‘महानायक’ विवाद : ‘डाँडाको बर-पीपल’ लाई गालीको ओइरो


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


काठमाडाैं – चलचित्र ‘डाँडाको वर पिपल’लाई गालीको आइरो लागेको छ। असोज ३ बाट युट्युबमा सार्वजनिक भएको चलचित्रकाे गीत ‘देउराली बनेछ ढुंगा’ बोलको गीत यो समाचार तयार पर्दासम्म ४ लाख १२ हजार पटक हेरिएको छ।

जसमा ८ हजार कमेन्ट मात्रै प्राप्त भएको छ। अधिकांश कमेन्टमा गीतको बारेमा कुनै पनि किसिम प्रतिक्रिया छैन। कमेन्टमा महानायक राजेश हमाल हुने भन्ने खालका कमेन्ट छन्। गीतलाई १३ हजार लाइक प्राप्त भएको छ भने ५१ हजार डिसलाइक प्राप्त भएको छ।

असोज १७ मा सार्वजनिक गरिएको ट्रेलरमा पनि उस्तै खालका प्रतिक्रिया प्राप्त भएको छ। अहिलेसम्म एक लाख २० हजार पटक हेरिएको छ। १५ सय कमेन्ट प्राप्त भएको छ। चार हजार लाइक प्राप्त भएको छ। ११ हजार डिसलाइक प्राप्त भएको छ।

असोज २१ गते सार्बजनिक भएको ‘तिमी साथमा हुदाँ’बोलको गीतमा पनि ३ हजार लाइक प्राप्त भएको छ। ४ हजार डिस लाईक प्राप्त भएको छ।

निर्देशक सोभित बस्नेतले महानायक भुवन केसी हुन भनेर दिएको अभिव्यक्ति कारण महानायक राजेश हमालका फ्यानले फिल्म बहिस्कार गर्ने समेत बताएका थिए।

पछि निर्दशक बस्नेतले महानायक राजेश हमाल नै भएको स्वीकार गरेका थिए। उनले राजेश हमालसँग भेट गरेर माफी समेत मागेका थिए।

चलचित्रमा अभिनेता भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, शोभित बस्नेत, सोलन बस्नेत, विनोद न्यौपाने, रुविना थापालगायतका कलाकारले अभिनय गरेका छन्।

फिल्मका लेखक र निर्माता नवराज गिरी हुन्। शुसान्त प्रजापतिले छायांकन गरेको फिल्मलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन्। पटकथा राम काजी घिमिरेले गरेको छन् भने फिल्मका निर्देशक शोभित बस्नेत हुन्। चलचित्र दसैंको छेको पारेर असोज २६ बाट रिलिज हुँदैछ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
न्यायालय विवादबारे पूर्वन्यायाधीश भन्छन्- दलहरुले राज्य सञ्चालनमा सुशासन कायम नगर्दाकाे…

काठमाडौं – सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीले अहिले न्यायालयमा देखिएको समस्याको समाधान आपसी समझदारीमा हल गरिनुपर्ने बताएका छन्। आफूले तत्काल

प्रतिनिधिसभाको बैठक भोलि, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – प्रतिनिधिसभाको बैठक भोलि बिहीबार बस्दै छ। संघीय संसद सचिवालयका अनुसार बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ। सचिवालयका

सिंहदरबारकाे संसद सचिवालयमा गोली चल्याे

काठमाडौं – देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र गोली चलेको छ। काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालका

मुख्यमन्त्रीमा पाण्डेको दाबी पेश, भोलि सपथग्रहण

पाण्डेले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसहितका सांसदहरूको समर्थनमा दाबी पेश गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।प्रदेश