बागमती प्रदेशमा पनि केही दिनमै हाम्रो सरकार बन्छः माधव नेपाल


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


हेटौंडा–नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ पार्टी खोलेको बताएका छन्।

एकीकृत समाजवादी पार्टीको शपथग्रहण तथा मकवानपुर जिल्लास्तरीय कार्यकर्ता भेलालाई शनिबार हेटौँडामा सम्बोधन गर्दै उनले देश र जनताको पक्षमा निस्वार्थ एवं पवित्र भावनाका साथ गठन भएको नयाँ पार्टीले काम गर्ने प्रतिबद्दता जनाए।

नयाँ पार्टीले गफ दिएर होइन काम गरेर जनताको मन जित्ने र असल बन्ने अध्यक्ष नेपालले विश्वास व्यक्त गरे। देशका सातै प्रदेशमा आफ्नो पार्टीको प्रभुत्व बढ्दै गएको उल्लेख गर्दै उनले केही दिनभित्र बागमती प्रदेशमा आफ्नो पार्टीको नेतृत्वको सरकार गठन हुने दाबीसमेत गरे।

सासंद एवं सो पार्टीका केन्द्रीय सदस्य विरोध खतिवडाले केपी ओलीका कारण पार्टी फुटेको आरोप लगाउँदै विस्तारै त्यहाँका नेता तथा कार्यकर्तासमेत आफ्नो पार्टीमा आउने विचार व्यक्त गरे।

अर्का केन्द्रीय सदस्य मुनु सिग्देलले पनि देशमा सुशासन कायम गर्न यो पार्टी खुलेको उल्लेख गर्दै यसमा युवा वर्ग बढ्दै गएको बताइन्। पार्टीका जिल्ला अध्यक्ष श्रीधर पोखरेलको अध्यक्षतामा सम्पन्न भेलामा विभिन्न पार्टी त्याग गरेर आएका व्यक्तिलाई अध्यक्ष नेपालले टीका लगाएर पार्टी प्रवेश गराएका थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
फोक्सुण्डो ताल घुम्न जाने क्रममा खोलामा खसेर युवती बेपत्ता

हिमाली जिल्ला डोल्पामा पर्ने फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता भएकी छन्।

प्रधानन्यायाधीश प्रकरणमा सरकार र कांग्रेस केही बोल्दैन : प्रधानमन्त्री देउवा

'यो अदालतभित्रको कुरा हो, उसैले यसको समाधान निकाल्न सक्छ।', देउवाले भने। उनले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीबाट भर्खरै राजीनामा दिएका गजेन्द्र

नेपालमा सेवा विस्तार गर्ने उद्देश्यले सोनीलिभ र टेलिनेटबीच साझेदारी

सोनी पिक्चर्स नेटवर्क्स इण्डियाको ओटिटी प्लेटफर्म, सोनीलिभले टेलिनेट प्रालिसँग मिलेर आफ्नो सेवा नेपालमा विस्तार गरेको छ। यो ओटिटी प्लेटफर्म आइओएस,

प्रधानन्यायाधीशको जबराको इजलासमा मुद्दाको सुनुवाइ सुरू

प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराको इजलासमा मुद्दाको सुनुवाइ सुरू भएको छ। अन्य न्यायाधीशहरूले इजलास ‘बहिष्कार’ गरिरहेका बेला प्रधानन्यायाधीश जबराले आफ्नो बेन्चमा मुद्दाको