वडाध्यक्षहरूबाट किन घेराबन्दीमा परे जनकपुरका मेयर?


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


जनकपुरधाम उपमहानगरपालिकाले मंगलबार तोकेको पाँचौं नगरसभा स्थगित भयो। उपमहानगरपालिकाका मेयर लालकिशोर साहले कार्यपालिका सदस्यको गणपूरक संख्या पुर्याउन नसकेपछि नगरसभा स्थगित भएको हो।

प्रतिपक्षी दल नेपाली कांग्रेस तथा नेकपाबाट निर्वाचित वडाध्यक्षका साथै आफ्नै पार्टी राष्ट्रिय जनता पार्टीबाट निर्वाचित वडाध्यक्षहरू मेयर साहविरुद्ध खनिएका छन्। नगरसभाअघि वडाध्यक्षहरू साहविरुद्ध खनिएको यो पहिलो घटना पनि होइन। यसअघि पनि उनीहरू नगर सभाअघि मेयरविरुद्ध उत्रिसकेका छन्। 

उपमहानगरपालिकाको हरहिसाब पारदर्शी नभएको र मेयर साह भ्रष्टाचारमा संलग्न रहेको भन्दै वडाध्यक्ष र सदस्यहरू विरोधमा खनिए। हरहिसाब सार्वजनिक नभएसम्म नगरसभा सञ्चालन हुन नदिने उनीहरूको अडान छ।

पछिल्ला नगरसभाहरूमा विरोधमा उत्रिएका वडाध्यक्ष र वडा सदस्यलाई फकाउन सफल भए पनि मेयर साहलाई यसपटक फलामको चिउरा चपाउनु सरह भयो।

उपमहानगरपालिकाको हरहिसाब पारदर्शी नभएको र मेयर साह भ्रष्टाचारमा संलग्न रहेको भन्दै वडाध्यक्ष र सदस्यहरू विरोधमा खनिए। हरहिसाब सार्वजनिक नभएसम्म नगरसभा सञ्चालन हुन नदिने उनीहरूको अडान छ।

आफू नजिकका केही वडाध्यक्ष र सदस्यको बलमा साहले मंगलबार नगरसभाको तयारी गरे पनि अधिकांश वडाध्यक्ष र सदस्य उपमहानगरपालिका कार्यालयको प्रवेशद्वारमा धर्ना बसेका थिए। वडाध्यक्ष र सदस्यहरू धर्नामा बसेर विरोधमा उत्रिँदा गणपूरक संख्या नपुगेपछि अन्ततः मेयर साह नगरसभा बुधबार बोलाउने निर्क्याेलमा पुगेका थिए।

यस्तो छ वडाध्यक्षले विरोध गर्नुका कारण?

नगरसभाअघि आगामी वर्षको योजना तर्जुमा गर्न सोमबार उपमहानगरपालिकाले कार्यपालिका बैठक बोलाएको थियो। बैठकमा मेयर साहले उपमहानगरको नीति तथा कार्यक्रम प्रस्तुत गरेर पारित गर्न अनुरोध गरे।

अधिकांश वडाध्यक्षले निर्देशिकाअनुसार नीति तथा कार्यक्रम अध्ययन गर्न २४ घण्टाको समय मागे। तर, मेयर साहले नीति तथा कार्यक्रम तत्काल पास गर्नुपर्ने अडान लिएपछि विवाद सुरु भयो। 

अधिकांश वडाध्यक्षले निर्देशिकाअनुसार नीति तथा कार्यक्रम अध्ययन गर्न २४ घण्टाको समय मागे। तर, मेयर साहले नीति तथा कार्यक्रम तत्काल पास गर्नुपर्ने अडान लिएपछि विवाद सुरु भयो। 

वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले वैठकको माइन्युट च्यातिदिए। विवादकै क्रममा केही वडाध्यक्षमाथि हातपातसमेत भयो।
आफूहरूले विधिअनुसार प्रक्रिया पूरा गर्न भनेपछि मेयर साहले नगर प्रहरी बोलाएर हातपात गर्न लगाएको वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंहले दाबी गरे।

वडा-३ का दीपेन्द्र साह, वडा-७ का जानकीराम साह, वडा-१० का मिथिलेश कर्णलगायतका वडाध्यक्षमाथि हातपात भएको सिंहले बताए। सोमबार अबेरसम्म चलेको विवादमा आक्रोशित जनप्रतिनिधिले उपमहानगरपालिकाको सभाहलमा राखिएका कुर्सी तोडफोड गरेका थिए।

मेयर साहले वर्षभर भएको खर्चको हरहिसाब सार्वजनिक गर्न तयार नभएपछि आफूहरू विरोधमा उत्रिएको वडाध्यक्षको भनाइ छ। ‘योजना तर्जुमा बैठकमा पनि जबरजस्ती नीति तथा कार्यक्रम पारित गर्न भनियो,’ वडा-९ का वडाध्यक्ष परमेश्वर साह भन्छन्, ‘नगरसभामा प्रस्तुत हुने आयव्यय विवरण पारदर्शी गर्न हामीले भनेका छौं, तर उहाँले मान्नुभएन।’ 

आर्थिक वर्षको अन्त्यमा योजना बाँडफाँटमा भागबन्डा नमिलेपछि वडाध्यक्षहरू मेयरको विरोधमा उत्रिएको कतिपयको आरोप छ।

पारदर्शी ढंगले हरहिसाब सावर्जनिक नगरिए आफूहरू नगरसभा हुन नदिने पक्षमा रहेको उनले बताए। आर्थिक वर्षको अन्त्यमा योजना बाँडफाँटमा भागबन्डा नमिलेपछि वडाध्यक्षहरू मेयरको विरोधमा उत्रिएको कतिपयको आरोप छ।

हरेक नगरसभाअघि विरोध गरेर वडाध्यक्षहरू भागबण्डा मिलेपछि शान्त हुने गरेको स्थानीयहरू टिप्पणी गर्छन्।
तर, वडाध्यक्षहरू भने आफूहरूको विरोध बजेटका लागि नभएर पारदर्शिताका लागि भएको दाबी गर्छन्।

वडा-९ का वडाध्यक्ष साह भन्छन्, ‘चालु आर्थिक वर्षमा के कति खर्च भएको छ, हामीले सार्वजनिक गर्न भनेका छौं। खर्च सार्वजनिक नभएसम्म पारित गर्न सकिन्न। तर, मेयर एकलौटी गरेर तानाशाही लाद्न खोजेका छन्।’

खर्च पारदर्शीको माग गर्दै ४-५ घण्टा धर्नामा बस्दासमेत मेयर साह भने आफूहरूको मागबारे जानकारी लिनसमेत नआएको वडाध्यक्ष साह बताउँछन्।
६० प्रतिशतभन्दा बढी कार्यपालिकाका सदस्य एकजुट रहेकाले हरहिसाब पारदर्शी नभएसम्म कुनै हालतमा नगरसभा नहुने उनको दाबी छ।

‘६० प्रतिशतभन्दा बढी कार्यपालिका सदस्यहरू एकजुट छन्, सबैले खर्च पारदर्शी गर्न भनेका छौं,’ उनी भन्छन्, ‘नगरसभामा बसेर हस्ताक्षर गर्ने काममात्र हुँदैन। खर्च सार्वजनिक नभएसम्म नगरसभा सम्भव छैन।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानन्यायाधीश-न्यायाधीश विवाद : सर्वोच्चमा आज पनि बस्न सकेन इजलास

काठमाडौं – प्रधानन्यायाधीश र न्यायाधीशहरुबीचको विवादका कारण मंगलबार पनि सर्वोच्च अदालतमा इजलास बस्न सकेन। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार ७ वटा

१५ न्यायाधीशको अडान- प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म सुनुवाइ गरिँदैन

काठमाडौं – सर्वोच्च अदालतका १५ न्यायाधीशहरुको छलफल सकिएको छ। उनीहरुले सर्वोच्च अदालत परिसरमा मंगलबार दिउँसो भएको छलफलमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले

चीनमा फेरि लकडाउन, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आदेश

एजेन्सी – कोरोना संक्रमण फैलिएपछि चीनको गान्सु प्रान्तमा लकडाउन घोषणा गरिएको छ । ४० लाख मानिसहरुको बसोबास रहेको लान्जहोउ सहरमा

पहिलो त्रैमासिकमा १९ बैंकको निक्षेप बढ्दा ८ बैंकको भने घट्यो

काठमाडाैं – चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १९ वाणिज्य बैंकको निक्षेप बढेको छ। नेपाल बैंकर्स संघका अनुसार तरलता अभावका बाबजुद