६ महिनापछि खुल्यो नयाँ लाइसेन्सको अनलाइन आवेदन


आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि

Amrit Dahal
अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन

हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको


काठमाडौं – यातायात व्यवस्था विभागले आजबाट ६ महिनादेखि रोकिएको नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्स) का लागि अनलाइन आवेदन खुला गरेको छ। विभागले गत साता नै आवेदन खुला गर्ने तयारी गरे पनि प्राविधिक समस्याले गर्दा आजबाट खुला गरेको विभागले जनाएको छ।

सेवाग्राहीले अब यातायात व्यवस्था विभागको अनलाइन आवेदनबाट नयाँ लाइसेन्स लिने प्रक्रिया अघि बढाउन सक्नेछन्। विभागका अनुसार सेवाग्राहीले यातायात विभागको वेबसाइटमा गएर नयाँ लाइसेन्सका लागि आवेदन दिन सक्नेछन्।

आवेदन प्रणाली खुला भएसँगै अब नियमित रुपमा फारम भर्न सकिने यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले बताए। लामो समयसम्म आवेदन नखुल्दा नयाँ चालक समस्यामा परेको थिए। सवारी चालक अनुमतिपत्रको लागि अहिले ४ लाखले कुरिरहेका छन्। नयाँ आवेदकलाई नयाँ निर्देशिकाअनुसार परीक्षामा सहभागी गराइने भुसालको भनाइ छ।

नयाँ निर्देशिकाअनुसार परीक्षा

नयाँ आवेदकहरुले विभागले जारी गरेको नयाँ प्रणालीअनुसार परीक्षा दिनुपर्ने हुन्छ। नयाँ प्रणालीअनुसार लिखित परिक्षामा अब ४ नम्बरका २५ प्रश्न सोधिने छ। ती प्रश्नको अंकभार १०० नम्बरको हुनेछ। परीक्षामा पास हुनको लागि ६० अंक ल्याउनुपर्ने छ। विभागले परीक्षाका लागि ५०० वटा बस्तुगत प्रश्न सार्वजनिक गरेको छ। यसैभित्रबाट प्रश्न सोधिने छ।

अहिलेको प्रणालीअनुसार प्रयोगात्मक परीक्षामा एउटा गल्ती भए पनि लाइसेन्स प्राप्त गर्नको लागि अयोग्य हुन्छ। तर, नयाँ प्रणालीअनुसार लाइसेन्सको लागि अंकभारमा आधारित परीक्षा लागू हुनेछ। ७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुनेछ। अर्थात् सामान्य गल्ती गरे पनि लाइसेन्स पाउनबाट वञ्चित हुनुपर्दैन।

फाराम कसरी भर्ने

सवारी चालक अनुमतिपत्रको लागि बिहान ६ बजेदेखि राति १० बजेसम्म फाराम भर्न मिल्छ। अनलाइन फारम भर्नका लागि सुरुमा यातायात व्यवस्था विभागको वेबसाइटमा जानु पर्ने हुन्छ। पेज खुलेपछि दायाँ साइडमा अनलाइन सवारी चालक अनुमति पत्र प्रणली लेखिएको लिंक हुन्छ। त्यहाँ क्लिक गर्ने। त्यसपछि पेजको सबभन्दा माथि अनलाइन ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसन लेखेको छ त्यहाँ गएर क्लिक गर्ने। नयाँ पेज देखिएपछि क्याटागोरीमा गइ नयाँ लाइसेन्स, लाइसेन्स रिन्यू, वा प्रतिलिपी मध्ये एक अप्सन छानेर तल प्रोसिड लेखिएको बटनमा क्लिक गर्ने। व्यक्तिगत विवरण भरेर आफूलाई पाएक पर्ने परीक्षा केन्द्र छानेर सवमिट गर्ने। यति भयो भने तपाईंको फारम सवमिट हुन्छ। त्यहाँ तोकिएको मितिमा बायोमेट्रिक दिन यातायात व्यवस्था कार्यालय जानुपर्ने हुन्छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
मीन विश्वकर्माद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले आसन्न महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर सहमहामन्त्री

कांग्रेसका ब्यानरले ढपक्कै ढाक्यो भृकुटीमण्डप (तस्बिरसहित)

नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबार उद्घाटन हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजे महाधिवेशन उद्घाटन हुन लागेको हो। उद्घाटनका लागि

कांग्रेस महाधिवेशन : शेखरले मागे पौडेलको साथ

नेपाली कांग्रेसको संस्थापइतरबाट सभापतिका आकांक्षी शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सहयोग मागेका छन्। बिहीबार पौडेल निवास पुगेर कोइरालाले उनीसँग

सभापतिको दौडबाट कुनै पनि हालतमा पछि हट्दिनँ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू सभापतिको दौडबाट कुनै पनि हालतमा पछि नहट्ने बताएका छन्। काठमाडौंको बानेश्वरमा नेता कृष्णप्रसाद भट्टराईको