देशभरका शक्ति पीठमा भक्तजनको घुइँचो [फोटो फिचर]


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


काठमाडौं–शक्तिका लागि भगवतीको आशीर्वाद लिने पर्व नवरात्रको आठौँ दिन पनि काठमाडौँ उपत्यकालगायत देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ।

आश्विन शुक्ल पक्ष शक्तिस्वरुपा दुर्गा भवानीको विशेष आराधना गर्ने पर्वका रुपमा चिनिन्छ। वर्षमा चारवटा नवरात्र पर्ने भए पनि शरद ऋतुअन्तर्गत आश्विन शुक्ल पक्षमा पर्ने नवरात्र विशेष रुपमा मनाइन्छ। बडादसैँसमेत भनिने शारदीय नवरात्र देशभर भव्य रुपमा मनाइन्छ। देवीको पूजा, पाठ एवं दर्शन गर्न भक्तजन मन्दिर जाने गर्छन्।

शक्तिपीठमा पनि पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरको विशेष महत्व रहेको विभिन्न पुराणमा उल्लेख गरिएको छ। यही महत्वका कारण आश्विन शुक्ल प्रतिपदादेखि नै यस मन्दिरमा भक्तजनको घुइँचो छ। गत वर्ष कोरोनाका कारण सबैजसो शक्तिपीठ बन्द गरिएको थियो। मन्दिर परिसर पुग्ने भक्तजनले पनि बाहिरबाटै दर्शन गरेर फर्किएका थिए। यस वर्ष कोरोना जोखिम कम भएकाले भक्तजन मन्दिरमा लाम लागी पूजाआराधना गरिरहेका छन्।

यस्तै, गुह्येश्वरी मन्दिरमा विगत वर्षहरुमा भन्दा यस वर्ष पूजा आराधनाका लागि आउने भक्तजनको सङ्ख्या बढेको छ।

गुह्येश्वरीमा भक्तजन बढे, बलि दिने घटे

गुठी संस्थानअन्तर्गतको गुह्येश्वरी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुमित खड्गी मन्दिर पूजा, आराधना र दर्शन गर्न आउने भक्तजनको सङ्ख्या बढे पनि बलिसहित पूजा गर्ने भने घटेको बताउँछन्। गत वर्ष कोरोना महामारीका बेलाभन्दा पनि यस वर्ष बलि दिनेको सङ्ख्या घटेको उनले बताए।

गुह्येश्वरी मन्दिरमा प्राचीनकालदेखि महाअष्टमीका दिन राष्ट्राध्यक्षले पूजाआराधना गर्ने परम्परा छ । विश्वमै प्रसिद्ध शक्तिपीठ भएकाले यो परम्परा बसेको हो।

यसैगरी पशुपति क्षेत्रका वनदेवी, वत्सलेश्वरी, बज्रश्वरी, नवदुर्गाको मूर्ति रहेको क्षेत्र, जयवागेश्वरीलगायत देवी मन्दिरमा पनि भक्तजनको भीड छ । महासरस्वतीका रुपमासमेत पूजाआराधना गरिने जयवागेश्वरी पुनःनिर्माण भइरहे पनि नवरात्रमा पूजा, आराधना र दर्शन गर्न मिल्ने गरी ढोका खुला गरिएको जयवगोश्वरी मन्दिर पुनःनिर्माण समितिका सदस्यसमेत रहेका काठमाडौँ महानगरपालिका–८ का वडा सदस्य विवेक सङ्गतले बताए।

यसैगरी मैतीदेवी, नक्साल भगवती, कालिकास्थान, भद्रकाली, हनुमानढोका दरबार क्षेत्रका शक्तिपीठ, कङ्केश्वरी, बिजेश्वरी, शोभाभगवती, रक्तकाली, श्वेतकाली, दक्षिणकालीलगायत देवी मन्दिरमा पनि पूजा, आराधना र दर्शन गर्ने भक्तजनको घुइँचो छ। कोरोनाको जोखिमका कारण लामो समय घरभन्दा बाहिर ननिस्किएका मानिस पनि उकुसमुकुस भएर शक्तिपीठ पुगेका छन्।

काठमाडौँ उपत्यकाका बज्रबाराही, बज्रयोगिनी, सुन्दरीमाई, चामुण्डादेवी, इन्द्रायणीलगायत मन्दिरमा पनि पूजाआराधना र दर्शनका लागि पुग्ने भक्तजन धेरै छन्। नवदुर्गाको विशेष पूजा गरिने नवरात्रमा शक्तिपीठमा गई पूजाआराधना र दर्शन गरेमा मनाकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ।

यसैगरी उपत्यका बाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभ्रेको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती, ताप्लेजुङको पाथीभरालगायतका शक्तिपीठहरुमा पनि बलिसहित पूजाआराधना गर्ने श्रद्धालु भक्तजनहरुको घुँइचो लागेको छ ।

यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेष रुपमा पूजाआराधना गरिन्छ। नवरात्रमा बलका लागि महाकाली, धनका लागि महालक्ष्मी र विद्याका लागि महासरस्वतीको पूजाआराधना गरिन्छ। यसका साथै सुख, शान्तिका लागि पनि भगवतीसँग प्रार्थना गरिन्छ। महाअष्टमी पर्व विशेष रुपमा शक्ति स्वरुपा भगवतीको प्रार्थना गर्ने दिनका रुपमा लिइन्छ। यस दिन कतिले बलिसहित पूजा गर्छन् भने कतिले सात्विक रुपमा देवीको पूजाआराधना गर्छन्। रासस

तस्बिरहरु-शिव अधिकारी यदुवंशी


प्रतिक्रिया दिनुहोस्
थप समाचार
फेरि सर्‍यो कांग्रेस महाधिवेशन, कात्तिक २७ देखि तल्लो तहका अधिवेशन

परिवर्तित कार्यतालिकाअनुसार अब केन्द्रीय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म हुने भएको छ। यसअघि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले मंसिर ९

अबदेखि चिकित्सकको लाइसेन्स परीक्षामा सीप परीक्षण हुने, यस्तो छ कार्यविधि

काठमाडाैं – नेपाल मेडिकल काउन्सिलले चिकित्सक लाइसेन्स परीक्षामा अबदेखि लिखित परीक्षापछि प्रयोगात्मक (सीप परीक्षण) परीक्षा समेत लिने भएको छ। काउन्सिलले

न्यायालय विवादबारे पूर्वन्यायाधीश भन्छन्- दलहरुले राज्य सञ्चालनमा सुशासन कायम नगर्दाकाे…

काठमाडौं – सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीले अहिले न्यायालयमा देखिएको समस्याको समाधान आपसी समझदारीमा हल गरिनुपर्ने बताएका छन्। आफूले तत्काल

प्रतिनिधिसभाको बैठक भोलि, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – प्रतिनिधिसभाको बैठक भोलि बिहीबार बस्दै छ। संघीय संसद सचिवालयका अनुसार बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ। सचिवालयका