१८ महिनापछि खुल्यो जोगबनी नाका


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


विराटनगर । मोरङको जोगबनी नाका १८ महिनापछि खुलेको छ। विराटनगरस्थित रानी–जोगबनी नाका १८ महिनापछि शनिबारदेखि पूर्णरूपमा खुला भएको हो।

नाकाबाट अब साविककै जसरी मोटरसाइकल, कार, जिप, सिटी रिक्सा, साइकलगायतका साना तथा ठूला सवारी साधन आवतजावत खुला भएको भन्सार प्रशासनले जनाएको छ।

दुई साताअघि सरकारले सबै सीमा नाका पूर्णरुपमा खुला गर्ने निर्णय गरेको थियो। विराटनगरस्थित रानी भन्सार नाकाबाट कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले २०७६ चैत १२ गते लकडाउन गरेदेखि मालबाहक सवारी बाहेकका सवारी साधन चलेका थिएनन्।

सीमा नाका पूर्णरुपमा खुला भएपछि सर्वसाधारणले सीमावर्ती भारतीय बजार जोगबनीमा घरायसी उपयोगका सामग्री किनमेलका लागि निजी सवारी लिएर जाने क्रम पुनः सुरु भएको छ।

चाडपर्वको बेला यो नाका भएर हजारौँ नेपाली भारतीय बजारमा दैनिक उपभोग्य सामान किन्न जाने गरेका छन्।

भारतबाट आउने नेपाली तथा भारतीय नागरिकलाई रानी नाकास्थित हेल्थ डेस्कमा एन्टिजेन परीक्षण गरेर मात्रै नेपाल प्रवेश गर्न दिने व्यवस्था मिलाइएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
फेरि सर्‍यो कांग्रेस महाधिवेशन, कात्तिक २७ देखि तल्लो तहका अधिवेशन

परिवर्तित कार्यतालिकाअनुसार अब केन्द्रीय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म हुने भएको छ। यसअघि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले मंसिर ९

अबदेखि चिकित्सकको लाइसेन्स परीक्षामा सीप परीक्षण हुने, यस्तो छ कार्यविधि

काठमाडाैं – नेपाल मेडिकल काउन्सिलले चिकित्सक लाइसेन्स परीक्षामा अबदेखि लिखित परीक्षापछि प्रयोगात्मक (सीप परीक्षण) परीक्षा समेत लिने भएको छ। काउन्सिलले

न्यायालय विवादबारे पूर्वन्यायाधीश भन्छन्- दलहरुले राज्य सञ्चालनमा सुशासन कायम नगर्दाकाे…

काठमाडौं – सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीले अहिले न्यायालयमा देखिएको समस्याको समाधान आपसी समझदारीमा हल गरिनुपर्ने बताएका छन्। आफूले तत्काल

प्रतिनिधिसभाको बैठक भोलि, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – प्रतिनिधिसभाको बैठक भोलि बिहीबार बस्दै छ। संघीय संसद सचिवालयका अनुसार बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ। सचिवालयका