चिसिँदै सिटौला-थापा सम्बन्ध!


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


काठमाडौं–नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र गगन थापाबीचको विगतको सुमधुर सम्बन्ध यतिबेला भत्किएको छ।

१३ औं महाधिवेशनमा सिटौला खेमाबाट महामन्त्रीमा चुनाव लडेका थापा १४ औँ महाधिवेशनको संघारमा एकाएक वरिष्ठ नेता रामचन्द्र पौडेल खेमामा पुगेपछि दुईबीचको गठजोड भत्किएको हो।

बिहीबार नेता सिटौलाले थापालाई ‘स्वार्थी र धोखेबाज’ भनेपछि दुई नेताबीचको दरार सतहमा छताछुल्ल भएको थियो। सिटौलाले थापालाई आफूले मन्त्रीसम्म बनाएको तर सल्लाह नै नगरी पौडेल समूहमा गएको भनेर असन्तुष्टि व्यक्त गरे पनि थापाले औपचारिक रुपमा जवाफ फर्काएका छैनन्।

१३ औं महाधिवेशनमा आफ्नै ससुरा अर्जुननरसिंह केसीसँग महामन्त्रीमा प्रतिस्पर्धा गरेर सिटौलालाई दर्बिलो साथ दिएका थापा अहिले भिन्न बाटो रोजेका छन्। उनले सिटौलालाई छोडेका मात्र छैनन्, महामन्त्रीमा घोषणा गरेको दुई चार दिनपछि पौडेल समूहले पार्टी कार्यालय सानेपामा गरेको पत्रकार सम्मेलनमा उपस्थित भइदिए।

पौडेल समूहमा थापाको उपस्थितिले बिच्किएका सिटौलाले बिहीबार पार्टी सभापति शेरबहादुर देउवासँगको भेटमा लामो दुखेसो गरेको सार्वजनिक भयो।

दुई दिनसम्म मौन बसेका थापाले शनिबार नेता सिटौलालाई पृथक ढंगबाट जवाफ फर्काएका छन् । शनिबार काठमाडौँ महानगरपालिकामा पार्टी नेतृत्व चयनका लागि भएको प्रतिस्पर्धामा थापा निलकाजी शाक्यको पक्षमा उभिए। शाक्यलाई नेता प्रकाशमान सिंहको समर्थन छ।

महानगरको चुनावमा थापा नेता सिंहसँगै छन्। पार्टी सभापति देउवाको समर्थनमा महानगरको सभापतिमा उम्मेदवारी दिएका प्रगतिमान रञ्जितलाई नेता सिटौलाको साथ छ। सिटौलाका निकटवर्ती नेता भीमसेनदास प्रधान पनि रञ्जितलाई सघाएका छन्।

लामो समयदेखि टिमसहित सभापतिमा चुनाव लड्ने बताउँदै आएका नेता सिटौलाले बिहीबार मात्रै सभापति देउवालाई साथ दिने सहमति भएको सार्वजनिक भएको थियो।

उनले उपयुक्त समयमा निर्णय लिने बताउँदै आएका छन्। सिटौलाले सभापति देउवालाई साथ दिने निर्णय गर्नुभन्दा अघि नै थापाले उनको साथ छाडिसकेका थिए। थापाले सिंहसँगै शाक्यलाई साथ दिएर सिटौलालाई पृथक रूपमा नै जवाफ फर्काएपछि सिटौला–थापा सम्बन्धको वास्तविकता छर्लङ्ग भएको कांग्रेसका केन्द्रीय तहका नेताहरूको टिप्पणी छ।

‘सभापति देउवाको समर्थन पाएका रञ्जितलाई नेता सिटौलाको साथ हुनु स्वाभाविक नै हो’, एक केन्द्रीय सदस्यले भने, ‘सिंहको समर्थन पाएका शाक्यको पक्षमा उभिएर थापाले नेता सिटौलालाई पृथक रूपमा जवाफ फर्काएका छन्।’

ती नेताले थापाको उपस्थितिलाई रणनीतिक जवाफ भनी अर्थ्याए। सिटौला र थापा फरक–फरक उम्मेदवारको पक्षमा उभिनु र लबिङमा जुट्नुले यसपटक दुई नेताबीच सहकार्य हुने सम्भावना लगभग टरेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
फेरि सर्‍यो कांग्रेस महाधिवेशन, कात्तिक २७ देखि तल्लो तहका अधिवेशन

परिवर्तित कार्यतालिकाअनुसार अब केन्द्रीय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म हुने भएको छ। यसअघि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले मंसिर ९

अबदेखि चिकित्सकको लाइसेन्स परीक्षामा सीप परीक्षण हुने, यस्तो छ कार्यविधि

काठमाडाैं – नेपाल मेडिकल काउन्सिलले चिकित्सक लाइसेन्स परीक्षामा अबदेखि लिखित परीक्षापछि प्रयोगात्मक (सीप परीक्षण) परीक्षा समेत लिने भएको छ। काउन्सिलले

न्यायालय विवादबारे पूर्वन्यायाधीश भन्छन्- दलहरुले राज्य सञ्चालनमा सुशासन कायम नगर्दाकाे…

काठमाडौं – सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीले अहिले न्यायालयमा देखिएको समस्याको समाधान आपसी समझदारीमा हल गरिनुपर्ने बताएका छन्। आफूले तत्काल

प्रतिनिधिसभाको बैठक भोलि, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – प्रतिनिधिसभाको बैठक भोलि बिहीबार बस्दै छ। संघीय संसद सचिवालयका अनुसार बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ। सचिवालयका