‘सर्ट फिल्म’ ले जुर्‍यायो शिवशंकरको ‘जोगिन्दर’ उपनाम


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


काठमाडौं – जोगिन्दरको उपनामले परिचित शिवशंकर रिजालले हिमालय टेलिभिजन कार्यक्रम गर्न थालेको लामो समय भइसकेको छ।

‘जोगिन्दर बोले प्रणामजी’को पहिलो एपिसोडमै तत्कालीन ऊर्जा मन्त्री डा। प्रकाशशरण महतलाई अतिथि बनाएर मैनबत्ती बालेर कार्यक्रम गरेपछि उनी प्रस्तोताको रूपमा स्थापित नै भए।

त्यसयता उनले जोगिन्दरको क्यारेक्टरमा रहेर कार्यक्रम गर्दै आएका छन्। पान पसलेको रूपमा प्रस्तुत हुने उनले आफ्नो क्यारेक्टरलाई मधेशको प्रतिनिधिको रुपमा अगाडि ल्याएका छन् । जोगिन्दरको उपनामले चर्चामा आएका शिवशंकरलाई त्यो नाम र क्यारेक्टर एक सर्ट फिल्मले दिएको हो।

‘मलाई लिएर आशिफ शाहले एउटा सर्ट फिल्म बनाउनु भएको थियो । जहाँ म पान पसलेको रूपमा प्रस्तुत थिए। त्यहीँबाट मैले यो क्यारेक्टरलाई बोकेको हुँ’, जोगिन्दरले भने।

अमेरिकी दूतावासको एक प्रतियोगिताको लागि बनाइएको उक्त सर्ट फिल्म विजेता बनेसँगै जोगिन्दर क्यारेक्टरको चर्चा भयो । त्यसैले गर्दा उनले जोगिन्दरलाई अगाडि बढाउने सोच बनाए।

‘मैले क्यारेक्टरलाई कसरी जीवित राख्ने सोच्दै थिएँ र त्यही समयमा हिमालयन टिभी सुरु भयो । मैले नारायण पुरी दाइसँग सल्लाह गरेर कार्यक्रम सुरु गरे र अहिलेसम्म निरन्तर सञ्चालन गरिरहेको छु’, उनले भने।

उनलाई सर्वसाधारणले पान पसलेसम्म भन्ने गरेका छन्। यस्तो सुन्दा उनी क्यारेक्टरले पाएको मायाले खुसी हुन्छन्। ‘आफूले मेहनत गरेको क्यारेक्टरलाई दर्शकले रिलेट गर्दा खुसी लाग्छ’ जोगिन्दरले भने । प्रायः मेला महोत्सवमा उनले आफूलाई त्यही क्यारेक्टरमा प्रस्तुत गर्ने गरेका छन्।

त्यसो त बेलाबखतमा मधेसी क्यारेक्टरको विवाद पनि निम्तिने गरेका छन् । यद्यपि, उनी आफूले निर्वाह गरेको भूमिका प्रति विश्वस्त छन् । ‘हाम्रो कार्यक्रमले मधेश र मधेसीको संस्कृतिलाई अगाडि ल्याउने कार्य गरेको छ । हामीले क्यारेक्टरमार्फत समुदायलाई असर पर्ने काम गरेका छैनौ’, जोगिन्दरले भने।

उनले मधेसको संस्कृितलाई विदेशमा समेत पुर्‍याएको बताए ।‘हाम्रो संस्कृतिलाई अगाडि बढाउन सक्दो प्रयत्न गर्नु पर्छ’ उनले भने। जोगिन्दरको शो पछिल्लो समय सञ्चालनमा छैन । तर, क्यारेक्टरलाई उनले प्रहसनमार्फत जीवन्त बनाइरहेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
फेरि सर्‍यो कांग्रेस महाधिवेशन, कात्तिक २७ देखि तल्लो तहका अधिवेशन

परिवर्तित कार्यतालिकाअनुसार अब केन्द्रीय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म हुने भएको छ। यसअघि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले मंसिर ९

अबदेखि चिकित्सकको लाइसेन्स परीक्षामा सीप परीक्षण हुने, यस्तो छ कार्यविधि

काठमाडाैं – नेपाल मेडिकल काउन्सिलले चिकित्सक लाइसेन्स परीक्षामा अबदेखि लिखित परीक्षापछि प्रयोगात्मक (सीप परीक्षण) परीक्षा समेत लिने भएको छ। काउन्सिलले

न्यायालय विवादबारे पूर्वन्यायाधीश भन्छन्- दलहरुले राज्य सञ्चालनमा सुशासन कायम नगर्दाकाे…

काठमाडौं – सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीले अहिले न्यायालयमा देखिएको समस्याको समाधान आपसी समझदारीमा हल गरिनुपर्ने बताएका छन्। आफूले तत्काल

प्रतिनिधिसभाको बैठक भोलि, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – प्रतिनिधिसभाको बैठक भोलि बिहीबार बस्दै छ। संघीय संसद सचिवालयका अनुसार बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ। सचिवालयका