एनसेल ‘ग्लोबल बिजनेस आउटलुक अवार्ड २०२१’ दुई विधामा पुरस्कृत, ‘वर्ल्ड कम्युनिकेसन्स् अवार्ड २०२१’ मा सूचीकृत


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


काठमाडौं । एनसेल आजियाटा लिमिटेडले प्रतिष्ठित ‘ग्लोबल बिजनेस आउटलुक (जीबीओ) अवार्ड २०२१’ का दुई विधामा पुरस्कार जितेको छ।

जीबीओ अवार्डअन्तर्तग एनसेलले ‘मस्ट सोसिएल्ली रेस्पोन्सिबल टेलिकम कम्पनी’ अर्थात् सबैभन्दा बढी सामाजिक रूपमा उत्तरदायी कम्पनी र लिडरसिप (नेतृत्व) विधामा एनसेलका कार्यकारी प्रमुख एन्डी चोङले ‘टेलिकम सीईओ अफ दि इयर’ अवार्ड जितेका हुन्।

लन्डनस्थित प्रकाशन गृह जीबीओले हरेक वर्ष विश्वभरका कम्पनीहरूलाई उत्कृष्टताका आधारमा पुरस्कृत गर्दै आएको छ । यो अवार्ड बैंकिङ, वित्तीय, घरजग्गा, दूरसञ्चार, उड्डयन तथा अन्य विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने कम्पनी र नेतृत्वकर्ताहरूलाई दिइन्छ।

कम्पनीहरूको रचनात्मकता, नवीनता र उनीहरुले स्थानीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याएको योगदानलाई सम्मान गर्दै यो अवार्ड दिइन्छ।

साथै, एनसेल ‘वल्र्ड कम्युनिकेसन्स् अवार्ड २०२१’ का दुई छुट्टाछुट्टै विधा ‘सोसियल कन्ट्रिब्युसन अवार्ड’ र ‘क्राइसिस रेस्पोन्स अवार्ड’का लागि पनि सूचीकृत भएको छ । यो पुरस्कार घोषणा आगामी अक्टोबर २६ र २७ मा टोटल टेलिकम कंग्रेस कार्यक्रममाझ लन्डनमा गरिनेछ । त्यस्तै, ‘ग्लोबल क्यारियर अवार्ड (जीसीए) २०२१’ अन्तर्गत वैदेशिक रोजगारीमा गएका मानिसहरूका लागि ल्याएको योजनाका लागि पनि एनसेल ‘बेस्ट सोसल मिडिया क्याम्पियन’ अवार्डमा सूचीकृत भएको छ । पुरस्कार विजेताको घोषणा अक्टोबर २० मा लन्डनमै आयोजना हुने जीसीएको कार्यक्रममा हुनेछ।

‘मस्ट सोसिएल्ली रेस्पनसिबल टेलिकम कम्पनी’ र ‘टेलिकम सीईओ अफ दि इयर’ अवार्ड जित्न सफल भएकोमा खुशी व्यक्त गर्दै एनसेलका कार्यकारी प्रमुख एन्डी चोङले भने, ‘एक जिम्मेवार कर्पोरेट नागरिकको रूपमा सामाजिक पहलअन्तर्गत हामीले समुदायहरूमा पु¥याएको महत्त्वपूर्ण योगदानको कदरस्वरूप यो अवार्ड पाएकोमा हामी निकै हर्षित छौं । शिक्षा, स्वास्थ्य र वातावरणजस्ता क्षेत्रलाई प्राथमिकतामा राख्दै देशको विकास र दिगो विकास लक्ष्य हासिल गर्नका लागि योगदान पुर्‍याउन हामीले विभिन्न सामाजिक परियोजनामा १ अर्ब ४० करोड रूपैयाँभन्दा बढी लगानी गरिसकेका छौं ।’

सामाजिक योगदानका बारेमा थप स्पष्ट पार्दै उनले थपे, ‘हाम्रा सबै सफलता र उपलब्धिहरू हामीले आफ्ना लागि बनाएको बलियो जगका कारण सम्भव भएको हो र म यसको सम्पूर्ण श्रेय एनसेलका कर्मचारीहरूलाई दिन्छु । उहाँहरुको कडा मेहनत र प्रतिबद्धताका लागि हार्दिक धन्यवाद दिन चाहन्छु ।’

सही कामहरूमा मात्र केन्द्रित हुने चोङको कार्यशैलीको नतिजाअनुरूप एनसेलले सामाजिक योगदानको मामिलामा उदाहरणीय काम गर्न सफल भएको छ । एनसेलले सच्चा कर्पोरेट नागरिकको रूपमा सामाजिक जिम्मेवारीहरू निभाउँदै समाजको समग्र विकासका लागि योगदान पुर्‍याइरहेको छ।

दूरसञ्चार, आईटी/टेक्नोलोजी र इलेक्ट्रोनिक्स् जस्ता विभिन्न क्षेत्रहरुमा ३० वर्षभन्दा बढि व्यवस्थापन र संचालन क्षेत्रको अनुभव बटुलेका चोङ एक दुरदर्शी तथा रणनीतिक नेतृत्वकर्ता हुन् । कोभिड–१९ महामारीको जोखिमकाबीच पनि उनको प्राथमिकता आफ्ना ग्राहक, पार्टनर र कर्मचारीहरुको स्वास्थ्य सुनिश्चितता र सरकारलाई यस महामारीमा सहयोग गर्नेमा रहेको छ।

‘टेलिकम सीईओ अफ दि इयर’को सम्मानले एनसेलमा चोङले सहानुभूतिपूर्ण र संगठनात्मक संस्कृति निर्माणमा निभाएको नेतृत्वदायी भूमिकालाई झल्काउँछ । कम्पनीको स्पष्ट लक्ष्य राख्दै उनले कर्मचारीहरूलाई प्रेरणा प्रदान गरिरहन्छन् र उद्देश्य प्राप्तिका लागि कसरी अगाडि बढ्ने भनेर मार्गदर्शन गर्छन्।

चोङको नेतृत्वमा एनसेलको प्रमुख प्राथमिकता डिजिटलाइजेसन रहँदै आएको छ । कम्पनीले सन् २०२५ सम्ममा डिजिटल सेवाप्रदायक कम्पनीको रूपमा स्थापित हुने लक्ष्यका साथ काम गरिरहेको छ।

ग्राहकमाझ उच्चस्तरीय तथा नवीन सेवाहरू ल्याउने प्रतिबद्धताअनुरुप चोङले कम्पनीलाई भीओएलटीई सक्षम बनाएका छन् । साथै उच्च गुणस्तरीय, आधुनिक र सुलभ दरमा ग्राहकलाई सेवा सुनिश्चित गर्न ९०० मेगाहर्ज ब्यान्डमा फोरजी सेवाको कभरेज अझै फराकिलो र इन्डोर कभरेजमा पनि थप सुधार गरिएको छ।

चोङले एनसेलका कर्मचारीको क्षमता अभिवृद्धि तथा विकासलाई पनि प्राथमिकतामा राख्दै आएका छन् । यसका लागि उनले आजियाटा ग्रुपसँगको समन्वयमा कर्मचारीको कुशलतामा निखार ल्याउन व्यवस्थित र बृहत् कार्यक्रमहरूमा जोड दिएका छन्।

त्यसैगरी उनले आजियाटा ग्रुपसँगको समन्वयमा कम्पनीका विशेष क्षेत्रमा ‘बेस्ट प्राक्टिसेस्’ अर्थात् राम्रा अभ्यास लागू गर्न सहयोग पु¥याएका छन् । यस्ता अभ्यासहरु लागू गर्दा आजियटा गु्रप र एनसेलका सम्बन्धित टिम मिलेर कम्पनीको लागि के गर्दा राम्रो हुन्छ भनेर सामुहिक रुपमा निचोड निकालिन्छ।

चोङसँग मलेसिया, सिंगापुर र इन्डोनेसियामा सीईओका साथै सेल्स एन्ड मार्केटिङ, टेक्निकल एन्ड अपरेसन्स् र फाइनान्सका क्षेत्रमा शीर्ष व्यवस्थापन पदहरूमा रही काम गरेको लामो अनुभव छ । सन् २००८ मा आजियाटा ग्रुपमा आबद्ध भएका चोङले सन् २०१४ सम्म सिनियर भाइस प्रेसिडेन्ट एन्ड हेड अफ ग्रुप मार्केटिङ एन्ड अपरेसन्सका रूपमा काम गरेका थिए ।

सन् २०१६ मा उनी अन्तरिम चिफ कमर्सियल अफिसर र २०१८ मा चिफ कमर्सियल अफिसरको रूपमा एनसेलसँग आबद्ध भएका थिए । उनले २०१९ नोभेम्बरदेखि सीईओ/प्रबन्ध निर्देशकको भूमिकामा कार्यभार सम्हाल्दै आएका छन् । चोङले मोनास युनिभर्सिटी अस्ट्रेलियाबाट जेनरल म्यानेजमेन्टमा एमबीए र इलेक्ट्रोनिक र कम्प्युटर सिस्टममा स्नातक गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
फेरि सर्‍यो कांग्रेस महाधिवेशन, कात्तिक २७ देखि तल्लो तहका अधिवेशन

परिवर्तित कार्यतालिकाअनुसार अब केन्द्रीय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म हुने भएको छ। यसअघि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले मंसिर ९

अबदेखि चिकित्सकको लाइसेन्स परीक्षामा सीप परीक्षण हुने, यस्तो छ कार्यविधि

काठमाडाैं – नेपाल मेडिकल काउन्सिलले चिकित्सक लाइसेन्स परीक्षामा अबदेखि लिखित परीक्षापछि प्रयोगात्मक (सीप परीक्षण) परीक्षा समेत लिने भएको छ। काउन्सिलले

न्यायालय विवादबारे पूर्वन्यायाधीश भन्छन्- दलहरुले राज्य सञ्चालनमा सुशासन कायम नगर्दाकाे…

काठमाडौं – सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीले अहिले न्यायालयमा देखिएको समस्याको समाधान आपसी समझदारीमा हल गरिनुपर्ने बताएका छन्। आफूले तत्काल

प्रतिनिधिसभाको बैठक भोलि, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – प्रतिनिधिसभाको बैठक भोलि बिहीबार बस्दै छ। संघीय संसद सचिवालयका अनुसार बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ। सचिवालयका