दसैं : ‘कालिपारे’का काँधमा बज्ने ती ‘टेपरिकार्ड’


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


‘हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा, भवानीको भयो पूजा चल्यो आनन्दको वर्षा…’ लेखनाथ पौड्यालका यी काब्यहरफहरुले दसैंको भान दिन्छ।

गाउँवस्ती अनि सहर-बजार कुनै बेला थियो, दैंसैका लागि खानेकुरा साँचेर राखिन्थ्यो। त्यो समय दुःख कष्ट सहेर हिन्दु धर्मावलम्विहरू बडा दसैंका लागि मिठोमसिनो संगालेर राख्थे।

नेपालगन्जमा अर्को एउटा रौनक हुन्थ्यो रामललीलाको। रातभरि त्रिभुवन चोकको सडकमा देवी माँको भब्य मूर्तीहरू राखिन्थ्यो। सडकभरि दरी बिछ्याइन्थ्यो। पण्डालमुनि चाकलमारी बसिन्थ्यो। भिडियोमा ‘रामलीला’ हेरिन्थ्यो। झिलिमिली बत्तीमा रातको रौनक बेग्लै हुन्थ्यो। पछिल्ला केही बर्षमा रामलीला आयोजना हुन रोकियो। कोभिड महामारीले २०७७ सालको रामलीला रोकियो, यो पटक रामलीला लाग्ने ठाउँमा नेपाली सेनाले लिङ्गे पिङ बनाईदियो। सर्वसाधारण रामलीलालाई सम्झँदै पिङमा रमाइरहेका छन्।

उसो त दूरदराजका ग्रामीण भेगहरूमा जहाँ विकासका पूर्वाधार अझै पुगेका छैनन्, सडक सञ्जालले छुन सकेको छैन त्यहाँ अहिले पनि दसैका लागि भनेर मिठो मसिनो साँचेर राख्ने चलन अझै छ।  केटाकेटीलाई नयाँ कपडा किन्न सदरमुकामका बजारसम्म पुग्न अहिले पनि धौ-धौ छ कतिपय ग्रामीण भेगहरूमा।

बसन्त कुमार उपाध्याय

खासगरी महाभारत पर्वत र चुरे पहाडको आसपास क्षेत्रमा दसैंको रौनक बेग्लै हुनेगर्छ। हिमालपारि पनि आफ्नै तरिकाको मस्तीमा मनाईन्छ दसैं।

म फेरी नेपालगन्ज फर्किन चाहन्छु, नेपालगन्जको रामलीलाको इतिहास करिव १ सय ५२ बर्षभन्दा पुरानो छ। नेपालगन्जस्थित रामलीला मैदानबाट सुरू भएको शोभा यात्रा मुल सडकबाट गुज्रिएर फेरि रामलीला मैदानमै पुगेर सुरू हुन्थ्यो। लगभग सन् १९२५ देखि सञ्चालन भएको रामलीला मञ्चन गर्ने परम्परा दुई वर्ष यता रोकिएको छ।

रामलीलाला मञ्चन गर्न लाखौं खर्च हुन्थ्यो। भारतको वृन्दावनबाट कलाकारहरू ल्याईन्थ्यो। सिमावर्ती सहर भारतका उत्तरप्रदेशबाट रामलीला हेर्न आउनेहरुको घुँईचो हुन्थ्यो।

कालापार गएका पहाडी भेगका नेपाली दाजुभाईहरू रुपैडियाको बाटो भएर काँधमा रेडीयो-टेप घन्काउँदै देश फर्किन्थे। टाँगा र रिक्सावालालाई पनि कालिपारे आउने समयको पर्खाई हुन्थ्यो। कालिपारेहरूबाट मनग्य कमाई हुने भएकाले रिक्सा टाँगा चलाउनेहरुलाई दसैं अझ फलिफाप हुन्थ्यो। अब ती टाँगावालाहरू छैनन्, प्याडल रिक्साहरू पनि हराइसकेका छन्। प्रविधिको विकासले पनि होला।

भारतका विभिन्न सहरहरूबाट मजदुरी गरेर फर्किने ती कालीपारेहरू परिवारसँगको मिलनलाई मनमा सङ्गालेर नेपालगन्जमा नयाँ कपडाहरु किन्थे। बजारको भिडभाड र रौनक बेग्लै हुन्थ्यो।

नेपालगन्ज साविकको मध्य पश्चिमको मुख्य बाटो। सहरका हिसाबले किनमेलको केन्द्र पनि हो। पछिल्ला वर्षहरूमा नेपालगन्जको पहिचान केही बदलिएको पो हो कि झैं लाग्छ। संस्कृति परम्परामा आएका बदलाव अनि बढ्दो बजारीकरणको प्रभाव अब नेपालगन्जमा उस्तो चहलपहल रहेन। कालिपारेका काँधमा रेडियो अनि ‘टेपरिकर्ड’हरू हुँदैनन्। जब ती रेडियो अनि टेपहरूमा हिन्दी गीत घन्किन्थे अनि लाग्थ्यो, दसैं आएछ। अब समय फेरिएको छ। कालीपारेका काँधहरू फेरिएका छन्।

न त रामलीला नै रह्यो, न त त्रिभुवन चोकमा चल्ने भिडियो प्रदर्शनको चलन बाँकी रह्यो। इन्टरनेट र डिजिटल मिडियाको प्रभावले पनि संस्कृति परम्परालाई अलि फरक बनाइदिएका छन्।

नेपालगन्जका सडक गल्लिहरुमा राखिएका दुर्गा भवानीका भब्य मूर्ती, भोंपूमा बज्ने भजन। सडकमा जम्मा हुने त्यो चहलपहल विस्तारै इण्टरनेट केन्द्रित हुन थाले। हात हातमा रहेका ग्याजेटहरूले मानिसलाई सार्वजनिक स्थलमा पुगेर रमाउने परम्परालाई चुनौति थप्यो। कोभिड-१९को महामारीले मान्छे-मान्छेदेखि टाढा हुँदै गर्दा संस्कृति र परम्परा पनि अलि दूर-दूर हुन थालेको आभाष थपिएको छ।

दसैंका सम्झना धेरै छन्। यादहरू अनगिन्ति छन्।

सबैलाई दसैंको शुभकामना…


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अबदेखि चिकित्सकको लाइसेन्स परीक्षामा सीप परीक्षण हुने, यस्तो छ कार्यविधि

काठमाडाैं – नेपाल मेडिकल काउन्सिलले चिकित्सक लाइसेन्स परीक्षामा अबदेखि लिखित परीक्षापछि प्रयोगात्मक (सीप परीक्षण) परीक्षा समेत लिने भएको छ। काउन्सिलले

न्यायालय विवादबारे पूर्वन्यायाधीश भन्छन्- दलहरुले राज्य सञ्चालनमा सुशासन कायम नगर्दाकाे…

काठमाडौं – सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीले अहिले न्यायालयमा देखिएको समस्याको समाधान आपसी समझदारीमा हल गरिनुपर्ने बताएका छन्। आफूले तत्काल

प्रतिनिधिसभाको बैठक भोलि, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – प्रतिनिधिसभाको बैठक भोलि बिहीबार बस्दै छ। संघीय संसद सचिवालयका अनुसार बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ। सचिवालयका

सिंहदरबारकाे संसद सचिवालयमा गोली चल्याे

काठमाडौं – देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र गोली चलेको छ। काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालका