के कोरोना खोप लगाउनु अनिवार्य छ?


आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि

Amrit Dahal
अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन

हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको


काठमाडाै‌

विश्वका प्राय: सबै देशहरुले कोरोनाविरुद्धको खोप अनिवार्य गर्न थालेका छन्। कोरोनाको डेल्टा भेरियन्टले अझै आक्रान्त मच्चाइरहेको समयमा खोप लगाउनमै बढी प्राथमिकता दिइएको छ।

कोरोना संक्रमण बढ्न कम नभए पनि न्यूजिल्याण्डले शून्य कोभिडको रणनीति त्यागेर गत सातादेखि खोप नलगाउने शिक्षक तथा चिकित्सकलाई काम नदिने घोषणा गरेको छ।

त्यस्तै, फिजीले पनि सरकारी तथा निजी क्षेत्रका मानिसलाई खोप नलगाए जागिर गुमाउने चेतावनी दिएकाे छ। अमेरिकामा पनि संक्रमण बढ्दै गएपछि राष्ट्रपति जो बाइडनले खोप लगाउन अनिवार्य गरे। ठूला कम्पनीहरुलाई आफ्ना सबै कर्मचारीलाई अनिवार्य खोप लगाउन वा हरेक हप्ता परीक्षणको रिपाेर्ट पठाउन निर्देशन दिइएको छ।

त्यस्तै, साउदी अरब र इटालीमा झनै कडा नियम लागू गरिएको छ। साउदी अरबमा सरकारी तथा न‍िजी क्षेत्रमा काम गर्ने सबै कामदारले अनिवार्य उपस्थित भएर खोप लगाउनुपर्ने छ भने सरकारी कार्यालय तथा विद्यालयकाे गाडी चढ्दा र देश बाहिर जाँदा खोप लगाएको प्रमाण देखाउनु जरुरी मानिन्छ।

त्यस्तै, गत शुक्रबारबाट इटालीमा सबै कामदारले खोप लगाएको प्रमाण, इम्युनिटि तथा कोरोना परीक्षण गरी नेगेटिभ आएको प्रमाण लिएर कार्यालय जानुपर्ने नियम बनाइएकाे छ। जोसँग यी सबै प्रकृया पुरा गरिएको ‘ग्रिन पास’ हुँदैन उनीहरुलाई निलम्बन गर्ने तथा पाँच दिनभित्र तलब बन्द गर्ने निर्णय गरिएकाे छ। उक्त पास म्युजियम, जिम तथा रेष्टुरेन्ट जाँदा र बस, रेल, विमानमा यात्रा गर्दा आवश्यक पर्दछ।

केही मुलुकमा सरकारका यस्ता कदमविरुद्ध प्रर्दशन हुन थालेका छन्, भने केहीमा अदालतमा मुद्दासमेत परेका छन्। खोप लगाउने नलगाउने आफ्नो इच्छा भएको र अनिवार्य गरेर मानव अधिकारको हनन् भएको भन्दै जुलुस तथा प्रदर्शन गरिएकाे छ।

युनिभर्सिटि अफ लिभरपुलका मानव अधिकार कानुनका प्राध्यापक कान्सतानसिन देसायराउले अनिवार्य खोप लगाउनु र मानव अधिकार एकआपसमा जोडिएको बताएका छन्। उनका अनुसार यो विवाद १०० प्रतिशत मानव अधिकारसँग जोडिएको विषय हो। आफ्नो शरीरको बचाउ गर्न पाउनु र सही उपचार पाउनु मानव अधिकार हो।

‘तर, जुन अधिकारको कुरा मानिस गरिरहेका छन्, त्यो जायज छैन। कुनै पनि सरकारले कारणबस उद्धेश्य प्राप्तlका लागि खोप अनिवार्य गर्न सक्छ,’ उनले भने, ‘कतिपय व्यक्तिहरुमा कोरोनाविरुद्धको खोप अनिवार्य गर्नु जायज हो, किनकि कोभिड–१९ गम्भीर तथा प्राणघातक छ।’

हालसम्म कोरोना भाइरसका कारण २३ करोडभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने ४९ लाख मानिसको मृत्यु भएको छ। त्यस्तै, महामारी कम गर्न विश्वमै लकडाउन गरिएको छ। जसले गर्दा लाखौं मानिस भोकमरीकाे चपेटामा परेका छन्।

त्यस्तै, महामारीलाई रोक्न खोपको सृजना भएको छ भने यसले कुनै असर नगर्ने अनुसन्धानले पनि देखाएको छ।

मानिसको स्वतन्त्रता अनिवार्य खोपले नै हुन सक्ने अमेरिकाका अधिकारकर्मी डेभिड कोल र डयानिल माचले बताए। विश्व स्वास्थ्य संगठन भने खोप अनिवार्य गर्नुपर्छ भन्ने पक्षमा छैन। तर छिटो छिटो सबै माझ खोप पुर्‍याउन आग्रह गरेको छ।

खोप लगाउनै पर्ने आवश्यकता भए पनि जर्बजस्ती अनिवार्य गरेर कसैलाई खोप लगाउन सही नभएको अधिकारकर्मी बताउँछन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
फाइल तस्बिर।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : वरिष्ठ नेता पौडेलद्वारा बहिष्कार

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको अन्तिम बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल अनुपस्थित भएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको अन्तिम

लमजुङमा विद्यार्थी बोकेको जिप दुर्घटना, तीनजनाको मृत्यु

गणेश माध्यमिक विद्यालय सिमपानीका शिक्षक र विद्यार्थी बोकेर गएको जिप सडकबाट डेढ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय लमजुङले

नुवाकोटमा स्टार अस्पतालको ५० बेडको ‘स्टार नुवाकोट’ सञ्चालनमा

ललितपुर सानेपास्थित स्टार अस्पतालले नुवाकोटमा ‘स्टार नुवाकोट अस्पताल’ सञ्चालनमा ल्याएको छ। उपत्यकाबाहिर बसोबास गर्ने नागरिकलाई पनि विशेषज्ञ सेवामा पहुँच विस्तार

फाइल तस्बिर।
महाधिवेशनपछि देउवा निवर्तमान सभापति : मीनेन्द्र रिजाल

नेपाली कांग्रेसका नेता एवं रक्षामन्त्री मीनेन्द्र रिजालले १४ औं महाधिवेशनपछि शेरबहादुर देउवा निवर्तमान सभापति बन्ने बताएका छन्। वर्तमान कार्यसमितिको अन्तिम