खाेला तर्न ब्याज काढेर पैसा, पुल बन्ने आसमै बिते आठ वर्ष


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


‘झट्ट हेर्दा हामी सुगममा छौं। तराईको समथर भूमिमा बसिरहेका छौं। तर, हामीलाई हुम्ला–जुम्लाका बासिन्दाको भन्दा कम दुःख छैन। कठिन टापुको बसाइ भएको छ।’

यो पीडादायी अनुभूति भजनी नगरपालिकाअन्तर्गत लालबोझीका जनताको हो। 

उनीहरूले भने जस्तै दक्षिणको मोहना, उत्तरको कान्द्रा, काँढा र पूर्वतिरबाट बहने पथरैया नदीले लालबोझीका जनतालाई टापुको बास बनाइदिएको छ।

बर्सेनि वर्षायाममा उनीहरू डुबान, कटानलगायत थुप्रै समस्याबाट पीडित हुँदै आएका छन्। अन्य समयमा पनि उनीहरूलाई कम्ता कहर हुँदैन। भजनी नगरपालिकाका दुई वडाका बासिन्दा त्यही टापुमा रहेर कष्टपूर्ण जीवन बिताउन बाध्य छन्।

जहाँका नागरिकले नगरपालिका जान डुंगाको जोखिम मोल्नुपर्छ। त्यो पनि पैसा तिरेर।

एक किनारामा दुःख, अर्को किनारामा सेवा

लालबोझीका जनता कान्द्रा नदीको वारि किनारामा सास्ती खेपिरहेका हुन्छन्। नदी वारिबाट पारिपट्टि देखिन्छ नगरपालिकाको भवन, विद्यालय, अस्पताल, त्योसँगैको पिच बाटो। तर, त्यही नगरका वारिपट्टिका जनताले आफूलाई टापुका बासिन्दाको महसुस गरिरहेका हुन्छन्।

कारण हो, कान्द्रा नदीमा पक्की पुल निर्माण गर्न २०६८ जेठ ३१ गते ठेक्का सम्झौता भए पनि हालसम्म बन्न नसक्नु। जसले गर्दा प्राणको बाजी लगाएर नै लालबोझीका जनता नदी वारपार गर्न विवश छन्।

स्थानीय तहको निर्वाचनमा पुल निर्माणको मुख्य एजेन्डा बनाएर नेताहरूले चुनाव जिते। जनप्रतिनिधि बनेको पनि तीनवर्ष पूरा भइसकेको छ। तर, चुनाव जितेपछि थुप्रै जनताले आफ्ना प्रतिनिधिलाई भेट्न पाएका छैनन्।

स्थानीयले सुनाए, ‘चुनाव जितेपछि जनप्रतिनिधिले पुलको प्रगति कस्तो छ भनेर एकपल्ट पनि चासो देखाएका छैनन्।’ लालबोझीका मछला रानाले चुनाव जितेपछि जनप्रतिनिधि फर्केर नआएकामा गुनासो पोखे।

८ वर्षयता निर्माणाधीन पक्की पुललाई टुलुटुलु हेर्दै पैसा तिरेर डुंगाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने आफूहरूको बाध्यता रहेको उनले सुनाए। ‘लालबोझीबाट धनगढी निक्कै टाढा छ,’ उनले भने, ‘नजिकको बजार भजनी नै हो, त्यहाँ पुग्न ज्यानको बाजी लगाउनुपर्छ।’

स्थानीयका अनुसार वर्षायाममा खोलामा पानीको सतह बढ्दा डुंगासमेत बन्द हुन्छ। ‘त्यही बेला कसैलाई स्वास्थ्यमा गम्भीर समस्या आयो वा सुत्केरी बेथा लागेमा अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता छ,’ भजनी–५ लालबोझीका मानबहादुर साउदले भने, ‘हामीले सबै सरकारलाई यो समस्या सुनाइसक्यौं, तर कसैले सुन्दैनन्।’

‘हाम्रो व्यापारिक क्षेत्र भजनी हो, शैक्षिक संस्था नदीपारि नै छन्। विद्यार्थीले स्कुल जाँदा, आउँदा सधंै पैसा तिर्नुपर्छ,’ उनले भने। पुलकै कारण धेरै बालबालिका विद्यालय जान वञ्चित हुनुपरेको उनले सुनाए। 

वडा ७ की कमला डगौराले पुल निर्माण सुरु भएपछि मात्रै नदी तर्नेक्रममा ७ जनाले ज्यान गुमाइसकेको बताइन्। ‘वर्षायाममा जरुरी काम पर्दा भजनीनै जानुपर्छ,’ उनले भनिन्, ‘नदीमा पानीको सतह बढ्दा डुंगा पल्टिएरै धेरैले ज्यान गुमाइसकेका छन्।’ सुख्खायाममा नदीमाथि काठको अस्थायी पुल निर्माण गरिने भए पनि वर्षायाममा डुंगाको विकल्प नभएकोमा उनी खिन्न हुन्छिन्। 

स्थानीय महेन्द्र रेग्मीले पुलको पिल्लर हाल्नमात्रै तीनवर्ष लागेको सुनाए। ठेकेदारको चरम लापरबाहीका कारण ८ वर्षसम्म पनि पुल निर्माण हुन नसकेको उनको ठम्याइ छ।

‘पुलको पिल्लर तयार पार्न मात्रै तीनवर्ष लाग्यो,’ उनले भने, ‘दुई वर्ष भइसक्यो, पुलको ढलान हुनसकेको छैन। सरकार के हेरेर बसेको छ, थाहा छैन?’ 
न्युन आर्थिक अवस्थाका स्थानीयले पुल तर्दा होस् वा डुंगा तर्दा १०–१० रुपैयाँ तिर्नुपर्ने बाध्यता भएको बताउँदै उनले भने, ‘पुल  र डुंगा तर्नकै लागि पनि ब्याजमा ऋण निकाल्नुपर्ने बाध्यता छ।’ 

पुल नभएका कारण आफूहरू पहाडको अनकन्टार क्षेत्रमा बसेजस्तो आभाष भइरहेको उनले बताए। ‘वर्षायाममा खोजेको बेला डुंगा पाइँदैन, प्रशासनिक कामका लागि जाँदा एक घण्टामा हुने कामका लागि चारदिन बित्छ।’

यस्तो भन्छ- सरोकारवाला निकाय

भजनी नगरपालिकाकी उपमेयर छायाँ देवकोटाले भने पुल छिटोभन्दा घिटो निर्माण गर्न ठेकदारलाई दबाब दिइरहेको बताइन्। ‘हामीले ठेकेदारसँगै हुलाकी सडकका प्रमुखलाई समेत पटक–पटक भेटेर छिटो पुलको काम सक्न दबाब दिइरहेका छौं,’ उपमेयर देवकोटाले भनिन्, ‘असार मसान्तभित्र पुलमा हिँड्न मिल्ने गरी कामसक्ने आश्वासन सबै क्षेत्रबाट आएको छ।’

हुलाकी सडक डिभिजन कार्यालय धनगढीका इन्जिनियर पदमबहादुर मडैले पहिलो पटक पुलको डिजाइन असफल भएका कारण निर्माण कार्य लम्बिएको बताए। ‘पहिलो पटक डिजाइन गरिएको पुलको फान्डेसन सफल भएन,’ उनले भने, ‘२०७२ मा पुनः अर्को डिजाइन गर्ने निर्माण गरी नयाँ तरिकाले काम सुरु गरियो, जसले पुल बन्न समय लागेको हो।’

उनका अनुसार दोस्रो पटकको डिजाइनपछि ४ करोड २४ लाख रुपैयाँ लागतमा बन्ने गरी लामा, बिरुवा र साप्ला शेर्पा कन्स्ट्रक्सनले संयुक्त ठेक्का पाएको थियो। २०७५ असारसम्म पुल बनाउने सम्झौता भए पनि ठेकेदार कम्पनीले तोकेको समयावधिमा भने पुल निर्माण गर्न सकेन। हाल २०७७ माघसम्म पहिलो म्याद थप गरिएको बताउँदै इन्जिनियर मडैले त्यसपछि पनि पुल नबने ठेकेदारलाई कारबाही गरिने जानकारी गराए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोरोना खोपबारे गलत सन्देश फैलाएपछि फेसबुक र युट्युबले हटाए राष्ट्रपतिकाे…

एजेन्सी – कोरोना खोपले एड्स गराउने भन्दै अफवाह फैलाउने भिडियोलाई सामाजिक सञ्जाल फेसबुक र युट्युबले हटाएको छ। ब्राजिलका राष्ट्रपति जेर

प्रधानन्यायाधीश-न्यायाधीश विवाद : सर्वोच्चमा आज पनि बस्न सकेन इजलास

काठमाडौं – प्रधानन्यायाधीश र न्यायाधीशहरुबीचको विवादका कारण मंगलबार पनि सर्वोच्च अदालतमा इजलास बस्न सकेन। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार ७ वटा

१५ न्यायाधीशको अडान- प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म सुनुवाइ गरिँदैन

काठमाडौं – सर्वोच्च अदालतका १५ न्यायाधीशहरुको छलफल सकिएको छ। उनीहरुले सर्वोच्च अदालत परिसरमा मंगलबार दिउँसो भएको छलफलमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले

चीनमा फेरि लकडाउन, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आदेश

एजेन्सी – कोरोना संक्रमण फैलिएपछि चीनको गान्सु प्रान्तमा लकडाउन घोषणा गरिएको छ । ४० लाख मानिसहरुको बसोबास रहेको लान्जहोउ सहरमा