका दोषीलाई सकभर कडाभन्दा कडा सजाय दिइनुपर्दछ, तर, मृत्युदण्ड होइन।’

अपराधीलाई मृत्युदण्ड दिँदा सुधार गर्ने अवसरसमेत अन्त्य हुने लाल बताउँछन्। 

‘कतिपय अवस्थामा फैसला गर्दा गल्ती भएको हुनसक्दछ,’ उनले भने, ‘मृत्युदण्ड दिइएको अवस्थामा त्रुटि भएको फैसला सुधार गर्न सकिँदैन। तर, अन्य सजायमा अदालतले पनि गल्ती सुधार गर्ने मौका पाउँछ।’

र, याे पनि

पञ्चको हातमा ‘बलात्कार’ कानुन

बलात्कारविरुद्ध कडा कानुन चाँडै बनाउँछौँ : प्रधानमन्त्री

चितवनमा बलात्कारका २४ घटना

प्रदेश १ मा तीन महिनामा १२० बलात्कारका घटना दर्ता

निर्भयापछि भारत तताएको हाथरस सामूहिक बलात्कार काण्ड

साक्षर जिल्लामै धेरै बलात्कार

तीन महिनामा कर्णालीका २४ बालिका बलात्कृत 

आफन्तबाटै बलात्कृत हुन्छन् सुदूरपश्चिमका चेली


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नुवाकोटमा स्टार अस्पतालको ५० बेडको ‘स्टार नुवाकोट’ सञ्चालनमा

ललितपुर सानेपास्थित स्टार अस्पतालले नुवाकोटमा ‘स्टार नुवाकोट अस्पताल’ सञ्चालनमा ल्याएको छ। उपत्यकाबाहिर बसोबास गर्ने नागरिकलाई पनि विशेषज्ञ सेवामा पहुँच विस्तार

फाइल तस्बिर।
महाधिवेशनपछि देउवा निवर्तमान सभापति : मीनेन्द्र रिजाल

नेपाली कांग्रेसका नेता एवं रक्षामन्त्री मीनेन्द्र रिजालले १४ औं महाधिवेशनपछि शेरबहादुर देउवा निवर्तमान सभापति बन्ने बताएका छन्। वर्तमान कार्यसमितिको अन्तिम

मीन विश्वकर्माद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले आसन्न महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर सहमहामन्त्री

कांग्रेसका ब्यानरले ढपक्कै ढाक्यो भृकुटीमण्डप (तस्बिरसहित)

नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबार उद्घाटन हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजे महाधिवेशन उद्घाटन हुन लागेको हो। उद्घाटनका लागि