जनकपुरको राजदेवी मन्दिरमा मध्यरातदेखि प्रसाद चढाउनेको घुइँचो [फोटोफिचर]


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


जनकपुरधाम – वडादसैंअन्तर्गत महाष्टमीका दिन जनकपुरको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा पुजाआजा गर्ने र प्रसाद चढाउनेको घुइँचो लागेको छ। राम मन्दिर परिसरभित्र रहेको राजदेवी मन्दिरमा मध्यरातदेखि प्रसाद चढाउनेको घुइँचो लागेको हो।

राजदेवी मन्दिरमा पुजा व्यवस्थापन गरिरहेको महावीर युवा कमिटीका सदस्य बलराम साहले मंगलबार राति १२ बजेदेखि प्रसाद चढाउने क्रम सुरू भएको जानकारी दिए।

साहका अनुसार बुधबार दिउँसो २ बजेसम्म प्रसाद चढाउने र महिलाहरूका लागि ‘खोइँछ’ भर्ने समय निर्धारण गरिएको छ।

महाष्टमीका दिन राजदेवी मन्दिरमा नेपाल तथा भारत गरी लाखौंको संख्यामा श्रद्धालुहरू पुग्ने गरेका छन्। गत वर्ष कोराना महामारीका कारण भीडभाड कम भए पनि यसपटक ठूलो संख्यामा श्रद्धालुहरू पुगेका छन्।

प्रसाद चढाउने कार्यक्रम सकिएसँगै राति हुने बोकाबलीको तयारी सुरू गरिने महावीर युवा कमिटीका अध्यक्ष साहले बताए। प्रसाद र खोइँछ भर्ने क्रम सम्पन्न भएपछि मन्दिर सफा गरी आफूहरू साँझको बोकाबलीको तयारीमा जुट्ने उनले बताए।

महाष्टमीको राति राजदेवी मन्दिरमा हरेक वर्ष १४ देखि १५ हजारको संख्यामा बोकाबली हुने गरेको छ। कोरोनाका कारण गत वर्ष बोकाबलीको संख्यामा केही कमी देखिए पनि यसपटक १५ हजारको हाराहारीमा त्यो संख्या पुग्ने अनुमान गरिएको छ। बोकाबलीका लागि गुठी संस्थानले प्रतिबोका २ सय रूपैयाँ शुल्क निर्धारण गरेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिंहदरबारकाे संसद सचिवालयमा गोली चल्याे

काठमाडौं – देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र गोली चलेको छ। काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालका

मुख्यमन्त्रीमा पाण्डेको दाबी पेश, भोलि सपथग्रहण

पाण्डेले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसहितका सांसदहरूको समर्थनमा दाबी पेश गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।प्रदेश

एकीकृत समाजवादीका ३३५ नेताले पाए जिम्मेवारी [सूचीसहित]

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीका विभिन्न विभाग र किमिटीहरुमा जिम्मेवारी तोकेको छ। ३३५ नेतालाई भूगोल र विभागको

बन्दीप्रत्यक्षीकरणको मुद्दा ‘बंक’ गर्ने न्यायाधीशविरुद्ध रिट

काठमाडौं – बन्दीप्रत्यक्षीकरणको मुद्दासमेत सुनुवाइ नगरेको भन्दै स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले १८ जना न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने