भोजमाण्डूको सेवा वीरगञ्जमा विस्तार


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


काठमाडौं – अनलाइन फूड डेलिभरी सेवा भोजमाण्डूको सेवा वीरगञ्जमा समेत विस्तार भएको छ। काठमाडौं उपत्यकामा लोकप्रियता कमाएका भोजमाण्ड्रले आफ्नो सेवा वीरगञ्जमा समेत विस्तार गरेको छ।

भोजमाण्डू फूड प्रालिका कार्यकारी अध्यक्ष सुनिल यादवका अनुसार विजयादशमीको शुभ अवसर पारेर भोजमाण्डूको सेवा असोज २९ गतेबाट वीरगञ्जमा समेत सुरु हुनेछ।

‘वीरगञ्ज केन्द्रीत रहेर हामीले बजारीकरणको सबै काम सकिसकेका छौँ।’ यादवले भने ‘वीरगञ्ज बजार क्षेत्रमा अर्डर आएको २५ देखि ४५ मिनेटभित्र डेलिभरी गर्ने मुख्य योजना रहेको छ र तातो र छिटो खाना, खाजा पुर्‍याउन हामी कटिबद्ध छौँ।’

कार्यकारी अध्यक्ष यादवका अनुसार भोजमाण्डूले पेमेन्टका लागि खल्ती एपसँग सहकार्य गरेको छ। खल्तीबाट पेमेन्ट गर्नेले ५० रुपैयाँ क्यासब्याक र १० प्रतिशतसम्म छुटको अफर समेत रहको अध्यक्ष यादवले बताए।

यस्तै, भोजमाण्डू एप डाउनलोन गर्दा समेत रु. ५० अतिरिक्त लाभ पाइन सकिनेछ। यस्तै, वीरगञ्जमा सेवा प्रारम्भ गरेको अवसरमा भोजमाण्डूले वीरगञ्ज क्षेत्रका होटल तथा रेष्टुराँहरुलाई समेत विशेष छुटको घोषणा गरेको छ। सेवा सुरु भएदेखि ३० दिनसम्म आफूहरूले कुनै कमिसन नलिने यादवले जानकारी दिए। भोजमाण्डू सन् २०१९ अप्रिलदेखि सञ्चालनमा आएको हो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
फेरि सर्‍यो कांग्रेस महाधिवेशन, कात्तिक २७ देखि तल्लो तहका अधिवेशन

परिवर्तित कार्यतालिकाअनुसार अब केन्द्रीय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म हुने भएको छ। यसअघि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले मंसिर ९

अबदेखि चिकित्सकको लाइसेन्स परीक्षामा सीप परीक्षण हुने, यस्तो छ कार्यविधि

काठमाडाैं – नेपाल मेडिकल काउन्सिलले चिकित्सक लाइसेन्स परीक्षामा अबदेखि लिखित परीक्षापछि प्रयोगात्मक (सीप परीक्षण) परीक्षा समेत लिने भएको छ। काउन्सिलले

न्यायालय विवादबारे पूर्वन्यायाधीश भन्छन्- दलहरुले राज्य सञ्चालनमा सुशासन कायम नगर्दाकाे…

काठमाडौं – सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीले अहिले न्यायालयमा देखिएको समस्याको समाधान आपसी समझदारीमा हल गरिनुपर्ने बताएका छन्। आफूले तत्काल

प्रतिनिधिसभाको बैठक भोलि, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – प्रतिनिधिसभाको बैठक भोलि बिहीबार बस्दै छ। संघीय संसद सचिवालयका अनुसार बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ। सचिवालयका