प्रधानन्यायाधीश जबराले न्यायाधीशहरुलाई भने : सडकबाट कसैले राजीनामा माग्दैमा दिन्नँ


आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि

Amrit Dahal
अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन

हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको


काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिने प्रष्ट पारेका छन्। १५ जना न्यायाधीशसँगको छलफलमा उनले सडकबाट कसैले राजीनामा माग्दैमा आफूले राजीनामा नदिने बताए।

आज सर्वोच्चका १५ न्यायाधीशले प्रधानन्यायाधीशलाई भेटेका थिए। सो भेटमा जबराले आफू संवैधानिक बाटोबाट आएको र संवैधानिक हिसाबले नै बाहिरिने बताए। ‘सडकबाट कसैले राजीनामा माग्दैमा मैले राजीनामा दिन्नँ, त्यसले नेपालको न्यायपालिकालाई राम्रो गर्दैन,’ उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

छलफलमा जबराले विवादमा परेका सबै न्यायाधीशले राजीनामा दिए आफू पनि दिन तयार रहेको बताएका थिए। ‘विवाद र प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने हो भने म पनि राजीनामा दिन्छु।’, उनले भने।

सडकको दबाबबाट न्यायालय नचल्ने बताउँदै उनले भने, ‘यसरी राजीनामा दिन थाल्यो भने न्यायालय बच्दैन। म पदमा रहुञ्जेल संवैधानिक दायित्व पूरा गर्न तयार छु। तपाईंहरु पनि आ-आफ्नो जिम्मेवारी निर्वाह गर्नुस्।’

प्रधानन्यायाधीशलाई भेटेर न्यायाधीशहरू फेरि सामूहिक छलफलमा जुटेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
फाइल तस्बिर।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : वरिष्ठ नेता पौडेलद्वारा बहिष्कार

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको अन्तिम बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल अनुपस्थित भएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको अन्तिम

लमजुङमा विद्यार्थी बोकेको जिप दुर्घटना, तीनजनाको मृत्यु

गणेश माध्यमिक विद्यालय सिमपानीका शिक्षक र विद्यार्थी बोकेर गएको जिप सडकबाट डेढ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय लमजुङले

नुवाकोटमा स्टार अस्पतालको ५० बेडको ‘स्टार नुवाकोट’ सञ्चालनमा

ललितपुर सानेपास्थित स्टार अस्पतालले नुवाकोटमा ‘स्टार नुवाकोट अस्पताल’ सञ्चालनमा ल्याएको छ। उपत्यकाबाहिर बसोबास गर्ने नागरिकलाई पनि विशेषज्ञ सेवामा पहुँच विस्तार

फाइल तस्बिर।
महाधिवेशनपछि देउवा निवर्तमान सभापति : मीनेन्द्र रिजाल

नेपाली कांग्रेसका नेता एवं रक्षामन्त्री मीनेन्द्र रिजालले १४ औं महाधिवेशनपछि शेरबहादुर देउवा निवर्तमान सभापति बन्ने बताएका छन्। वर्तमान कार्यसमितिको अन्तिम