‘ल्यान्डिङ गियर प्राइमरी इन्डिकेटरमा समस्या देखिएपछि सुरक्षित अवतरण’


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


काठमाडौं – निजी वायुसेवा कम्पनी बुद्ध एयरले आज बिहान विराटनगर गएको जहाजको ‘ल्यान्डिङ गियर प्राइमरी इन्डिकेटर’ मा समस्या देखिएपछि काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको जनाएको छ।

बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतका अनुसार टावरले ल्यान्डिङ गियर नझरेकाे भनेर चालकदललाई खबर गरेपछि जहाजलाई सबै सुविधा उपलब्ध रहेकाे त्रिभुवन विमानस्थल फर्काउने निर्णय गरिएकाे थियाे।

‘उडान सुरक्षाका लागि पनि हामीले जहाजलाई काठमाडाैं फर्काएका हाैं। काठमाडाैंमा उडान सुरक्षाका लागि सबै सुविधा उपलब्ध छन्। त्यही भएर यता जहाज सुरक्षित अवतरण गरिएकाे हाे।’

दर्ता नम्बर ९ एन–एएनआइ र उडान नम्बर यु ४ ७०१ रहेको ७२ सिट क्षमतायुक्त ‘एटिआर ७२-५००’ सिरिजको उक्त जहाजमा ७३ यात्रु सवार थिए। जसमा ६८ वयष्क, दुई बच्चा र तीन नवजात शिशु थिए। जहाजलाई वरिष्ठ क्याप्टेन आङगेलु (एजी) शेर्पाले कमान्ड गरेका थिए।

‘जहाज विराटनगर अतवरण गर्ने क्रममा ल्यान्डिङ गियर इन्डिकेटरमा समस्या देखिएको र टावरले पनि गियर नझरेको जानकारी दिएपछि जहाजलाई क्याप्टेनले पुनः काठमाडौं फर्काउने निणर्य गरे,’ बुद्धले जारी गरेको विज्ञप्तिमा छ, ‘सुरक्षा निर्देशिका अनुसार जहाजमा रहेको इन्धन कम गर्न केहीबेर काठमाडौंको आकासमा फन्को मारी सबै सुरक्षा मापदण्ड पूरा गरेर सुरक्षित अवतरण गरेको छ।’

कम्पनीका अनुसार जहाजमा ल्यान्डिङ गियरका लागि दुइटा इन्डिकेटर हुन्छन्। जसअनुसार प्राइमरी इन्डिकेटरमा संकेत नदेखिएको तर सेकेन्डरी इन्डिकेटरमा सबै सामान्य रहेको थियो। ‘सुरक्षामा शून्य सहनशिलता’ अनुसार क्याप्टेनले जहाज तुरुन्तै काठमाडौंमा फर्काउने निणर्य गरेको र काठमाडौंको आकासमा आइसकेपछि क्याप्टेनले बुद्ध एयरको टेक्निकल टिमको रेडियो सम्पर्कमा ल्यान्डिङ गियर जाँच गर्दा सही र झरेको जानकारी पाएका थिए।

‘जसअनुसार अन्तर्राष्ट्रिय तथा नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेको दिशा निर्देशिकाअनुसार काठमाडौं विमानस्थलमा जहाजलाई सुरक्षित र ‘नर्मल’ तरिकाले अतवरण गराइयो,’ विज्ञप्तिमा छ, ‘यस क्रममा यात्रुहरूमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं।’

जहाजलाई सुरक्षित अवतरण गराउनका लागि नेपाल प्रहरी, नेपाली सेना, नागरिक उड्डयन प्राधिकरण, अग्नि नियन्त्रक टोलीलगायत सबै तयारी अवस्थामा थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
मुख्यमन्त्रीमा पाण्डेको दाबी पेश, भोलि सपथग्रहण

पाण्डेले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसहितका सांसदहरूको समर्थनमा दाबी पेश गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।प्रदेश

एकीकृत समाजवादीका ३३५ नेताले पाए जिम्मेवारी [सूचीसहित]

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीका विभिन्न विभाग र किमिटीहरुमा जिम्मेवारी तोकेको छ। ३३५ नेतालाई भूगोल र विभागको

बन्दीप्रत्यक्षीकरणको मुद्दा ‘बंक’ गर्ने न्यायाधीशविरुद्ध रिट

काठमाडौं – बन्दीप्रत्यक्षीकरणको मुद्दासमेत सुनुवाइ नगरेको भन्दै स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले १८ जना न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने

थपिए ६७२ कोरोना संक्रमित, ८ को मृत्यु

काठमाडाैं – पछिल्लो २४ घण्टामा देशभर ६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार २४