एनसेलको पेजी डेटा शुल्क प्रतिएमबी मात्र १ रुपैयाँ


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


काठमाडौं-

एनसेल आजियाटा लिमिटेडले यसपालि चाडपर्वका लागि विभिन्न योजना सार्वजनिक गरेको छ। चाडपर्वका अवसरमा एनसेलले पे एज यु गो (पेजी) डेटा शुल्क घटाई प्रतिएमबी १ रुपैयाँ बनाएको छ। साथै ग्राहकले अब ५० रुपैयाँ वा त्यसभन्दा बढीको हरेक रिचार्जमा बोनस स्वरूप ब्यालेन्स वा डेटा पाउन सक्नेछन्।

यो योजनासँगै एनसेलका ग्राहकले अब सुलभ दरमा कुनै पनि प्याक खरिद नगरी आफ्नो मेन ब्यालेन्सबाटै डेटा प्रयोग गर्न सक्छन्। ग्राहकले ५० प्रतिशत छुटमा करबाहेक १ रुपैयाँ प्रतिएमबीमा डेटा सेवा लिनसक्छन्।

दसैं, तिहार र छठका अवसरमा ल्याइएको पेजीअन्तर्गत १ रुपैयाँ प्रतिएमबी अफर बुधबार (असोज २०) र रिचार्जमा बोनस योजना शुक्रबार (असोज २३) बाट लागु भएको छ। यो योजना ९० दिनसम्म चल्ने छ।

रिचार्जमा बोनस योजनाअन्तर्गत ग्राहकले रिचार्ज गरेको रकमका आधारमा बोनस ब्यालेन्स तथा डेटा प्राप्त गर्नेछन्। ५० देखि ९९ रुपैयाँसम्म ब्यालेन्स रिचार्ज गर्नेले ५ देखि १० प्रतिशतसम्म बोनस ब्यालेन्स वा ५० एमबी देखि २ सय ५० एमबीसम्म एक दिनको समयसिमा रहेको डेटा भोलुम प्राप्त गर्ने एनसेलले जनाएको छ।

त्यस्तैगरी १ सयदेखि १ सय ९९ सम्म ब्यालेन्स रिचार्ज गर्नेले तीन दिन समयसिमा रहेको ५ देखि १२ प्रतिशतसम्म बोनस ब्यालेन्स वा १ सय ५० एमबीदेखि ५ सय एमबीसम्मको डेटा भोलुम, २ सय वा त्यसभन्दा बढी रिचार्ज गर्नेले पाँच दिन समयावधिको ५ देखि १५ प्रतिशतसम्म बोनस ब्यालेन्स वा ५ सय एमबीदेखि १ हजार ५ सय एमबीसम्म डेटा भोलुम पाउनेछन्।

डेटा प्याकमार्फत डेटा प्रयोग सबैभन्दा राम्रो विकल्प भए तापनि पेजी शुल्क छुटले ग्राहकमाझ मेन ब्यालेन्सबाट पनि सुलभ दरमा डेटा सेवा सुनिश्चित गरेको एनसेलको भनाइ छ। चाडपर्व अफरअन्तर्गत पेजीमा छुट र रिचार्जमा बोनस योजनाले ग्राहकलाई ठूलो महत्व राख्ने र आफ्ना परिवारजन, साथीभाईसँग सम्पर्कमा रहिरहन थप मद्दत गर्ने विश्वास एनसेलको छ।

त्यसैगरी एनसेलले असोज २० बाट चाडपर्वकै अवसरमा ग्राहकले आफ्ना परिवारजन, साथीभाइ र आफन्तले मलेसिया, युनाइटेड अरब इमिरेट्स (युएई) र साउदी अरबबाट गरेको कलमा हरेक साता २१ थान स्मार्टफोन जित्ने मौकासहितको आकर्षक योजना पनि ल्याएको छ। यसका साथै विदेशमा रहेका परिवारजन वा साथीभाइबाट आफ्नो मोबाइलमा ब्यालेन्स रिचार्ज प्राप्त गर्ने ग्राहकले पनि हरेक साता एकथान स्मार्टफोन पाउन सक्ने तथा यो योजना असोज २१ बाट पाँच साता सञ्चालनमा रहने एनसेलले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
एकीकृत समाजवादीका ३३५ नेताले पाए जिम्मेवारी [सूचीसहित]

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीका विभिन्न विभाग र किमिटीहरुमा जिम्मेवारी तोकेको छ। ३३५ नेतालाई भूगोल र विभागको

बन्दीप्रत्यक्षीकरणको मुद्दा ‘बंक’ गर्ने न्यायाधीशविरुद्ध रिट

काठमाडौं – बन्दीप्रत्यक्षीकरणको मुद्दासमेत सुनुवाइ नगरेको भन्दै स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले १८ जना न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने

थपिए ६७२ कोरोना संक्रमित, ८ को मृत्यु

काठमाडाैं – पछिल्लो २४ घण्टामा देशभर ६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार २४

बागमती प्रदेश : शाक्यकाे राजीनामा स्वीकृत, नयाँ सरकार गठनको आह्वान

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुझाएकाे राजीनामा स्वीकृत भएकाे छ। बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले शाक्यकाे राजीनामा स्वीकृत गर्दै नयाँ