गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम नरोक्न पूर्वमन्त्री पौडेलको माग


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


बुटबल–पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काममा विलम्ब नगर्न सरकारलाई आग्रह गरेका छन्।

उद्योग व्यापार सङ्गठन रुपन्देहीको नवनिर्मित भवनको उद्घाटनका क्रममा उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको निर्माणको काम अविलम्ब अघि बढाउन माग गरेका हुन्।

उनले त्यसका लागि नेपाल सरकारले काउण्टर पार्ट फण्ड व्यहोर्ने गरी गरेको निर्णय रद्द नगर्न, एसियाली विकास बैंकसँग ऋण सम्झौता गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर सक्षम निर्माण कम्पनी छनोट गरी निर्माणकार्य अघि बढाउन माग गरे।

उनले विकासका आयोजना रद्द गर्ने र बजेट कटौती गर्ने काम विकासविरोधी भएकाले त्यसो नगर्न नेपाल सरकारसँग आग्रह गरेका हुन्। पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको काम रोकिएमा रुपन्देही जिल्लाको मात्र नभएर र लुम्बिनी प्रदेशका नागरिकको व्यापक विरोध हुने चेतावनी दिए।

पूर्वअर्थमन्त्री पौडेलले अघिल्लो सरकारको कार्यकालमा यस विमानस्थल निर्माणको कामलाई उच्च प्राथमिकतामा राखिएको पनि बताए। उनले विकासका आयोजनामा विनियोजित बजेटमा गरिने कटौतीले आगामी दिनमा पनि गलत नजिर स्थापित गर्ने बताए।

उनले आफू अर्थमन्त्री छँदा सिद्धार्थ राजमार्ग र रत्न राजमार्गका लागि विनियोजन गरेको बजेटमा कटौती गरिएको आरोप पनि लगाए। उनले विकासमा बाधा सिर्जना गर्नेहरुले नै कालीगण्डकी तिनाउ आयोजनामा पनि अवरोध गर्न खोजेको आरोप लगाए। उनले भने, ‘कालीगण्डकी तिनाउ आयोजनालाई अवरोध सिर्जना गर्ने गरी अदालतमा मुद्दा हाल्ने काम भएको छ। हामी कानुनी प्रक्रियामार्फत त्यो समस्या समाधान गरी कालीगण्डकी तिनाउ आयोजनाको काम अघि बढाउनेछौँ।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
फोक्सुण्डो ताल घुम्न जाने क्रममा खोलामा खसेर युवती बेपत्ता

हिमाली जिल्ला डोल्पामा पर्ने फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता भएकी छन्।

प्रधानन्यायाधीश प्रकरणमा सरकार र कांग्रेस केही बोल्दैन : प्रधानमन्त्री देउवा

'यो अदालतभित्रको कुरा हो, उसैले यसको समाधान निकाल्न सक्छ।', देउवाले भने। उनले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीबाट भर्खरै राजीनामा दिएका गजेन्द्र

नेपालमा सेवा विस्तार गर्ने उद्देश्यले सोनीलिभ र टेलिनेटबीच साझेदारी

सोनी पिक्चर्स नेटवर्क्स इण्डियाको ओटिटी प्लेटफर्म, सोनीलिभले टेलिनेट प्रालिसँग मिलेर आफ्नो सेवा नेपालमा विस्तार गरेको छ। यो ओटिटी प्लेटफर्म आइओएस,

प्रधानन्यायाधीशको जबराको इजलासमा मुद्दाको सुनुवाइ सुरू

प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराको इजलासमा मुद्दाको सुनुवाइ सुरू भएको छ। अन्य न्यायाधीशहरूले इजलास ‘बहिष्कार’ गरिरहेका बेला प्रधानन्यायाधीश जबराले आफ्नो बेन्चमा मुद्दाको