पहिलो त्रैमासिकमा १९ बैंकको निक्षेप बढ्दा ८ बैंकको भने घट्यो


आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि

Amrit Dahal
अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन

हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको


काठमाडाैं – चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १९ वाणिज्य बैंकको निक्षेप बढेको छ। नेपाल बैंकर्स संघका अनुसार तरलता अभावका बाबजुद साउनदेखि असोज महिनाको अवधिमा १९ बैंकले निक्षेप बढाएका हुन्। सोही अवधिमा ८ बैंकको निक्षेप भने घटेको छ।

पहिलो तीन महिनाको अवधिमा २७ वाणिज्य बैंकहरुले समग्रमा कुल ६३ अर्ब ७४ करोड रुपैयाँ निक्षेप थपेका छन्। जसमा स्वदेशी मुद्रामा जम्मा ३४ अर्ब ६८ करोड रुपैयाँ थपिएको हो।

चालु आवको असोज मसान्तसम्ममा वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ। जबकी असार मसान्तसम्म बैंकहरुको को कुल निक्षेप ४२ खर्ब ४ अर्ब रुपैयाँ थियो।

समिक्षा अवधिमा सनराइज बैंकले सबैभन्दा धेरै २१ अर्ब ९० करोड रुपैयाँ निक्षेप थपेको छ। असोजमा व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै १०.०७ प्रतिशत ब्याज घोषणा गरेको यस बैंकले आक्रमक रुपमा निक्षेप संकलन गरेको हो।

यसैगरी, सानिमा १३ अर्ब, एनसीसी र एनआइसी एसिया ११ अर्ब, नेपाल बैंक १० अर्ब, कुमारी र एनएमबी बैंकले पनि ९ अर्ब बढी निक्षेप बढाएका छन्।

त्यस्तै, पहिलो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा धेरै २४ अर्बले निक्षेप घटेको छ । यसैगरी, कृषि विकास र नेपाल बंगलादेश बैंकको ९ अर्बबढी निक्षेप घटेको छ भने ग्लोबल आइएमईको ३ अर्ब बढीले घटेको छ।

संघको तथ्यांक अनुसार पहिलो त्रैमासमा बैंकहरुले ६३ अर्ब निक्षेप संकलन गर्दा २ खर्ब ७८ अर्ब कर्जा प्रवाह गरेका छन्। असार मसान्तसम्म २७ बैंकले कुल ३७ खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा असोज मसान्तसम्म आउँदा ३९ खर्ब ९८ अर्ब रुपैयाँ पुगेकाे छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
मीन विश्वकर्माद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले आसन्न महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर सहमहामन्त्री

कांग्रेसका ब्यानरले ढपक्कै ढाक्यो भृकुटीमण्डप (तस्बिरसहित)

नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबार उद्घाटन हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजे महाधिवेशन उद्घाटन हुन लागेको हो। उद्घाटनका लागि

कांग्रेस महाधिवेशन : शेखरले मागे पौडेलको साथ

नेपाली कांग्रेसको संस्थापइतरबाट सभापतिका आकांक्षी शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सहयोग मागेका छन्। बिहीबार पौडेल निवास पुगेर कोइरालाले उनीसँग

सभापतिको दौडबाट कुनै पनि हालतमा पछि हट्दिनँ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू सभापतिको दौडबाट कुनै पनि हालतमा पछि नहट्ने बताएका छन्। काठमाडौंको बानेश्वरमा नेता कृष्णप्रसाद भट्टराईको