प्रधानन्यायाधीश जबराले तोके इजलास


आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि

Amrit Dahal
अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन

हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको


काठमाडौं – राजीनामा दिन माग भइरहेका बेला प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बुधबार पेसी तोकेका छन्। जबराले संवैधानिक इजलाससहित ११ वटा इजलास तोकेका हुन्।

प्रधानन्यायाधीश जबराले आफूसहित पाँचजनाको संवैधानिक इजलास तोकेका छन्। उनले इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलास तोकेका हुन्।

त्यसैगरि राणाले आफ्नो एकल इजलाससमेत तोकेका छन्। जबराको एकल इजलासमा सम्पत्ति शुद्धिकरण, बन्दीप्रत्यक्षीकरण, कालोबजारी र अदालतको अपहेलनासम्बन्धी मुद्दाको सुनुवाइ तोकिएको छ।

अन्य न्यायाधीशहरूका लागि ९ वटा इजलासमा उनले पेसी तोकेका छन्। न्यायाधीशहरू दीपककुमार कार्की, सुष्मा‍लता माथेमा, मीरा खड्का र हरिप्रसाद फुयाल, हरिकृष्ण कार्की र प्रकाशमानसिंह राउत, हरिकृष्ण कार्की र सुष्मालता माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र डा.आनन्दमोहन भट्टराई, वमकुमार श्रेष्ठ र डा.कुमार चुडाल, टंकबहादुर मोक्तान र कुमार रेग्मी, टंकबहादुर मोक्तान तथा प्रकाशकुमार ढुंगाना र डा.मनोजकुमार शर्माको इजलास तोकिएको छ।

जबराको विपक्षमा उभिएका सर्वोच्चका १५ जना न्यायाधीशहरूले उनको राजीनामाको माग गरिरहेका छन्। यद्यपि, चुनौतीको सामना गर्ने भन्दै राणाले राजीनामा नदिने बताएका छन्।

सर्वोच्चमा देखिएको पछिल्लो विवादका कारण इजलास तोकिए पनि दुई दिनदेखि मुद्दाको सुनुवाइ भएको छैन। मंगलबार प्रधानन्यायाधीश जबरालाई भेटेका न्यायाधीशहरू आन्तरिक छलफलमा रहेकोले बुधबार पनि मुद्दाको सुनुवाइ हुने सम्भावना देखिएको छैन।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
मीन विश्वकर्माद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले आसन्न महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर सहमहामन्त्री

कांग्रेसका ब्यानरले ढपक्कै ढाक्यो भृकुटीमण्डप (तस्बिरसहित)

नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबार उद्घाटन हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजे महाधिवेशन उद्घाटन हुन लागेको हो। उद्घाटनका लागि

कांग्रेस महाधिवेशन : शेखरले मागे पौडेलको साथ

नेपाली कांग्रेसको संस्थापइतरबाट सभापतिका आकांक्षी शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सहयोग मागेका छन्। बिहीबार पौडेल निवास पुगेर कोइरालाले उनीसँग

सभापतिको दौडबाट कुनै पनि हालतमा पछि हट्दिनँ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू सभापतिको दौडबाट कुनै पनि हालतमा पछि नहट्ने बताएका छन्। काठमाडौंको बानेश्वरमा नेता कृष्णप्रसाद भट्टराईको