एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


काठमाडौं–एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्दै नेताहरुले उक्त सुझाव दिएका हुन्।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेता योगेश भट्टराईले पार्टीमा पहिलो पुस्ताका नेताहरुको बाहुल्य भएकाले पार्टीलाई नवीकृत गर्दै लैजान प्रत्येक तहमा नीति निर्माणदेखि कार्यान्वयनको तहसम्म युवा सहभागिता बढाउनुपर्ने सुझाव आएको बताए।

यस्तै, प्रदेश संरचनाअनुसार सातै प्रदेशका आधारमा उपाध्यक्षको व्यवस्था गर्न पनि सुझाव आएको उनले बताए। २ कार्यकालभन्दा बढी बस्न नपाइने र ७० वर्षको उमेर हद कायमै राख्न सुझाव आएको पनि उनले जानकारी दिए।

पार्टीलाई बढीभन्दा बढी समावेशी बनाउन र पार्टीको अबको ध्यान आगामी फागुनमा हुने स्थानीय तहको निर्वाचनका लागि केन्द्रित गर्न पनि नेताहरुले सुझाव दिएका छन्। ‘प्रदेश र संसदीय निर्वाचनमा बहुमत ल्याउने गरी अगाडि जानुपर्छ भन्ने सुझाव आएको छ,’ उनले भने।

समूहगत छलफलबाट आएका सुझावका बारेमा आइतबार बस्ने बैठकमा प्रतिवेदन प्रस्तुतकर्ताहरुले जवाफ दिने भट्टराईले बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कर्णालीका तीन मन्त्रीले राजीनामा दिँदै, मुख्यमन्त्रीमा कांग्रेस र माओवादीको दाबी

गैरसांसद रहेका उनीहरू ६ महिनामात्र मन्त्री हुन पाउने संवैधानिक व्यवस्था भएका कारण पदमुक्त हुन लागेका हुन्। कानुनी व्यवस्थाअनुसार आफूहरू १३

चीनबाट आइपुग्यो १० लाख २० हजार डोज भेरोसेल खोप

चीनबाट थप १० लाख २० हजार डोज कोभिड-१९ विरुद्धको भेरोसेल खोप नेपाल आइपुगेको छ। सरकारले कोभ्याक्ससँगको 'कस्ट सेयरिङ' योजना अन्तर्गत

प्रधानन्यायाधीश जबराले तोके इजलास

राजीनामा दिन माग भइरहेका बेला प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले बुधबार पेसी तोकेका छन्। राणाले संवैधानिक इजलाससहित ११ वटा इजलास तोकेका हुन्।

ताप्लेजुङ कोरोनामुक्त

ताप्लेजुङमा कोरोना भाइरस संक्रमणमुक्त भएको छ। पछिल्लो पटक संक्रमित भइ होमआइसोलेसनमा बसेका पाथिभरा याङ्कवरक गाउँपालिकाका पाँचजनाको एन्टिजेन रिपोर्ट सोमबार नेगेटिभ