मोतिपुर औद्योगिक क्षेत्रमा एक हजार बोतल पेट्रोल बम र घरेलु हतियार फेला

आक्रमणकाे निकै ठूलो र योजनावद्ध तयारी भएकाे प्रहरी दाबी, सर्च अभियान जारी


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


काठमाडौं–रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा झण्डै एक हजार बोतल ‘पेट्रोल बम’ र घरेलु हतियार फेला परेका छन्।

औद्योगिक क्षेत्रको जग्गामा आइतबार ४ जनाको ज्यान जाने गरी सुकुम्बासी समूह र प्रहरीबीच झडप भएको थियो। घटनास्थलमा चलाएको सर्च अभियानका क्रममा झण्डै एक हजार थान बियर र मदिराका बोतलमा पेट्रोल, सिसा र फलामका टुक्रा भरेको अवस्थामा फेला पारेको सशष्त्र प्रहरीले जनाएको छ।

घटना भएका स्थानहरु रानीगन्ज, मगरघाट पुल मुनिको बगर र हरिहरगन्जमा खोजतलास गर्दा तयारी अवस्थामा राखिएका पेट्रोल बम र हसिया, भाटालगायत घरेलु हतियार फेला परेको सशस्त्र प्रहरी नम्बर २७ गणका सूचना अधिकृत सशस्त्र प्रहरी नायब उपरीक्षक निराकार शुक्लाले बताए।

‘अहिलेसम्म बियर र मदिराका करिब एक हजार थान बोतलमा पेट्रोल,शिशा र ढुंगाका टुक्रा भरेर तयारी हालतमा राखेको भेटिएको प्रहरीले दाबी गरेको छ।

‘प्रहरीमाथि आक्रमण गर्न निकै ठूलो र योजनावद्ध तयारी भएको देखिन्छ। सर्च अभियान जारी रहेकाले पेट्रोल बम र घरेलु हतियारको यकिन परिणाम बढ्न सक्छ,’ शुक्लाले भने। गत आईतवार मोतिपुर औधोगिक करिडोरको जग्गा कब्जा गरेर बसेकाहरुलाई हटाउने क्रममा प्रहरी र अतिक्रमणकारीबीच झडप भएको थियो।

झडपमा अतिक्रमणकारीहरुले प्रहरीमाथि पेट्रोल बम प्रहार गरेका थिए। पेट्रोल बम लागेर प्रहरी उपरीक्षक राजेश उप्रेतीसहित प्रहरीहरु घाइते भएका थिए। स्थिति नियन्त्रणमा लिन आइतबार साँझदेखि कर्फ्यू जारी गरेको रुपन्देही प्रशासनले त्यस क्षेत्रमा जारी गरेको कर्फ्यू भने बुधबारबाट हटाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिंहदरबारकाे संसद सचिवालयमा गोली चल्याे

काठमाडौं – देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र गोली चलेको छ। काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालका

मुख्यमन्त्रीमा पाण्डेको दाबी पेश, भोलि सपथग्रहण

पाण्डेले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसहितका सांसदहरूको समर्थनमा दाबी पेश गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।प्रदेश

एकीकृत समाजवादीका ३३५ नेताले पाए जिम्मेवारी [सूचीसहित]

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीका विभिन्न विभाग र किमिटीहरुमा जिम्मेवारी तोकेको छ। ३३५ नेतालाई भूगोल र विभागको

बन्दीप्रत्यक्षीकरणको मुद्दा ‘बंक’ गर्ने न्यायाधीशविरुद्ध रिट

काठमाडौं – बन्दीप्रत्यक्षीकरणको मुद्दासमेत सुनुवाइ नगरेको भन्दै स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले १८ जना न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने