जनकपुरमा दसैंको उल्लास : शक्तिपीठहरूमा श्रद्धालुको घुइँचो [भिडियाे तथा तस्बिरहरू]


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


जनकपुरधाम – दसैं सुरु भएसँगै जनकपुरका शक्तिपीठहरूमा श्रद्धालुहरूको घुइँचो देखिन थालेको छ। वडादसैंअन्तर्गत मंगलबार फुलपातिका दिन शक्तिपीठहरूमा पूजाआजाका लागि पुग्ने श्रद्धालुहरूको भीडभाड बढेको हो।

राजा जनकको कुलदेवता भनिने जनकपुरको प्रमुख शक्तिपीठ राजदेवी मन्दिर आकर्षणको मुख्य केन्द्र बनेको छ। राजदेवी मन्दिरमा पूजाआजा गर्न सोमबार मध्यरात देखि नै श्रद्धालुहरूको भीडभाड रहेको पूजा संयोजन गरिरहेका स्थानीय महावीर युवा कमिटीका अध्यक्ष बलराम साहले जानकारी दिए।

भिडियाे : मनिषरमण साह

साहका अनुसार गत वर्षभन्दा यसपटक मन्दिरमा पूजाआजा गर्न आउनेहरूको संख्या बढी देखिएको छ।

राजदेवी मन्दिरका साथै मुर्ती स्थापना गरेर पूजाआजा गरिने मुरली चोकस्थि दुर्गा मन्दिर, रामानन्द चोक, भ्रमरपुरा चोकका साथै पिडडिया माइस्थान, रजौललगायतका स्थानमा श्रद्धालुहरूको भीडभाड बढेको छ।

यसैबीच राजदेवी मन्दिरका साथै पूजा हुने स्थानहरूमा महिला ब्रतालुहरू मंगलबारदेखि नै ‘खोइँछ’ भरिरहेका छन्। मुख्यतः अष्टमी तिथिका दिन ‘खोइँछ’ भर्ने गरिए पनि भीडभाड बढेपछि सप्तमीदेखि नै सुरू गरिएको पूजा आयोजकहरूले जनाएका छन्।

यसका साथै राजदेवी मन्दिरमा प्रसाद चढाउनेहरूको पनि बिहानैदेखि ठूलो लाइन लागेको छ। अष्टमीका लागि प्रसाद चढाउने कार्य मंगलबार मध्यरातदेखि सुरू हुने महावीर युवा कमिटीले जनाएको छ। अष्टमीका दिनमात्रै राजदेवी मन्दिरमा लाखौं श्रद्धालुले प्रसाद चढाउने गरेका छन्।

अष्टमी तिथिको राति राजदेवी मन्दिरमा बोकाबली दिइन्छ। वर्षमा एकपटक अष्टमी तिथिको राति हुने बोकाबलीमा १४ हजारभन्दा बढी बोकाबली हुने गरेको छ।

तस्बिरहरू : बुधेश्वर रजक


प्रतिक्रिया दिनुहोस्
थप समाचार
मुख्यमन्त्रीमा पाण्डेको दाबी पेश, भोलि सपथग्रहण

पाण्डेले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसहितका सांसदहरूको समर्थनमा दाबी पेश गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।प्रदेश

एकीकृत समाजवादीका ३३५ नेताले पाए जिम्मेवारी [सूचीसहित]

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीका विभिन्न विभाग र किमिटीहरुमा जिम्मेवारी तोकेको छ। ३३५ नेतालाई भूगोल र विभागको

बन्दीप्रत्यक्षीकरणको मुद्दा ‘बंक’ गर्ने न्यायाधीशविरुद्ध रिट

काठमाडौं – बन्दीप्रत्यक्षीकरणको मुद्दासमेत सुनुवाइ नगरेको भन्दै स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले १८ जना न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने

थपिए ६७२ कोरोना संक्रमित, ८ को मृत्यु

काठमाडाैं – पछिल्लो २४ घण्टामा देशभर ६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार २४