अबिचुअरी

अलबिदा ‘गौतम दाइ’!


आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि

Amrit Dahal
अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन

हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको


काठमाडौं-

नेपालमा सम्भवतः पहिलोपटक व्यावसायिक रूपमा होटल सञ्चालन गर्ने वरिष्ठ होटल व्यवसायी गौतमदाश श्रेष्ठको निधन भएको छ।

करिब चार वर्षअघि प्रोस्टेट क्यान्सर रोग पराजित गरेका श्रेष्ठले भने यसपालि जीवनसँग हार माने। उनलाई दुई महिनाअघि पुनः कलेजोको क्यान्सर लागेको पुष्टि भएको थियो।

८३ वर्षीय श्रेष्ठको आज सोमबार बिहान साढे २ बजे मेडिसिटी अस्पतालमा निधन भएको हो। श्रेष्ठले होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएसन नेपाल (हान) का छैठौं अध्यक्षका रूपमा सन् १९९८ देखि २००० सम्म काम गरेका थिए।

उनलाई अझै नजिकबाट चिनाउने भनेको काठमाडौं दरबारमार्गमा रहेको तत्कालीन चारतारे होटल शेर्पा हो। उनले शेर्पामा धेरै लामो समय व्यतित गरेका थिए। तर, विडम्बना माओवादी द्वन्द्व उत्कर्षमा पुगेर मुलुकको पर्यटन उद्योग तहसनहस भएपछि श्रेष्ठले शेर्पा होटल बन्द गरेका थिए। र, चितवन पुगेर होटल नारायणी सफारी खरिद गरेका थिए।

‘नेपालको पर्यटन तथा होटल उद्योगलाई यति उचाइमा लैजान गौतम दाइको योगदान असाध्यै ठूलो छ,’ श्रेष्ठसँग दशकौं संगत र सहकार्य गरेका अर्का वरिष्ठ होटल व्यवसायी योगेन्द्र शाक्यले आयोमेलसँग भने, ‘नेपालमा व्यावसायिक तरिकाले होटल सञ्चालन सुरुवात गर्ने दुई–चारजना मध्ये गौतम दाइ पनि पर्नुहुन्छ।’

शाक्यका अनुसार श्रेष्ठ फ्रान्सबाट होटल व्यवस्थापनमा ब्याचलर्स डिग्री हासिल गर्ने सम्भवतः पहिलो नेपाली हुन्। यो सन् १९६० तिरको कुरा हो।

श्रेष्ठले होटल व्यवस्थापन पढ्न फ्रान्स जानुअघि नै न्युरोड गुँदपाक भण्डारसँगै होटल सञ्चालन गरेका थिए। जसको नाम ‘होटल हिमालय’ थियो। उनले त्यसबेला घर भाडामा लिएर होटल चलाएका थिए।

‘गौतम दाइले सन् ५० को अन्तिमतिर न्युरोड गेटछेउ होटल सञ्चालन गर्नुभएको थियो,’ एस होटल्स एन्ड रिसोर्ट्स कार्यकारी अध्यक्ष तथा हानका पाँचौं अध्यक्ष शाक्य सम्झिन्छन्, ‘त्यो समयमा न अहिलेको ठमेल बनेको थियो, न झोंछेमा हिप्पी युग नै सुरु भएको थियो। त्यसबेला पनि दुरगामी सोच राखेर उहाँले होटल खोल्नुभएको देख्दा मलाई अचम्म लाग्छ।’

हानको पाँचौं अध्यक्षपछि छैठौं अध्यक्षका कार्यभार सम्हाल्न श्रेष्ठलाई आग्रह गर्दा ‘म तिमीहरू जस्तो भाषण गर्न जान्दिनँ, बरु उपाध्यक्ष बस्छु कर नगर न’ भनेको हिजै जस्तो लाग्छ शाक्यलाई।

‘तर, हामीले गौतम दाइलाई अध्यक्ष बन्न मनाएर छाड्यौं र उहाँले सफलतासाथ आफ्नो कार्यभार पूरा गर्नुभयो,’ शाक्य भावुक हुँदै भन्छन्, ‘आज हामीले मात्र होइन सम्पूर्ण होटल तथा पर्यटन क्षेत्रले अभिभावक गुमाएको महसुस भइरहेको छ।’

श्रेष्ठ असाध्यै सरल, नम्र, मृदुभाषी र रमाइलो गरिरनुपर्ने बानीबेहोरा भएका व्यक्ति थिए। चार वर्षअघि प्रोस्टेट क्यान्सर हुँदा पनि विचलित नभएका श्रेष्ठले बलियो आत्मविश्वास र उपचारपछि क्यान्सर पराजित गरेका थिए।

‘तर, दुई महिनाअघि गौतम दाइले मलाई फोन गरेर ‘हेर त योगी मलाई फेरि क्यान्सर फैलियो, कलेजोमा सरेछ’ भन्नुभयो। दोस्रोपटक क्यान्सर पुष्टि भएको त्यस्तो गम्भीर विषयलाई पनि गौतम दाइले कति सहजै लिइदिनुभयो,’ शाक्य भावुक स्वरमा भन्छन्, ‘उहाँको त्यो हँसिमजाक गर्ने तरिकाबाट म चकित भएको थिएँ।’

पहिलोपटक क्यान्सर भएपछि भेट्न जाँदा पनि गौतम दाइले रमाइलो गर्न नछाडेको अनुभव शाक्यले सँगालेका छन्।

‘यतिसम्म रमाइलो गर्नुपर्थ्याे उहाँलाई कि दोस्रोपटक क्यान्सर भएर दुई महिनाअघि भेट्न जाँदा पनि कुनै चिन्ता, पीर केही छैन, साथीभाइ रमाइलो गर्नुपर्छ भन्नुहुन्थ्यो,’ शाक्य भन्छन्, ‘अब त ती सबै स्मृतिमा बिलाएर गए।’

जहिले पनि साथीभाइलाई वरिपरि राखेर रमाउनुपर्ने, विदेश जाँदा पनि भान्छा भएको कोठा लिने र सबै साथीभाइलाई आफ्नै कोठामा बोलाएर खानपिन र रमाइलो गर्ने श्रेष्ठको बानी थियो।

ललितपुर झम्सिखेलस्थित उनको निवासमा प्रत्येक साता साथीभाइबीच भेटघाट हुने गरेको शाक्य सम्झिन्छन्।

‘साथीभाइ भनेपछि मरिहत्ते गर्ने अनि पर्यटन र होटल उद्योगको विकास, विस्तार तथा प्रवर्द्धनमा पूरै जीवन बिताउनुभएका गौतम दाइको अभाव सधैं खट्किरहने छ,’ शाक्य भन्छन्, ‘यो अभाव कसैगरी पनि पूर्ति हुनेछैन।’

काठमाडौंको न्हैकन्तलामा जन्मिएका श्रेष्ठका श्रीमती, दुई छोरा र दुई छोरी छन्।

अलबिदा ‘गौतम दाइ’!


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेसका ब्यानरले ढपक्कै ढाक्यो भृकुटीमण्डप (तस्बिरसहित)

नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबार उद्घाटन हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजे महाधिवेशन उद्घाटन हुन लागेको हो। उद्घाटनका लागि

कांग्रेस महाधिवेशन : शेखरले मागे पौडेलको साथ

नेपाली कांग्रेसको संस्थापइतरबाट सभापतिका आकांक्षी शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सहयोग मागेका छन्। बिहीबार पौडेल निवास पुगेर कोइरालाले उनीसँग

सभापतिको दौडबाट कुनै पनि हालतमा पछि हट्दिनँ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू सभापतिको दौडबाट कुनै पनि हालतमा पछि नहट्ने बताएका छन्। काठमाडौंको बानेश्वरमा नेता कृष्णप्रसाद भट्टराईको

साझा उम्मेदवार तय गर्न कांग्रेस संस्थापनइतर समूहमा रस्साकस्सी

नेपाली कांग्रेस संस्थापनइतरका नेताहरू आसन्न महाधिवेशनमा सभापतिका साझा उम्मेदवार दिने कसरतमा बिहीबार पनि जुटेका छन्। इतर समूहका केन्द्रीय सदस्यसहितका नेताहरू