२ मिनेटमै स्खलन हुन्छ, के यो कुनै यौन रोगको कारण हो?


आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि

Amrit Dahal
अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन

हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको


प्रश्न – मैले १७ वर्षको उमेरदेखि हस्तमैथुन गर्न थालेको हुँ। अहिले २६ वर्षको भएँ। जब म आफ्नो गर्लफ्रेण्डसँग यौनसम्पर्क गर्न सुरु गर्छु २ मिनेटमै स्खलन हुन्छ। के मलाई कुनै यौन रोग छ? मैले के गर्दा ठीक होला?

जवाफ – तपाईंको सिघ्रपतन हुनुमा हस्तमैथुनको कुनै सम्बन्ध छैन। पहिले त तपाईंले आफ्नो सहनशक्तिमा सुधार गर्नुपर्यो। व्यायाम गर्नुस्, खानेकुरामा ध्यान दिनुस्। यसका अलावा तपाईंले आफ्नो पेल्भिक फ्लोरको मांशपेशीलाई बलियो बनाउन किगल व्यायाम गर्नसक्नुहुन्छ।

खासगरि सिघ्रपतनका चार कारण हुन्छन्-

१ यौनसम्बन्ध बनाउँदा पुरुषमा आवश्यकताभन्दा बढी जोस आउनु
२ लिंगको अगाडिको भाग धेरै संवेदनशील हुनु
३ प्रोस्टेटमा इन्फेक्सन हुनु
४ डायबिटिजको सुरुवात

उपचार

-यदी उत्तेजना धेरै हुन्छ भने ड्यापोक्सिटेन को ६० मिलिग्राम औधषी यौनसम्पर्क राख्नु एक घण्टाअघि लिन सक्नुहुन्छ। यसको असर ४ घण्टासम्म रहन्छ।

-यदि लिंगको अगाडिको भाग बढी संवेदनशील छ भने त्यसलाई कम गर्नका लागि xylocain z% मलम लगाउन सक्नुहुन्छ। यौनसम्पर्क राख्नु १० मिनेटअघि लिंगको अघिल्लो भागमा लगाउँदा यसले संवेदनशीलतालाई केही कम गर्छ। तर, यौनसम्पर्क राख्ने बेलामा भने लिंगलाई पानीले सफा गर्नुस्।

-यदी तपाईंमा प्रोस्टेटमा इन्फेक्सन छ भने पनि सिघ्रपतन हुनसक्छ। पिसाब गर्दा पोल्छ वा दुख्छ भने तपाईंमा इन्फेक्सनको समस्या हुनसक्छ। यसका लागि एन्टिबायोटिक्स औषधी लिनुपर्ने हुन्छ।

-यदी तपाईंमा डायबिटिज बढी छ भने त्यसलाई नियन्त्रणमा ल्याउनुस्। यो तपाईंको सेक्सुअल लाइफका लागि मात्र नभएर पर्सनल लाइफका लागि पनि आवश्यक छ।

यो समस्याबाट छुटकार पाउन फोरप्लेमा बढी समय बिताउनुस्। बढीभन्दा बढी ध्यान स्वस्थकर तथा तागतिला खानेकुरा र व्यायाममा दिनुस्। किगल एक्सरसाइज गर्नुस्। यसले तपाईंको पेल्भिक फ्लोरको मांशपेशीलाई बलियो बनाउनुका साथै सिघ्रपतन तथा नपुंसकताको समस्यालाई पनि समाधान गर्न मद्दत गर्छ। त्यस्तै बज्रोली र अश्विनी योगाभ्यास पनि गर्नसक्नु हुन्छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
मीन विश्वकर्माद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले आसन्न महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर सहमहामन्त्री

कांग्रेसका ब्यानरले ढपक्कै ढाक्यो भृकुटीमण्डप (तस्बिरसहित)

नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबार उद्घाटन हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजे महाधिवेशन उद्घाटन हुन लागेको हो। उद्घाटनका लागि

कांग्रेस महाधिवेशन : शेखरले मागे पौडेलको साथ

नेपाली कांग्रेसको संस्थापइतरबाट सभापतिका आकांक्षी शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सहयोग मागेका छन्। बिहीबार पौडेल निवास पुगेर कोइरालाले उनीसँग

सभापतिको दौडबाट कुनै पनि हालतमा पछि हट्दिनँ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू सभापतिको दौडबाट कुनै पनि हालतमा पछि नहट्ने बताएका छन्। काठमाडौंको बानेश्वरमा नेता कृष्णप्रसाद भट्टराईको