बैंकहरुकाे मनपरी ब्याजदर नियन्त्रण गर्न कडा नीति ल्याउँदै राष्ट्र बैंक


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


काठमाडाैं – पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरुले आफू खुसी ब्याजदर निर्धारण गरिरहँदा नेपाल राष्ट्र बैंकले भने कडा नीति अबलम्बन गर्ने भएको छ। एकीकृत निर्देशन संसोधन गर्दै राष्ट्र बैंकले ब्याजदरमा बैंक तथा वित्तीय संस्थाहरुले गरिरहेको मनपरी रोक्ने प्रयास गरेको हो।

केन्द्रीय बैंकले संसोधित निर्देशन सोमबार जारी गर्दै विभिन्न प्रकारका बचत खाताहरुमा दिइने व्याजदरको अन्तर २ प्रतिशत विन्दु भन्दा बढीले फरक पार्न नपाइने व्यवस्था गरेको छ।

‘बचत खाताको ब्याजदर बढाउँदा वा नयाँ बचत खाता विकास गर्दा सबै प्रकारका बचत खाताको ब्याजदर बढ्ने र ब्याजदर घटाउँदा सबै प्रकारका बचत खाताको ब्याजदर घट्ने गरी ब्याजदर समायोजन गर्नु पर्नेछ’– संसोधित निर्देशनमा भनिएको छ।

राष्ट्र बैंकले कर्जाको ब्याजदरमा हुने मनपरीलाई पनि नियन्त्रण गर्ने उद्देश्यले केही नीतिगत व्यवस्था गरेको छ। ‘कुनै पनि कर्जा आधारदर भन्दा कम व्याजदरमा प्रवाह गर्न पाइने छैन।’ संसोधित निर्देशनमा भनिएको छ–‘कर्जाको ब्याजदर वृद्धि गर्दा त्रैमासिक औसत आधार दरमा भएको वृद्धिसम्म मात्र वृद्धि गर्न सकिनेछ र यस्तो वृद्धि एक त्रैमासमा एकपटक मात्र गर्न सकिनेछ। तर, त्रैमासिक औसत आधार दर बृद्धि हुँदा ब्याजदर बृद्धि नगर्न, ऋणीसंगको सहमतिमा स्थिर ब्याजदर कायम गर्न तथा जुनसुकै समयमा पनि ब्याजदर घटाउन यस व्यवस्थाले बाधा पर्ने छैन।’

यसरी त्रैमासिक रुपमा औसत आधारदरमा परिवर्तन हुँदा ब्याजदरमा परिवर्तन हुने/नहुने सम्बन्धमा ऋणीलाई अफर लेटरमा स्पष्ट रुपमा उल्लेख गरी अनिवार्य जानकारी दिने व्यवस्था गर्नुपर्नेछ। परिवर्तनीय ब्याजदर आधरदरसँग आबद्ध गर्दा इजाजतपत्र प्राप्त संस्थाको कोर बैंकिङ सिस्टममार्फत त्रैमासिक औसत आधार दरमा भएको परिवर्तन अनुसार स्वतः ब्याजदर परिवर्तन हुने प्रणालीको व्यवस्था गर्नु पर्ने व्यवस्थासमेत राष्ट्र बैंकले गरेको छ।

यसैगरी, १० वर्षदेखि शून्य मौज्दात रही कारोबार नभएका खाताहरु इजाजतपत्र प्राप्त संस्थाले सार्वजनिक सूचना प्रकाशन गरी बन्द गर्न सक्ने व्यवस्था भएको छ। तर, यस्तो खाताको विवरण बैंकको वेबसाइटमा उपलब्ध हुनुपर्ने उल्लेख छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
फेरि सर्‍यो कांग्रेस महाधिवेशन, कात्तिक २७ देखि तल्लो तहका अधिवेशन

परिवर्तित कार्यतालिकाअनुसार अब केन्द्रीय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म हुने भएको छ। यसअघि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले मंसिर ९

अबदेखि चिकित्सकको लाइसेन्स परीक्षामा सीप परीक्षण हुने, यस्तो छ कार्यविधि

काठमाडाैं – नेपाल मेडिकल काउन्सिलले चिकित्सक लाइसेन्स परीक्षामा अबदेखि लिखित परीक्षापछि प्रयोगात्मक (सीप परीक्षण) परीक्षा समेत लिने भएको छ। काउन्सिलले

न्यायालय विवादबारे पूर्वन्यायाधीश भन्छन्- दलहरुले राज्य सञ्चालनमा सुशासन कायम नगर्दाकाे…

काठमाडौं – सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीले अहिले न्यायालयमा देखिएको समस्याको समाधान आपसी समझदारीमा हल गरिनुपर्ने बताएका छन्। आफूले तत्काल

प्रतिनिधिसभाको बैठक भोलि, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – प्रतिनिधिसभाको बैठक भोलि बिहीबार बस्दै छ। संघीय संसद सचिवालयका अनुसार बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ। सचिवालयका