प्रधानन्यायाधीश-न्यायाधीश विवाद : सर्वोच्चमा आज पनि बस्न सकेन इजलास


आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि

Amrit Dahal
अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन

हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको


काठमाडौं – प्रधानन्यायाधीश र न्यायाधीशहरुबीचको विवादका कारण मंगलबार पनि सर्वोच्च अदालतमा इजलास बस्न सकेन।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार ७ वटा संयुक्त र एउटा एकल इजलास तोकेका थिए। तर, कुनै पनि इजलासमा मुद्दाकाे सुनुवाइ हुन सकेन।

सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग भेटेर उनलाई राजीनामा दिन आग्रह गरेका थिए । तर, प्रधानन्यायाधीश जबराले सडकबाट माग गर्दैमा आफूले राजीनामा नदिने जवाफ दिएका छन्।

प्रधानन्यायाधीशसँगको उनीहरुले सर्वोच्च अदालत परिसरमा मंगलबार दिउँसो छलफल गरेका थिए। उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने अडान कायमै राखेका छन्।

बुधबार फेरि बैठक बस्ने न्यायाधीशहरुको छलफल सकिएको छ। सोमबारसम्म १४ जना न्यायाधीश रहेकोमा मंगलबार न्यायाधीश कुमार चुँडाल समेत थपिएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशले सोमबारदेखि प्रधानन्यायाधीशले तोकेको इजलास बहिस्कार गरेका छन् । प्रधानन्यायाधीश न्यायाधीशको विवादका कारण दुई दिनदेखि सर्वोच्च अदालतबाट मुद्दाको सुनुवाइ रोकिएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
मीन विश्वकर्माद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले आसन्न महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर सहमहामन्त्री

कांग्रेसका ब्यानरले ढपक्कै ढाक्यो भृकुटीमण्डप (तस्बिरसहित)

नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबार उद्घाटन हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजे महाधिवेशन उद्घाटन हुन लागेको हो। उद्घाटनका लागि

कांग्रेस महाधिवेशन : शेखरले मागे पौडेलको साथ

नेपाली कांग्रेसको संस्थापइतरबाट सभापतिका आकांक्षी शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सहयोग मागेका छन्। बिहीबार पौडेल निवास पुगेर कोइरालाले उनीसँग

सभापतिको दौडबाट कुनै पनि हालतमा पछि हट्दिनँ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू सभापतिको दौडबाट कुनै पनि हालतमा पछि नहट्ने बताएका छन्। काठमाडौंको बानेश्वरमा नेता कृष्णप्रसाद भट्टराईको