नियमविपरीत ज्वाइँको नियुक्ति, गाडीमा ससुराको रजाइँ


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


जनकपुरधाम
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता एवं संघीय सांसद राजेन्द्र महतो पछिल्लो तीन दिनदेखि जनकपुरमा छन्। प्रदेश संसदीय दलको नेता चयनका साथै अन्य कार्यक्रमहरूमा सहभागी हुन महतो जनकपुर पुगेका हुन्।

जनकपुरमा महतोले प्रदेश २ को सभामुखका राजनीतिक सल्लाहकारलाई प्रदेशसभा सचिवालयले उपलब्ध गराएको सरकारी गाडी प्रयोग गरेको पाइएको छ।

सभामुख सरोजकुमार यादवका राजनीतिक सल्लाहकारसमेत रहेका महतोका ज्वाइँ अनिल महासेठलाई सचिवालयले उपलब्ध गराएको गाडी ससुरा महतोले प्रयोग गरिरहेका छन्।

आइतबार जनकपुरमा लोसपा महिला परिवारले आयोजना गरेको जितिया पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा महतो प्रदेशसभा सचिवालयले महासेठलाई उपलब्ध गराएको प्रदेश २–०२–००१ झ ००९१ नम्बरको सरकारी गाडी चढेर कार्यक्रमस्थल उद्योग वाणिज्य संघ पुगेका थिए।

राजनीतिक सल्लाहकारको नियुक्ति नै अवैध
महतोनिकट सभामुख यादवले उनका ज्वाइँ महासेठलाई २०७६ माघ १५ गते राजनीतिक सल्लाहकारमा नियुक्त गरेका थिए। महासेठ प्रदेशसभा सचिवालयबाट गाडी सुविधासहित मासिक १ लाख पारिश्रमिक बुझिरहेका छन्।

गत साउनदेखि प्रदेशसभा सचिवालयले तलबमान बढाएर मासिक ५२ हजार ६ सय पारिश्रमिक र प्रदेश २–०२–००१ झ ००९१ नम्बरको गाडी उपलब्ध गराएको छ।

महासेठलाई सल्लाहकारमा नियुक्त गर्दा सचिवालय व्यवस्थापन तथा सञ्चालक समितिको २०७६ माघ १५ को निर्णयले मासिक ५० हजार ६ सय र गाडी सुविधावापत तलबको ८० प्रतिशत गरी १ लाख रूपैयाँ निर्धारण गरेको देखिन्छ।

जबकि महालेखा परीक्षकको कार्यालयले सभामुखको राजनीतिक सल्लाहकारको नियुक्तिलाई नियमविपरीत ठहर गरेको छ।

सचिवालयको दरबन्दीमा राजनीतिक सल्लाहकारको व्यवस्था नभएको, कार्यालयको कार्यप्रकृतिअनुसार सभामुख, उपसभामुख तथा सभासदहरूले पाउने सेवा सुविधामा कानुनी सल्लाहकार राख्न पाउने व्यवस्था नरहेकाले महासेठको नियुक्ति नियमसम्मत नरहेको महालेखाको ठहर छ।

सभामुखको राजनीतिक सल्लाहकारमा नियुक्त भएर २०७६ माघ १५ देखि २०७७ असारसम्म महासेठले प्रदेशसभा सचिवालयबाट ५ लाख १ हजार पारिश्रमिक लिएका छन्।

‘सचिवालय व्यवस्थापन तथा सञ्चालक समितिको २०७६ माघ १५ को निर्णयले २०७६ माघ १५ देखि २०७७ असारसम्म सभामुखका लागि अधिकृतस्तर एघारौं तहको पारिश्रमिक पाउने शर्तमा एक राजनैतिक सल्लाहकार नियुक्ति गरी रू ५ लाख १ हजार खर्च लेखेको छ,’ महालेखाको प्रतिवेदनमा भनिएको छ,‘नियुक्ति गर्दा निजले सञ्चालन कार्य र सेवा अवधि खुलाइ सम्झौतासमेत गरेको छैन। यसरी दरबन्दी नभएको पदमा राजनीतिक सल्लाहकार राखी खर्च लेख्ने कार्य नियमसम्मत देखिएन।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
न्यायालय विवादबारे पूर्वन्यायाधीश भन्छन्- दलहरुले राज्य सञ्चालनमा सुशासन कायम नगर्दाकाे…

काठमाडौं – सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीले अहिले न्यायालयमा देखिएको समस्याको समाधान आपसी समझदारीमा हल गरिनुपर्ने बताएका छन्। आफूले तत्काल

प्रतिनिधिसभाको बैठक भोलि, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – प्रतिनिधिसभाको बैठक भोलि बिहीबार बस्दै छ। संघीय संसद सचिवालयका अनुसार बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ। सचिवालयका

सिंहदरबारकाे संसद सचिवालयमा गोली चल्याे

काठमाडौं – देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र गोली चलेको छ। काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालका

मुख्यमन्त्रीमा पाण्डेको दाबी पेश, भोलि सपथग्रहण

पाण्डेले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसहितका सांसदहरूको समर्थनमा दाबी पेश गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।प्रदेश